चौदण्डीगढीमा एकै दिन दुईवटा बाटोको कालोपत्रे कार्यको शिलान्यास ।
२९ चैत्र २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज एकै दिन दुईवटा बाटोको कालोपत्रे कार्यको शिलान्यास गरिएको छ । नगर प्रमुख कालुमान लामाले वडा नम्बर ६ र वडा नम्बर ५ मा हुने बाटो कालोपत्रे कार्यको आज छुट्टाछुट्टै शिलान्यास गरेका छन् । नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत वडा नम्बर ६ को सिवार्नीस्थित लक्ष्मी थापाको घरदेखी पुर्व कालिका माध्यमिक बिद्यालय जाने बाटो र वडा नम्बर ५ स्थित मावि सिवाईदेखी साना किसान सहकारीसम्म हुने सडक कालोपत्रे कार्यको शिलान्यास गरेका हुन् । दुबै सडक निमार्ण कार्यको जिम्मा चौदण्डीगढी कन्सट्रक्शन बसहाले पाएको छ भने दुवै सडक आगामी जेठ २५ गतेसम्म कालोपत्रे भैसक्नेगरी सम्झौता भएको नगर पुर्वाधार तथा योजना शाखाका प्रमुख ईन्जिनियर सन्तोष राईले जानकारी दिएका छन् ।
चौदण्डीगढी कन्सट्रक्शन बसहाले वडा नम्बर ६ को सिवार्नीस्थित लक्ष्मी थापाको ...









