मुख्य खबर

नवौं नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिता:आयोजक बसहा क्लब पराजित ।

नवौं नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिता:आयोजक बसहा क्लब पराजित ।

खेलकुद, मुख्य खबर, स्थानीय
१ कार्तिक, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसहामा जारी नवौं नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजबाट शुरु भएको सेमिफाईनल खेलमा आयोजक बसहा क्लब पराजित भएको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनि रंगशालाामा भएको पहिलो सेमिफाईनल खेलमा सर्लाहीको बागमती युवा क्लबले आयोजक बसहा क्लबलाई ० का विरुद्ध २ गोल गर्दै फाइनल प्रवेश गरेको हो । खेलको १७ औं मिनेटमा बागमती युवा क्लब सर्लाहीका जर्सी नम्बर ९ का दिपेश चाम्लिङ राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ३१ मिनेटमा दिपेशले नै थप एक गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । पहिलो हापमा २–० ले पछि परेको आयोजक बसहा क्लबका खेलाडीहरुले दोश्रो हापमा पनि राम्रो प्रदर्शन गर्न सकेनन् । दोश्रो हापमा दुबै टिमले गोल गर्न नसकेपछि समग्रमा बागमती युवा क्लबले खेल २–० ले जित्दै...
चौदण्डीगढी नगरपालिकाद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ।

चौदण्डीगढी नगरपालिकाद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ।

बिबिध, मुख्य खबर, स्थानीय
२९ असोज , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर वडा दशै, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अबसरमा उदयपुरको चौदण्डीगढी नगरपालिकाले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । बेल्टार बजारस्थित नगरपालिकाको सभा हलमा आज आयोजित कार्यक्रममा नगरमा क्रियाशिल राजनीतिक दलका प्रतिनीधि, समाजसेवी, बुद्धिजीवी, ब्यापारी , ब्यबसायी, जनप्रतिनीधि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले सद्भाव, सहकार्यका लागि पुर्खाहरुले चाडपर्वहरुको बिकास गरेको हुनसक्ने बताउदै नगरपालिकाले पनि नगरमा सबै पक्षसंग सहकार्य गर्ने उदेश्यले संदेशनात्मक कार्यक्रमको रुपमा शुभकामना आदानप्रदान कार्यक्रमको शुरुवात गरिएको बताएका छन् । प्रतिस्पर्धा चुनावको समयमा भएता पनि अन्य समयमा सहकार्यमा नै जोड दिनुपर्ने बताउदै नगर प्रमुख लामाले आफ्नो कमी कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्ने प्रति...
जिप्रका उदयपुरको आयोजनामा चौदण्डीगढी नगरपालिकामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न ।

जिप्रका उदयपुरको आयोजनामा चौदण्डीगढी नगरपालिकामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न ।

देश, मुख्य खबर, स्थानीय
जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा आज चौदण्डीगढी नगरपालिकामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको प्रमुख आतिथित्वमा भएको कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका नागरिक अगुवा, समाजसेवी, राजनीतिक दलका प्रतिनीधि, संचरकर्मी, पत्रकार, ब्यापारी, ब्यबसायी, बुद्धिजीवी लगायत सरोकारवालाहरुको उपस्थितीमा नगरको शान्ति सुरक्षाको बिषयमा छलफल भएको थियो । उदयपुरका प्रहरी नायव उपरिक्षक डिएस्पी हरिनन्द चौधरीले उदयपुर प्रहरीले गरेको कामहरुको बारेमा जानकारी गराएका थिए । यस्तै नगरका रहेको शान्ति सुरक्षाको अबस्था, प्रहरीको भुमिका, लागु औषधको बढ्दो संजाल, सडक दुर्घटनाको न्युनिकरण आदीको बारेमा सहभागीहरुले प्रश्न उठाएका थिए । छलफलमा उठेको प्रश्नहरुको जवाफ दिदै प्रहरी उपरिक्षक रमेश थापाले जिल्लामा प्रहरीको संख्या कम रहेको, एक जना प्रहरीले झण्डै ६ सय २० जनालाई सुरक्षा...
संघीय निजामती ऐनमा  असन्तुष्टि जनाउँदै चौदण्डीगढी नगरपालिकाका निजामति कर्मचारीहरु पनि आन्दोलित ।

संघीय निजामती ऐनमा असन्तुष्टि जनाउँदै चौदण्डीगढी नगरपालिकाका निजामति कर्मचारीहरु पनि आन्दोलित ।

