श्रीपञ्चमी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो वार्षिक साधारणसभा सम्पन्न ।
३० चैत्र २०८०, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टारमा सञ्चालित श्रीपञ्चमी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
समितिका अध्यक्ष केशव राईको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा समितिको बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन लगायतका समितिको गतिविधीका बारेमा जानकारी गराइएको थियो । समितिले हाल १७ सय ८९ धारा संचालन भैरहेको जनाउदै स्वच्छ सफा, शुद्ध खानेपानी उपलब्ध गराउन निरन्तर लागि रहने प्रतिबद्धता जनाएको छ । समितिको गतिबिधीबारे जानकारी गराउदै समितिका अध्यक्ष केशव राईले श्रीपञ्मीस्थित दोश्रो सम्पवेल संचालनमा ल्याइएको, कार्यालय परिसर भित्र रहेको रिजर्भ टयाङ्कीबाट हाङ्गबजार पुर्वहुदै चाम्लिङ्ग चौक, ज्योती मावी स्कुलहुदै बसपार्कसम्म खानेपानीको पाईपलाईन विस्तार गरिएको, अबैधानिक रुपले संचालनमा रहेको धार...









