स्थानीय

चौदन्डीगढी नगरपालिकाद्वारा गिट्टी बालुवाको ठेक्का प्रयोजनका लागि खोलाहरुको स्थलगत निरीक्षण ।

लाइभ खबर, स्थानीय
चौदन्डीगढी नगरपालिकाले नगरभित्रका खोलानालाहरु ठेक्का लगाउने प्रयोजनका लागि खोलाहरुको स्थलगत अवलोकन गरेको छ । उप प्रमुख मनिकादेबी दुलालको संयोजकत्वमा प्रमुख प्रशासकिय अधिकृत चित्र प्रसाद गुरागाई , वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का , वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारी , त्यस्तै वडा नम्बर ५,६,७ र ८ का वडा सदस्यहरु लगायत बिभिन्न्न राजनितिक दलको प्रतिनिधीहरु सम्मिलित टोलीले खोलाहरुको स्थलगत अबलोकन गरेका छन् । नगरपालिका क्षेत्रभित्रका खोलाहरुको प्रारम्भिक बाताबरण मुल्यांकन आई ई ई गर्ने कार्य सकिएको र नगरपालिकाको बोर्ड बैठकबाट आई ई ई प्रतिबेदन स्वीकृत गर्नु अघि नगरमा कृयासिल दलका प्रतिनिधिहरु समेतको उपस्थितमा खोलाहरुको धार, गिट्टी , बालुवा उत्खनन गर्न सकिने स्थलहरु लगायतको बस्तुगत स्थलगत अवलोकन गरेको नगरपालिकाका राजस्व शाखाका प्रमुख प्रकाश वनले जानकारी दिएका छन् ।...

बेल्टार बजारलाई ब्यबस्थित गरिदै ।

बिबिध, मनोरन्जन, लाइभ खबर, स्थानीय
बजारको ब्यबस्थापन, गाँउको बिकास भन्ने मुख्य नाराको साथ गत स्थानीय तह निर्वाचनमा बिजयी भएका चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले नगरको मुख्य बजार रहेको बेल्टार बजारलाई ब्यबस्थित गर्ने कार्यको सुरुवात गरेका छन्। केही समयअघि नगरको बजार ब्यबस्थापन गर्नको लागि बिकास बन्जराको संयोजक्तवमा गठन भएको बजार ब्यबस्थापन तथा बिकास समितले आज बेल्टार बजार बेलपार्कस्थित अब्यबस्थित छाप्राहरु हटाएको छ भने पुष्पलाल चौकदेखी बिपी चौकसम्म ब्यापारीहरुले सडक ढाकेर बनाएका छाप्रा तथा पसलहरु हटाएको छ । दशैअघि नै यस किसिमका संरचनाहरु हटाउदै बजारलाई सौन्दर्यकरण गर्ने योजना भएतापनि स्थानीय ब्यापारीहरुको आग्रहमा दशैपछि हटाउन शुरु गरिएको बजार ब्यबस्थापन तथा बिकास समितिका संयोजक बिकास बन्जराले बताएका छन् । नगरपालिकाले समेत यसअघि माईकिङ्ग, पत्र, स्थानीय रेडियोबाट बजार क्षेत्रमा रहेका अब्यबस्थित छाप्रा, टहरा र पस...

उदयपुरमा यस पटकको निर्वाचनमा कुल दुई लाख २८ हजार ९ सय ४६ जना मतदाता

मुख्य खबर, स्थानीय
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता भएसंगै मतदाताको झुकाव र मतदाताको संख्या लगायतका बारेमा चासो बढेको छ । उदयपुरमा मुख्यता लोकतान्त्रिक बाम गठबन्धन र एमालेबीचको प्रतिस्पर्धाको बारेमा चर्चा हुन थालेको छ । उदयपुरमा यस पटकको निर्वाचनमा कुल दुई लाख २८ हजार ९ सय ४६ जना मतदाताले मतदान गर्न पाउने निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाले जानकारी दिएका छन् । गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा भन्दा उदयपुरमा महिला १ हजार ५ सय ९८ र पुरुष ३ हजार २ सय १० गरी ५ हजार ८ सय ८ जना मतदाता थप भएका छन् । निर्वाचन कार्यालयले उदयपुरमा १ सय १ मतदान स्थल र २६४ मतदानकेन्द्र तोकेको छ । यस्तै उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा त्रियुगा, चौदण्डिगढी र वेलका नगरपालिकामा एक लाख ३५ हजार ५ सय २५ जना मतदा...

