चौदण्डीगढीमा लैङ्गिक हिंसा रोकथामका लागि समिक्षात्मक कार्यक्रम सम्पन्न ।

उदयपुरको चौदण्डीगढी नगरपालिकामा लैङ्गिक हिंसा रोकथामका लागि समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ । आज बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा बसेको स्थानीय सरकार तथा सरोकारवाहरुसंगको समन्वय बैठकले लैङ्गिक हिंसा रोकथामका बिषयमा नगरमा जारी गतिबिधीको बारेमा छलफल भएको हो । साझा सवालका लागि साझा मञ्च (कोकन) नेपाल विराटनगरकी अध्यक्ष मन्जिता उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न गतिबिधी मार्फत किशोर, किशोरी तथा अन्य ब्यक्तिहरुमा जागरुकता ल्याउन गरेको कार्यबारे अनुभव साटासाट गरिएको थियो । संस्थाले नगरको किशोर किशोरी केन्द्रित वडा नम्बर १, ५, ६, ८ र ९ को बिभिन्न बिद्यालयमा १६ हप्ते रुपान्तरण कार्यक्रम संचालन गरेको छ भने वडा नम्बर ८ र ९ मा जोडी कार्यक्रम संचालन गरिरहेको संस्थामा सामुदायिक फिल्ड स्वंमसेवक अपार ओझाले जानकारी दिएका छन् ।

संस्थाले वडा नम्बर १ को कटहरेस्थित शारदा मावीका २० जना छात्र र २० जना छात्रा, त्यस्तै वडा नम्बर ५ को सिवाईस्थित मावी सिवाईका २० जना छात्र र २० जना छात्रा , त्यसैगरी वडा नम्बर ६ स्थित कालिका मावी सिवार्नीका २० जना छात्र र २० जना छात्रा , वडा नम्बर ८ स्थित जनता मावी लुङ्गिन्टारका २० जना छात्र र २० जना छात्रा तथा वडा नम्बर ९ स्थित जनता मावी हडियाका २२ जना छात्र र २२ जना छात्रा गरी २०४ जना किशोरकिशोरीलाई १६ हप्ते रुपान्तरण कार्यक्रम अन्तर्गत अतिरिक्त गतिबिधीका माध्यमबाट जागरुक बनाउने कार्य गरिरहेको छ । यस्तै संस्थाले वडा नम्बर ९ का २५ जोडी र वडा नम्बर ८ मा १८ जोडीलाई नव विवाहित दम्पती जोडी सत्र कार्यक्रम संचालन गरिरहेको जनाएको छ । यसअघि संस्थाले वडा नम्बर ५ को ११ जोडी र वडा नम्बर ९ को भिमा टोलका १८ जोडीलाई सो सेवा दिसकेको छ । संस्थाको तर्फबाट चौदण्डीगढी नगरपालिकामा सामुदायिक स्वंमसेवकको रुपमा अपार ओझा र अन्जना कोईराला कार्यरत रहेका छन् ।

आजको कार्यक्रममा प्रमुख अतिथी चौदण्डीगढी नगरपालिकाकी उपमेयर मणिकादेवी दुलाल रहनुभएको थियो भने कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सिताराम राई, ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का, ८ का वडा अध्यक्ष भगनाथ मगर, ९ का वडा अध्यक्ष प्रकाश राउत , सामाजिक शाखा प्रमुख सत्य नारायण हुजदार, शिक्षा शाखा प्रमुख रामेश्वर कुवँर, संस्थामा प्रतिनीधिहरु, लाभग्राही लगायतको उपस्थिती रहेको थियो ।