भोगाधिकार पुर्जा दिने चर्चासंगै चौदण्डीगढीमा ऐलानी जग्गा नापजाँचको काममा तिव्रता ।
भोगाधिकार पुर्जा दिने चर्चासंगै चौदण्डीगढी नगरपालिकामा ऐलानी जग्गा नापजाँचको कामले तिव्रता पाएको छ । नगर प्रमुख कालुमान लामाले केही दिन अघि नगरमा रहेका भुमीहिन दलित, भुमीहिन सुकुम्बासी र अब्यबस्थित बसोबासीहरुको समस्या समाधान गर्नका लागि नगरस्तरीय भुमी आयोगको गठन गरेर उनीहरुले चासबास गरेर उपभोग गरिरहेको जग्गा उल्लेख हुनेगरी भोगाधिकार पुर्जा दिने बताएका थिए । नगर प्रमुख लामाले आफ्नो कार्यकालमा राष्ट्रियभुमी आयोगबाट उनीहरुलाई सके लालपुर्जा दिलाउने, नसके नगरबाट भए पनि भोगाधिकार पुर्जा वितरण गर्ने बताएका थिए । सोही अनुसार नगर प्रमुख लामाले नगरस्तरीय भुमी आयोग पनि गठन गरेका छन् ।
यसैबिच नगर प्रमुख लामाको निर्देशनमा भुमी सेवा केन्द्र चौदण्डीगढीले नगरको १० बटै वडामा रहेको ऐलानी जग्गाको नापजाँच गर्ने प्रक्रियालाई तिव्र बनाएको छ । भुमी सेवा केन्द्र चौदण्डीगढीका प्रमुख यज्ञराज श्रेष्ठका...









