थानपोखी मेलामा नेविसंघ र तरुण दलद्वारा खानेपानी वितरण ।

                चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ स्थित ज्यामिरेमा प्रत्येक बर्ष बैशाख १ गते लागने थानपोखरी मेलामा यस पटक फरक दृष्य देखिएको छ । नेपाली कांग्रेकाको भातृ संगठन नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघले संयुक्तरुपमा मेला भर्न आएकाहरु तथा थान पोखरी मन्दिरमा पुजा गर्न आएका भक्तजनहरुका लागि शुद्ध खानेपानीको निःशुल्क ब्यबस्थापन गरेको थियो । उनीहरुले २२० कार्टुनभन्दा धेरै पानीका बोतल भक्तजनहरुलाई निशुल्क बितरण गरेका थिए । नेबिसंघमा उदयपुर उपसभापति विवस राई, चौदण्डीगढी नगर अध्यक्ष बिशाल गेलाल, तरुण दलका नेता पर्वत दाहाल , दिपेन्द्र वान्तवा लगायतले आफै खानेपानी वितरण गरेका थिए । दलको नाममा प्राय राजनीतिमै रुमलिरहेका युवाहरुलाई यस्तो सेवाको काममा लागेर देखेर स्थानीयबासी तथा भक्तजनहरुले खुशी ब्यक्त गरेका थिए ।

               एक शताबदीभन्दा धेरै समयदेखी मेला लाग्दै आएको ज्यामिरेमा रहेको ऐतिहासिक थान पोखरी र यससँगैको सन्दासी बाबा मन्दिर संरक्षण अभावमा भने जीर्ण बनेको छ । वि.सं. १८२५ मा निर्मित र धार्मिक पोखरीको रुपमा परिचित यो देवस्थल आदिवासी थारू जातिको आस्था र विश्वासको धरोहर रहेको छ । अनिकाल, महामारी, रोग व्याधी, निःसन्तान, ठूला घाउ खटिरा आएमा वा आफूलाई कुनै संकट पर्दा हुँदा भाकल गर्ने र मनकामना सिद्ध भएपछि भाकल पूरा गर्नेहरुको वैशाख १ गते यहाँ भिड लाग्ने गर्दछ । मनकामना सिद्ध भएपछि अधिकांशले भयाण्टाको भार चढाउने गरेका छन् भने कतिपयले पशुपंक्षीको वलि वनि दिने गरेका छन् । प्रत्येक वर्ष वैशाख १ गते लाग्ने मेलामा हजारै श्रदालु भक्तजनको भिड लाग्ने गरेको छ । उदयपुर, सिराहा, सप्तरी, सुनसरी र भारतबाट समेत मानिसहरु तीर्थाटनका लागि पुग्ने गर्दछन् । मध्यकालीन युगमा सप्तरीको सिसुवा धनगढीबाट आएका रजराम माइझ थारुले वि.सं. १८८० मा जंगल फडानी गरी बस्ती बसाल्दा थारुहरुका ईष्ट देवका रुपमा मन्दिर स्थापना गरेको स्थानीय स्थानीय बुढापाकाहरुको भनाइ छ ।