२६ चैत्र २०८१, सन्तोष कुमार रौनियार…

केही दिनदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलनका मागप्रति उदयपुरको त्रियुगा नगरपालिकाले पनि ऐक्यबद्धता जनाएको छ । हिजो नगर प्रमुख बसन्त कुमार बस्नेतले एक बिज्ञप्ती जारी गर्दै शिक्षक आन्दोलनका मागप्रति ऐक्यबद्धता जनाएको हो । नगर प्रमुख बस्नेतले शिक्षक महासंघको आन्दोलनले सम्पुर्ण शैक्षिक गतिबिधिमा असर पर्ने भएकोले शिक्षकहरुको उचित माग सम्बोधन गर्न र आन्दोलनरत शिक्षकहरुसंग यथासिघ्र वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा विद्यालय कर्मचारीहरुले चैत्र २० गते देखि संघिय राजधानी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।शिक्षक आन्दोलन लम्बिँदै जाँदा देशभरका विद्यालयका शैक्षिक गतिविधि प्रभावित भएको छ ।

