बेल्टार बजारबाट निस्किने फोहरमैला ब्यबस्थापनका लागि समिति गठन ।
२०८०/०६/१६, सन्तोष कुमार रौनियार,उदयपुर
उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरको बेल्टार बजारबाट निस्किने फोहरमैला ब्यबस्थापनको लागि सरोकारवालाहरुसंग छलफल गरेको छ । नगर प्रमुख कालुमान लामाको आवहानमा आज बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा नगरमा क्रियाशिल राष्ट्रिय पार्टीका प्रतिनीधि तथा फोहरमैला ब्यबस्थापन संघर्ष समितिका प्रतिनीधि र सम्बन्धित टोलबिकास समिति तथा सामुदायिक वन उपभोक्ता समितिका प्रतिनीधिहरुबीच आज भएको सर्वपक्षीय, सर्वदलीय छलफलमा समस्या समाधानका लागि एक समिति गठन गर्ने सम्झदारी भएको छ । नगर प्रवक्ता तथा वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतको संयोजकत्वमा नगरमा क्रियाशिल राष्ट्रिय पार्टीका प्रतिनीधि, वडा नम्बर ६ र ७ का प्रतिनीधि, सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिका प्रतिनीधि, संघर्ष समितिका प्रतिनीधिहरु सदस्य रहनेगरी समिति निमार्ण गरिएको छ । उक्त समितिले आगामी फागुन मसान्त...







