चौदण्डीगढी नगरपालिकाको सातधारेमा कार दुर्घटनामा ४ जना घाईते ।

२७ चैत्र २०८१, सन्तोष कुमार रौनियार…

आज बिहान चौदण्डीगढी नगरपालिकाको सातधारेमा कार दुर्घटनामा ४ जना घाईते भएका छन् । बिहान अन्दाजी सवा ७ बजे बेल्टार बजारस्थित मदन भण्डारी स्मृति लोकमार्गको सातधारेमा पुर्वबाट पश्चिम तर्फजादै गरेको बाग्मती प्रदेश BAB ५४९२ नम्बरको सुजुकि कार आफै अनियन्त्रत भई दुर्घट्ना उनीहरु घाईते भएका हुन् ।

घाईते हुनेहरुमा कार चालक मोरङ केराबारी गाउँपालिका –८ बस्ने बर्ष ४७ को बिनोद भट्टराई, उनका छोरा अन्दाजी बर्ष ११ का सम्पन भट्टराई, उनको श्रीमति अन्दाजी बर्ष ६२ को रिता भट्टराई र कारमा सवार ललितपुर उप–महानगरपालिका–४ जाउलाखेल बस्ने अन्दाजी बर्ष ४८ को त्रिपुरा सत्याल रहेका छन् । चालक भट्टराईलाई सामान्य चोट लागेको छ भने छोरा सम्पनको दाहिने खुट्टामा चोट लागेको छ । यस्तै उनको श्रीमति रिताको बाँया पट्टीको कुम्भमा चोट लागेको छ भने त्रिपुरा सत्यालको वाँया पाखुरा, कुम्भ र छातिमा चोट लागेको र सबैजना सामान्य बोल्न सक्ने अबस्थामा रहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

प्रहरी नायव निरिक्षक प्रमोद साहको नेतृत्वमा गएको प्रहरी टोलीले घाईतेहरुको उद्धार गरी नगर अस्पताल बेल्टारमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।