बेल्टार बजारबाट खोटाङ जिल्ला जोड्ने बङ्शिलाघाटसम्म नियमितरूपमा बस संचालन हुने ।
३० मंसिर,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…
अन्तर जिल्ला नाकाहरु जोड्ने चौदण्डीगढी नगरपालिकाको नीति अनुरुप आजदेखि उदयपुरको बेल्टार बजारबाट खोटाङ जिल्ला जोड्ने बङ्शिलाघाटसम्म नियमितरूपमा बस संचालन हुने भएको छ । बेल्टार बजारबाट बिहान ८ः३० बजे र दिउँसो १ः३० बजे गाडी छुट्ने छ भने बङ्शिलाघाट्बाट बिहान ११ बजे र दिउँसो ४ बजे गाडी संचालन हुने गाडी संचालक संजीव रौनियारले जानकारी दिएका छन् । हिजो बाटोको अबस्था हेर्न गाडीसहित संचालक रौनियारको टोली बेल्टारबजारबाट बङ्शिलाघाटसम्म केही यात्रुहरुसमेतलाई लिएर गएको थियो । बाटोको अबस्थामा ठिकै रहेको र केही स्थानहरुमा भने मोड सुधार र बाटो मर्मतको कार्य गर्नुपर्ने अबस्था रहेको उनले बताएका छन् । यद्यपी अहिलेको अबस्थामा यात्रुबहाक बस संचालन गर्न सकिने रौनियारले जानकारी दिएका छन् । तर हिजो बाटोको अबस्था हेरेर फर्केको गाडीलाई केही टेम्पो ब्यबसायीले अबरोध...









