प्रथम चौदण्डीगढी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ।
२६ कार्तिक,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर
उदयपुरको चौदण्डीगढी नगरपालिकामा शुक्रवार र शनिवार संचालन भएको प्रथम चौदण्डीगढी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हिजो सम्पन्न भएको छ । बेल्टार ब्याडमिन्टन क्लबको आयोजनामा चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ स्थित समाबेशी ब्याडमिन्टन हलमा भएको प्रतियोगितामा उदयपुरका जिल्लाको बिभिन्न पालिकाबाट सहभागी खेलाडीहरुलाई मेन्स डवलस् र भेट्रान्स गरी दुई बिद्यामा प्रतिस्पर्धा गराईएको थियो ।
हिजो सम्पन्न मेन्स डवलस्को खेलमा सुन्दरपुरका विनय चौधरी र संजीव कटुवालको टिम प्रथम , बसहाका जेसन राई र बिशाल राईको टिम दोश्रो र गाईघाटका.लिल पुलामी मगर, कालु प्रसाद उराव र सौरभ ठकुरी , प्रकाश बस्नेतको जोडी तेश्रो भएको छ । प्रथम , दोश्रो र तेश्रो हुनेले क्रमश २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र पाएका छन् । यस्तै ४५ बर्ष माथीमा भेट्...