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि उदयपुरमा ६४ जनाद्वारा उम्मेदवारी दर्ता ।

लाइभ खबर, स्थानीय
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि उदयपुरमा नयाँ , पुराना २१ दल र स्वतन्त्र गरी प्रतिनिधि सभाका २ वटा निर्वाचन क्षेत्रमा २८ जना र प्रदेश सभाका ४ वटा निर्वाचन क्षेत्रमा ३६ जनाले उम्मेदबारी मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा १६ दलका उम्मेदबारले उम्मेदबारी दिएका छन् भने प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा १२ दलका उम्मेदबारले उम्मेदबारी दर्ता गराएका छन् । यस्तै पं्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा राम श्रेष्ठ चौधरीले स्वतन्त्र उम्मेदबारी दिएका छन् भने प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा रामकुमार राई र राममणि पौडेलले स्वतन्त्र उम्मेदबारी दिएका छन् । प्रतिनीधि सभा तथा प्रदेश सभाको प्रत्यक्ष निर्वाचनका लागि उदयपुर क्षेत्र नम्बर १ मा प्रतिनीधि सभातर्फ १६ जना र प्रदेश सभ...
उदयपुर क्षेत्र नम्बर १ क मा कुशलबाबु बस्नेतलाई अगाडी सार्ने एमाले असन्तुष्ट पक्षको निर्णय ।

उदयपुर क्षेत्र नम्बर १ क मा कुशलबाबु बस्नेतलाई अगाडी सार्ने एमाले असन्तुष्ट पक्षको निर्णय ।

लाइभ खबर, स्थानीय
नेकपा एमालेले उदयपुर क्षेत्र नम्बर १ क मा निबर्तमान प्रदेश सभा सदस्य विमल कार्कीलाई टिकट दिने निर्णय गरेसंगै नेता तथा कार्यकर्ताहरुमा असन्तुष्टी चुलिएर गएको छ । अन्तर पार्टी निर्देशिका बमोजिम गत भदौ १८ गते बसेको एमाले उदयपुर प्रदेश निर्वाचन समन्वय कमिटीको बैठकले उदयपुर प्रदेश सभा १ क का लागि प्रदेश कमिटी सदस्यहरु शम्भु पौडेल, धनपति आचार्य, भिम पौडेल त्यस्तै जिल्ला कमिटी सचिवालय सदस्यहरु कुशलबाबु बस्नेत, राजेन्द्र कुमार कटुवाल, नारद निरौला र ईश्वरा गेलालको नाम सिफारिस गरेको थियो भने सिफारिस गरिएको भन्दा बाहिरका ब्यक्तिहरुलाई उम्मेदवार बनाएमा सिंगो कमिटीले अस्वीकार गर्ने निर्णय बैठकले गरेको थियो । तर संघका लागि सिफारिस गरिएका कार्कीलाई केन्द्रले प्रदेशका लागि टिकट दिएपछि नेता तथा कार्यकताहरुमा असन्तुष्टिी बढेको हो । आज बेल्टार बजारस्थित एमाले पार्टी कार्यालयमा प्रदेश, जिल्ला र चौदण्डीग...
गाईघाटमा मोटर साइकल र अटो एक आपसमा ठोकिदा एक जनाको मृत्यु   ।

गाईघाटमा मोटर साइकल र अटो एक आपसमा ठोकिदा एक जनाको मृत्यु ।

लाइभ खबर, स्थानीय
उदयपुर सदरमुकाम गाईघाटमा हिजो साँझ मोटर साइकल र अटो एक आपसमा ठोकिदा एक जनाको मृत्यु र ३ जना घाईते भएका छन् । हिजो साँझ ७ बजे त्रियुगा नगरपालिका वडा नम्बर ३ स्थित मिलन चौकमा स १ ह २०७६ नम्बरको अटो लाई बगहाबाट गाईघाट तर्फ आउदै गरेको प्र.१–०५–००१ प २१८६ नम्बरको मोटर साइकलले पछाडीबाट ठक्कर दिँदा मोटर साइकलमा सवार त्रियुगा नगरपालिका १२ का दिलिप श्रेष्ठकी श्रीमती ४५ बर्षिय तुलसा श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको छ । त्रियुगा नगरपालिकाका कर्मचारी समेत रहेका मोटर साइकल चालक दिलिप श्रेष्ठ घाइते भएका छन भने अटोमा भित्र रहेका त्रियुगा नगरपालिका ३ की ५० बर्षीया पुना सरि विक गम्भिर घाइते घाइते भएकी छिन् । विकको हात, खुट्टा, ढाँडमा चोट लागेको छ । यस्तै अटोमा रहेका १५ बर्षीय मनिस बराइली समेत घाइते भएका छन । घाइतेहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।...

