चौदण्डीगढी नगरपालिकामा संचालित आँखा शिविरमा ३१९ जनाको आखाँको सफल शल्यक्रिया सम्पन्न ।
२५ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार सातधारेस्थित कोभिड अस्पतालमा संचालन भएको आँखा शिविरमा ३१९ जना आखाँको विरामीको सफल शल्यक्रिया गरिएको छ । आज सम्पन्न शिविरमा ३१६ जनाको आखाँको मोतीविन्दु र ३ जनाको आँखामा मासु पलाएकाको अपरेशन गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष लुङ्गराज राईले जानकारी दिएका छन् । राईका अनुसार पुष १६ गते चौदण्डीगढी नगरपालिकाको १० वटै वडालाई समेटनेगरी चौदण्डी, सिद्धिपुर, आमसाल, बर्खेडाँडा, सुन्दरपुर, माडिबास, हडिया, सिर्वानी स्वास्थ्य चौकी तथा कोभिड अस्पताल र छिमेकी बेलका नगरपालिकाको वडा नम्बर ५ खयरवनीस्थित आधारभुत स्वास्थ्य चौकी भवन र वडा नम्बर ७ को मैनामैनीमा मोतियाविन्दु र आँखाको अन्धोपन गराउन सक्ने आँखाका रोग भएका विरामीहरुको छनौट शिविर संचालन गरिएको थियो । जसमा ३ हजारभन्दा बढी नागरिकले आँखाको परिक्...







