२२ मंसिर,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित बेल्टार बजारमा निजी तथा आवासीय बिद्यालय अर्गनाईजेसन नेपाल, प्याब्सनको आयोजना मंसिर २१ गते विहिवारदेखी तेश्रो नगर स्तरीय संस्थागत बिद्यालय स्तरीय खेलकुद प्रतियोगिता संचालन भएको छ । वडा नम्बर ७ बेल्टार बजारस्थित रामप्रसाद राई खेल मैदानमा नगरमा संचालित १५ वटा नीजी बिद्यालयहरुले सहभागिता जनाएका छन् । कब्बडी, भलिवल, एक सय, दुई सय, चार सय, आठ सय र १५ सय मिटर खुल्ला दौड प्रतियोगिता, एक सय वाई चार सय मिटर रिले दौड प्रतियोगिता, त्यस्तै सर्टफुट र ज्यावलिङ्ग लगायतका खेलमा प्राथमिक तहदेखी माध्यमिक तहसम्मको करिव ६ सय जना बिद्यार्थीले भाग लिएको निजी तथा आवासीय बिद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन चौदण्डीढी नगर कमिटी कोषाध्यक्ष प्रिया राई कटवालले जानकारी दिएकी छिन् ।
प्रतियोगिताको प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य सम्झना पाख्रिनले एक कार्यक्रमको बिच उद्घाटन गरेकी थिईन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य पाख्रिनले खेलकुदको बिकासका लागि आफ्नो साथ सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेकी थिईन । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नगर अध्यक्ष कालुमान लामाले खेलकुद पनि सिकाईको एउटा तरिका भएकोले खेलकुदले अनुसाशित भै जीवन जिउने कला सिकाउने बताएका छन् । मेयर लामाले अहिले आफ्नो संस्कार, परम्परा र भेषभुषालाई भुल्दै गएकोले त्यसतर्फ पनि ध्यान दिनुपर्ने आबश्यकता रहेको औलाएका थिए । उनले पढाईलाई ब्यबहारसंग जोड्नुपर्ने जनाउदै नयाँ पिढीमा नैतिक शिक्षाको अभाव खड्किएको महसुस भएको बताएका छन् ।
त्यस्तै पुर्व मेयर खगेन्द्र राईले स्वस्थ्य जीवनका लागि खेलकुद आबश्यक रहेको बताएका थिए भने बेल्टार बसहा उद्योग बाणिज्य संघका अध्यक्ष कुमार ल्वागुन, प्याब्सनका केन्द्रीय सचिव आशा खड्का, नगर शिक्षा शाखा प्रमुख रामेश्वर कँुवर लगायतले प्रतियोगिताको सफलताको लागि शुभकामना ब्यक्त गरेका थिए ।