देश, मुख्य खबर, स्थानीय
सन्तोष कुमार रौनियार २२ असोज २०८०, बेल्टार उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिकाका निजामति कर्मचारीहरु आन्दोलित भएका छन् । संघीय निजामती ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको माग समाबेश गरि तत्काल ऐन जारी गर्न दवाव दिने स्थानीय तह केन्द्रीय संघर्ष समितिद्वारा जारी दवावमुलक कार्यक्रम अन्तर्गत चौदण्डीगढी नगरपालिकामा पनि ज्ञापनपत्र बुझाउदै आन्दोलित भएका हुन् । उनीहरुले नगरपालिका अन्तर्गतका सबै कार्यालयहरुमा अत्याबश्यक बाहेकका अन्य सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने निर्णय भएकोले सोही अनुसार यहाँ पनि आन्दोलनका कार्यक्रम गरेका छन् । स्थानीय तह कर्मचारी संघर्ष समितिका अध्यक्ष पुष्पराज सापकोटा र सचिव बालकृष्ण आचार्यसहित कर्मचारीको समुहले आज प्रमुख प्रशासकिय अधिकृत शुभाकर पौडेललाई ज्ञापनपत्र बुझाउदै पेन डाउन गर्ने निर्णय भएको जानकारी गराएका थिए । प्रतिउत्तरमा प्रमुख प्रशासकिय...
जितिया पर्वको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना ।

जितिया पर्वको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना ।

मनोरन्जन, मुख्य खबर, स्थानीय
२० असोज, सन्तोष कुमार रौनियार, बेल्टार,उदयपुर नेपालको तराई क्षेत्रमा मैथिल र थारु समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्व चौदण्डीगढी नगरपालिकाको थारु बहुल क्षेत्रमा नाचगान गर्दै हर्षोल्लासका साथ मनाइएको छ । जितिया पर्वको अवसरमा चौदण्डीगढी नगरपालिकाको बसहा, सुन्दरपुर, हडिया लगायतका क्षेत्रमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी हर्षोल्लासका साथ मनाइएको हो । आज वडा नम्बर ५ को सुन्दरपुरमा भएको वडा स्तरीय जितिया महोत्सव कार्यक्रममा पुर्व परराष्ट्रमन्त्री एवंम् उदयपुर क्षेत्र नम्बर १ का संघीय सांसद डा. नारायण खड्का, चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, पुर्व मेयर खगेन्द्र राई, वडा अध्यक्ष तुलसीराम ढकाल, पुर्व वडा अध्यक्ष देव नारायण चौधरी लगायत सयौं स्थानीयबासीको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खड्काले आफ्नो कला संस्कृति, ऐतिहासिक र सांस्कृतिक परम्पराल...
बेल्टार बजारबाट निस्किने फोहरमैला ब्यबस्थापनका लागि समिति गठन ।

बेल्टार बजारबाट निस्किने फोहरमैला ब्यबस्थापनका लागि समिति गठन ।

देश, मुख्य खबर, स्थानीय
२०८०/०६/१६, सन्तोष कुमार रौनियार,उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरको बेल्टार बजारबाट निस्किने फोहरमैला ब्यबस्थापनको लागि सरोकारवालाहरुसंग छलफल गरेको छ । नगर प्रमुख कालुमान लामाको आवहानमा आज बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा नगरमा क्रियाशिल राष्ट्रिय पार्टीका प्रतिनीधि तथा फोहरमैला ब्यबस्थापन संघर्ष समितिका प्रतिनीधि र सम्बन्धित टोलबिकास समिति तथा सामुदायिक वन उपभोक्ता समितिका प्रतिनीधिहरुबीच आज भएको सर्वपक्षीय, सर्वदलीय छलफलमा समस्या समाधानका लागि एक समिति गठन गर्ने सम्झदारी भएको छ । नगर प्रवक्ता तथा वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतको संयोजकत्वमा नगरमा क्रियाशिल राष्ट्रिय पार्टीका प्रतिनीधि, वडा नम्बर ६ र ७ का प्रतिनीधि, सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिका प्रतिनीधि, संघर्ष समितिका प्रतिनीधिहरु सदस्य रहनेगरी समिति निमार्ण गरिएको छ । उक्त समितिले आगामी फागुन मसान्त...
नेपाल एसविआई बैंकको शाखा उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि बिस्तार ।

नेपाल एसविआई बैंकको शाखा उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि बिस्तार ।

मुख्य खबर, स्थानीय
नेपाल एसविआई बैंकको शाखा उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि बिस्तार भएको छ । वडा नम्बर ६ बेल्टार बजार पुष्पलाल चौकमा ९५ औं शाखाको रुपमा आज बैंकको सफ्ट लन्च गरिएको बैंकका प्रबन्धक बिनय ढुंगेलले बताएका छन् । आजबाट बैंकमा सेवाग्राहीको खाता खोल्ने लगायतको कार्य शुरु भएको छ। बैंकले भारतीय भुपु सैनिकहरुको पेन्शन वितरण लगायत सबै सेवा सुचारु गर्ने ढुंगेलले बताएका छन् । आजबाट अनौपचारिक रुपमा बैंकले सेवा शुरु गरेपनि दशै तिहारपछि मात्रै बैंकको औपचारिकरुपले उद्घाटन गर्ने कार्यक्रम रहेको बैंकका प्रबन्धक ढुंगेलको भनाई छ । स्थानीय भुतपूर्व भारतीय सैनिकहरुको बिशेष पहल र वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारी लगायतको साथ सहयोगमा बैंकको शाखा बेल्टार बजारमा ल्याउन सफल भएको पुर्वाञ्चल भारतीय भुपु सैनिक कल्याणकारी परिषद नेपाल उदयपुरका अध्यक्ष मविराज राईले जानकारी दिएका छन् । यसअघि पेन्शनको पैसा लिन धर...
लागुऔषध बेचबिखिन गरेको आरोपमा पक्राउ झा ५० हजार धरौटीमा रिहा ।