दोश्रो मलिथम फुटवलको उपाधी कालिका फुटवल क्लब बेल्हालाई

खेलकुद, मुख्य खबर, लाइभ खबर, स्थानीय
मलिथम थारु सेवा समाज उदयपुरको आयोजनामा भएको दोश्रो मलिथम च्याम्पियनसिपकप २०७९ आज समपन्न भएकोे छ ।चौदन्डीगढी नगरपालिका वडा नम्बर –९ स्थित थान पोखरी मा बि को खेलमैदानमा आज भएको फाईनल खेलमा वडा नम्बर ५ को कालिका फुटवल क्लब बेल्हाले बेलका नगरपालिकाको रातापानी फुटवल क्लब लाई २–१ ले पराजित गर्दै उपाधी जितेको छ । उपाधीसंगै कालिका फुटवल क्लब बेल्हाले नगद ३० हजार रुपैयाँ सहित ट्रफी ,मेडल ,प्रमाणपत्र र उप बिजेता रातापानी फुटवल क्लबले नगद २० हजार रुपैयाँ सहित ट्रफी ,मेडल ,प्रमाणपत्र पाएको आयोजक ले जनाएको छ । यस्तै बेस्ट किपर कालिका फुटवल क्लबका राकेश चौधरी, बेस्ट डिफेन्डर कालिका फुटवल क्लबकै रोहित चौधरी र म्यान आफ दि म्याच पनि कालिका फुटवल क्लबकै एक्शन चौधरी भएका छन् । लागु औषध तथा दुर्ब्यशनि लाई निरुत्साहन गर्ने काममा टेवा पुर्याउने उद्देश्यका साथ शुरु गरिएको यस प्रतियोगितामा कालिक...

कुमार खड्काद्वारा उदयपुर क्षेत्र नम्बर १ क कालागि प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा ।

लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकामा गत स्थानीय तह निर्वाचनमा टिकट बाड्फाँड्मा असन्तुष्ट रहेर तत्कालिन माओवादी केन्द्रबाट अलग भएको समुहमा अन्य दलबाट पनि केही स्थानीय नेता तथा कार्यकर्ताहरु थपिएपछि उत्साहित भएको स्वतन्त्र नागरिक समाज चौदण्डीगढीले आज एक कार्यक्रमको आयोजना गरी प्रदेश सभाका लागि उदयपुर क्षेत्र नम्बर १ क मा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेको छ । बेल्टार बजारस्थित पुष्पलाल चौकमा भएको कार्यक्रमबाट समाजले तत्कालिन माओवादी केन्द्रका उदयपुर जिल्ला सदस्य कुमार खड्कालाई उम्मेदवारको रुपमा अघि सारेको छ । स्वतन्त्र नागरिक समाजको नाममा चौदण्डीगढी नगरपालिकामा आफ्नो संगठनलाई मजबुत बनाईरहेको यो समुहले छिमेकी बेलका नगरपालिकामा पनि त्यहाँका बिभिन्न पार्टीमा असन्तुष्ट रहेका तथा स्वतन्त्र गतिबिधी गरिरहेकाहरुलाई आफ्नो संगठनमा जोडिरहेको र चौदण्डीगढी र बेलकाका कार्यकर्ताहरुको भावनालाई समेट्दै प्रदेश...

नेपाली कांग्रेस चौदण्डीगढी नगर कार्य समितिद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ।

स्थानीय
नेपाली कांग्रेस चौदण्डीगढी नगर कार्य समितिले २०७९ सालको दशै, दिपावली, नेपाल सम्बत तथा छठ पर्वको शुभ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । बेल्टार बजारस्थित क्षेत्रिय पार्टी कार्यलयमा आज भएको कार्यक्रममा नगर कार्य समितिको पदाधिकारी, वडा सभापति, नगर भित्र रहेका प्रदेस पदाधिकारी, क्षेत्रिय पदाधिकारी, जिल्ला पदाधिकारी, महादिवेशन प्रतिनिधि, क्षेत्रिय प्रतिनिधि लगायत भातृ संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै नेताहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन लाग्नुपर्ने बताउदै जीतको शुभकामना ब्यक्त गरेका थिए ।...
चौदण्डीगढी नगरपालिकामा सम्पन्न खसी कप–२०७९ को उपाधी श्रीपञ्चमी”A” टिमलाई ।

चौदण्डीगढी नगरपालिकामा सम्पन्न खसी कप–२०७९ को उपाधी श्रीपञ्चमी”A” टिमलाई ।

खेलकुद, मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाको रामप्रसाद राई रंगशालामा आज सम्पन्न भएको खसी कप–२०७९ को उपाधी श्रीपञ्चमी”A” टिमले जितेको छ । आज भएको फाईनल खेलमा श्रीपञ्चमी”A” टिमले आयोजक लाङ्गघाली लाफा चौकलाई ५–३ गोल अन्तरले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । प्रतिस्पर्धात्मक खेलमा श्रीपञ्चमी”A” टिमले आफ्नो दबाब कायम नै राखेको थियो । खेलको पहिलो हाफमा ३–२ ले अगाडी रहेको श्रीपञ्चमी”A” टिमले दोश्रो हाफमा थप २ गोल गर्दै बिजेता बनेको हो । श्रीपञ्चमीको तर्फबाट आसिस राईले २ तथा बिशाल राई, सागर राई र बिश्वास राईले १–१ गोल गरेका थिए । यस्तै लाङ्गघाली लाफा चौकको तर्फबाट पवन कार्कीले २ तथा नवल तामाङ्गले १ गोल गरेको आयोजकले जनाएको छ । बिजेता भएसंगै श्रीपञ्चमी”A” टिमले अन्दाजी ३० केजीको खसी, ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेता लाङ्गघाली लाफा चौकले १० केजी लोकल कुखुरा सहित ट्रफी, मेडल, प्रमा...