चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थित नगर अस्पतालको सेवा लथालिङ्ग भएको छ । दक्ष कर्मचारी अभाव, कर्मचारीबिच आपसी समवन्यको अभाव, कर्मचारीमा रहेका नैरासयता लगायतका कारण अस्पतालले प्रवाह गर्ने सेवा खस्किएको छ । नगरपालिकाले नगरपालिकाको विभिन्न शाखामा करारमा कार्यरत कर्मचारीहरुलाई ज्यालादारी बनाउने निर्णय गरेसङै त्यसको नकारात्मक प्रवाह अस्पतालको सेवा प्रवाहमा परेको छ । नगरपालिकाको यस निर्णयसंगै नगरको विभिन्न स्वास्थ्य केन्द्रमा कार्यरतहरु मध्ये १३ जना स्वास्थ्यकर्मीले बिबिध कारण देखाउदै राजिनामा दिएका छन् भने नगरपालिकाले फेरि करारका लागि खुलाएको कर्मचारी भर्नामा यसअघि कार्यरत अनुभवी र दक्ष कर्मचारी प्रारम्भिक सूचीकरण मै पर्न नसकेपछि उनीहरुमा नैरासयता पैदा भएको छ । यसअघि अस्पतालमा कार्यरत अनुभवी कर्मचारी अहेव अंगत पौडेल , नगरपालिका र वान हर्ट नामक गैरसरकारी संस्थाको सहयोगमा दक्ष प्रसुती तालिम लिएका सुस्मा पौडेल र ल्याव असिस्टेन्ट मनिता राई प्रारम्भिक सुचिमै अटाएनन । त्यस्तै अस्पतालमा कार्यरत एचए मदन कार्कीलाई बसहा सरुवा गरिएको थियो भने अनमी निगा राईलाई सिद्दिपुर सरुवा गरिएको थियो । ल्यावका लागि जनशक्ती अभाव हुँदा बिहानको समयमा यसअघि संचालनमा भैरहेको सुगर र अन्य दिर्घरोगीहरुले खाना नखाई नै चेकजाँच गराउनुपर्ने रगत, पिसाव लगायतको संकलन गर्ने कार्य बैशाख २४ गतेदेखि रोकिएको छ । यस अघि बिहान ७ बजेबाट नै यस्ता स्याम्पलहरु संकलन गर्ने काम गरिन्थियो । त्यस्तै कर्मचारी अभावमा झण्डै २ महिनासम्म बन्द रहेको एक्स रे सेवा पनि भखरै संचालनमा आएकोे छ ।
कर्मचारीबिच पनि समवन्यको अभाव हुँदा अस्पतालको सेवा थप प्रवाहित बन्न पुगेको छ । सिनियर कर्मचारीहरु नै विदा स्वीकृत नगराई विदामा बस्ने प्रवृती देखिदा सेवाग्राहीले सेवा पाउनबाट बन्चित हुनुपरेको छ । केहिदिन अघि सिनियर स्वास्थ्यकर्मी अस्पतालमा नहुदा असहज अबस्था पैदा भएको थियो । एक जना मात्र एमबिबिएस डाक्टर रहेको अस्पतालमा उनी बिदामा बस्दा भिडियो एक्सरे सेवा, पोस्टमार्टम, पुलिस केश फारम, अपाङ्ता भएकाको सिफारिस र बिज्ञ चिकित्सकले गर्नुपर्ने चेकजाँच र परामर्श सेवा बन्द हुने गरेको अस्पताल श्रोतले बताएको छ । त्यसमाथी सामान्यता दिनको ३–४ जना स्वास्थ्यकर्मी विदा बस्ने गर्नाले स्वास्थ्यकर्मीको अभाव झनै हुने गरेको छ । नगर स्वास्थ्य शाखा प्रमुख श्रीकान्त चौधरीले नगर अस्पताल आधारभूत स्वास्थ चौकी मात्र रहेको हुनाले सो अनुसारको दरबन्दी प्रयाप्त रहेको तर अस्पताल ब्यबस्थापन समिती र अस्पताल प्रशासनबिच समवन्य नहुदाँ स्वास्थ्यकर्मीको अवाभ देखिएको बताएका छन् । उनले नगर अस्पतालमा ११ जनाको दरबन्दी रहेको भएता पनि हाल अस्पतालमा २२ जना कर्मचारी कार्यरत रहेको जनाउदै एक – एक जना मात्र दरबन्दी रहेको एमबिबिएस डाक्टर र एक्सरे सेवामा कार्यरत कर्मचारीले विदा लिदा भने काम रोकिने अबस्था रहेको बताएका छन । स्वास्थ्य विमाका कारण बिरामीको चाप बढेको बताउदै चौधरीले स्वास्थ्यकर्मीको अवाभ हटाउन स्वास्थ्यकर्मी भर्नाको प्रकिया अन्तिम चरणमा पुगेको र केही दिन भित्रै अन्तरवार्ता गरेर कर्मचारी भर्ना गरिने बताएका छन् । चौधरीले नगरमा १५ शैयाको आधारभुत अस्पताल निर्माणको चरणमा रहेको जनाउदै अस्पताल निर्माण पछि नेपाल सरकारबाट एमबिबिएस डाक्टर र अन्य स्वास्थ्यकर्मीको दरबन्दी थप हुने जानकारी दिएका छन् । एता नगर अस्पताल ब्यबस्थापन समितिका संयोजक एवम् वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारीले अस्पताल ब्यबस्थापन समितिसंग समवन्य नगरी कर्मचारी सरुवा र सेवाबाट हटाउने कार्यले अहिलेको अबस्था सृजना भएको बताएका छन । अध्यक्ष अधिकारीले एक हप्ताभित्र नै समस्याको समाधान गरिने बताउदै अस्पतालको सेवामा सुधार गरिने जानकारी दिएका छन् ।
यसैबिच अस्पतालको सेवा सुबिधाको बारेमा टिकाटिप्पनी हुन थालेपछि नगर प्रमुख कालुमान लामाले हिजो नगर अस्पताल बेल्टारको आकस्मिक निरिक्षण गरेका छन् । सोक्रममा लामाले सेवाग्राहीसंग अस्पतालले प्रदान गर्ने सेवाको बारेमा सोधखोज गरेका थिए भने डाक्टर , कर्मचारीहरुलाई गुनासो नआउनेगरी काम गर्न निर्देशन दिएका छन् । उनले जन स्वास्थ जस्तो गम्भीर र संबेदनसिल बिषयमा सबैलाइ सचेत हुन निर्देशन दिदै आफुले गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको बताएका थिए ।