लागुऔषध बेचबिखिन गरेको आरोपमा पक्राउ झा ५० हजार धरौटीमा रिहा ।

मुख्य खबर, स्थानीय
प्रतिवन्धित लागुऔषध बेचबिखिन गरेको आरोपमा पक्राउ परेका चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ का गोपीकृष्ण मेडिकल हलका संचालक बिरेन्द्र झा ५० हजार धरौटीमा रिहा भएका छन् । हिजो ईलाका प्रहरी कार्यालय बेल्टारले पत्रकार सम्मेलन गरेर झालाई औषधी ब्यबस्था बिभागमा बुझाएकोमा उनलाई हिजो नै ५० हजार धरौटीमा छोड्ने निर्णय भएको हो । असोज १४ गतेको लागि उनको पेशी तोकिएको छ । त्यसपछि थप कारवाही अगाडी बढ्ने जनाएको छ । यसअघि ईलाका प्रहरी कार्यालय बेल्टारले हिजो पत्रकार सम्मेलनको आयोजना गरी झालाई बरामद लागुऔषध सहित सार्वजनिक गरेको थियो । असोज २ गते अवैधरुपमा प्रतिबन्धित औषधी बेचबिखन गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा ५० वर्षीय झालाई ईलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको थियो । झाको मदन चौकस्थित घरबाट नगर स्वास्थ्य शाखा, नगर प्रहरीसहित प्रहरी निररिक्षक ओम प्रकाश पुनको नेतृत्वमा गएको प्रहरी टोलीले लुकाई ...
बेल्टार बजारबाट निस्किने फोहरमैलाको उचित ब्यबस्थापन गर्न माग ।

बेल्टार बजारबाट निस्किने फोहरमैलाको उचित ब्यबस्थापन गर्न माग ।

बिबिध, मुख्य खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारबाट निस्किने फोहरमैलाको उचित ब्यबस्थापन हुननसक्दा स्थानीयबासी पिडित बनेका छन् । नगरपालिकाले बैकल्पिक स्थानको खोजी नगरी बस्ती छेउमा फोहर बिसर्जन गर्ने गरेको प्रती त्यसक्षेत्रका स्थानीयबासीले बिरोध जनाउदै आएका छन् । नगरले बस्ती नजिक रहेको वडा नम्बर ६ को आपँखहरे सामुदायिक वन क्षेत्रमा बजारबाट निस्किने फोहर फाल्ने गरेको छ । फोहोर व्यवस्थापन सम्बन्धी पटकपटक बुझाइएको ध्यानाकर्षण पत्रलाई बेवास्ता गरेको भन्दै स्थानीय सरोकारवालाहरुले हिजो स्थानीय युवा समाजसेवी विदुर राईको संयोजकत्वमा ४५ सदस्यीय संघर्ष समिति गठन गरेको छ । साविकको वडा नम्बर २ को ७ वटै टोल बिकास समिति र वगरकोट टोल विकास समितिका आम जनता भेला भई संघर्ष समिति गठन गरिएको जनाइएको छ । विधिसम्मत आफ्नो समस्याहरु वडा र नगरपालिकामा राख्दा समेत त्यसको सुनुवाई नभएको भन्दै उनीहरुले समिति बनाएरै सो क्षेत्...
चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ ले सुरक्षा फौजमा भर्ना हुन चाहने ब्यक्तिहरुका लागि निःशुल्क तालिमको ब्यबस्था गर्ने  ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ ले सुरक्षा फौजमा भर्ना हुन चाहने ब्यक्तिहरुका लागि निःशुल्क तालिमको ब्यबस्था गर्ने ।

देश, मुख्य खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ ले सुरक्षा फौजमा भर्ना हुन चाहने ब्यक्तिहरुका लागि निःशुल्क तालिमको ब्यबस्था गर्ने भएको छ । वडा अध्यक्ष लुङ्गराज राईले सामाजिक संजाल फेसबुकमा सुचना जारी गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी वलमा प्रबेश गर्न चाहने युवाहरुलाई लक्षित गर्दे वडाले आबश्यक योग्यता पुगेका युवाहरुलाई दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा बिषयगत ज्ञान र शारीरिक ब्यायम प्रदान गर्नेगरी निःशुल्क प्रशिक्षण दिने कार्यक्रम रहेको जनाएका छन् । आगामी असोज १४ गतेसम्ममा बसहा बर्खेडाँडास्थित वडा कार्यालयमा नाम टिपाउनु पर्ने सुचनामा उल्लेख छ भने आबश्यक योग्यता पुगेकाहरुले वडा अध्यक्ष राईलाई सिधै सम्पर्क गर्न सकिने पनि जनाइएको छ । यसअघि पनि वडाले कक्षा ११ देखि स्नातक तहसम्म अध्ययनरत विद्यार्थीहरुको लागि खरदार, सुब्बा लगायतको तीन महिने निःशुल्क लोकसेवा तयारी कक्षा पनि सञ्चालन गर्...