चौदण्डीगढी नगरपालिकाले बोडिङ्ग स्कुलहरुको नियमन तथा ब्यबस्थापन गर्ने ।
२ चैत्र २०८०, सन्तोष कुमार रौनियार…
चौदण्डीगढी नगरपालिकाले नगरमा संचालित संस्थागत बिद्यालय, बोडिङ्ग स्कुलहरुको नियमन तथा ब्यबस्थापन कार्यलाई अगाडी बढाउने निर्णय गरेको छ । नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा फागुन २९ गते बसेको नगर शिक्षा समितिको बैठकले संस्थागत बिद्यालयहरुलाई नियमन तथा ब्यबस्थापन गर्ने गरी फागुन २७ गते शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामेश्वर कुवँरको अध्यक्षतामा संस्थागत बिद्यालयका प्रधानाध्यपकहरुसंग बसेको बैठकले गरेको निर्णयलाई लागु गर्ने निर्णय गरेको छ ।
फागुन २७ गते शाखा प्रमुख रामेश्वर कुवँरको अध्यक्षतामा बसेको बैठकले संस्थागत बिद्यालयले उपलब्ध गराउनुपर्ने १० प्रतिशत छात्रवृती सम्बन्धमा छलफल गर्दै संस्थागत बिद्यालयहरुको जम्मा बिद्यार्थी संख्याको परीक्षा, भर्ना, मासिक शुल्कको १० प्रतिशत छात्रवृती मध्ये कुल रकमको १० प्रतिशतलाई १०० प्रतिशत मानी बिद्यालयबाट ६६...









