तेस्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको लोगो र मिति सार्वजनिक ।
उदयपुरको बेलका नगरपालिकामा आयोजना हुने तेस्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको लोगो र मिति सार्वजनिक भएको छ । बेलका नगरपालिकाको बहुचर्चित पर्यटकीय स्थल वार्ड नं. ८ स्थित बोप्ताङमा आयोजित एक कार्यक्रमकोबीच ब्रदरहुड फुटवल क्लब उदयपुरले आयोजना गर्ने तेस्रो बेलका गोल्डकप फुटबल प्रतियोगिताको लोगो र मिति नगरप्रमुख अशोक कार्कीले सार्वजनिक गरेका हुन् ।
आयोजक ब्रदरहुड फुटवल क्लबका अध्यक्ष रविन तामाङका अनुसार प्रतियोगिता आगामी २०८२ साल असोज २५ गतेदेखि कार्तिक १ गतेसम्म बेलका नगरपालिका वडा नम्बर ६ स्थित लेकाली खेलमैदानमा सञ्चालन हुने छ । यस्तै प्रतियोगिताको विजेता टोलीले २,२२,२२२ रुपैयाँ नगद र उपविजेता टोलीले १,११,१११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने तामाङ्गले बताएका छन् । साथै विद्यागततर्फ पनि उत्कृष्ट खेलाडीलाई विशेष सम्मान तथा आकर्षक पुरस्कार प्रदान गरिने जन...









