स्थानीय

चौदण्डीगढीमा वी डिभिजन उदयपुर जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता संचालन हुने।

चौदण्डीगढीमा वी डिभिजन उदयपुर जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता संचालन हुने।

खेलकुद, लाइभ खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिकामा उदयपुर जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता संचालन हुने भएको छ । आयोजक बेल्टार ब्याडमिन्टन क्लब र बसहा ब्याडमिन्टन क्लबले आज शनिवार विहान बेल्टार बजारस्थित समाबेशी ब्याडमिन्टन कवर्डहलमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उदयपुर जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता संचालन हुने जानकरी दिएको हो । बेल्टार ब्याडमिन्टन क्लबका अध्यक्ष महाप्रसाद राईका अनुसार बेल्टार ब्याडमिन्टन क्लबको आयोजनामा यही कार्तिक २१ र २२ गते १५ बर्ष मुनीको वी डिभिजन महिला तथा पुरुष र कार्तिक २८ र २९ गते जिल्ला स्तरीय वी डिभिजन महिला तथा पुरुष तेश्रो चौदण्डीगढी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता संचालन हुनेछ । जिल्ला स्तरीय वी डिभिजन प्रतियोगितामा मेन्स डवल्स, वमेन्स डवलस र मास्टर डवल्स गरी ३ वटा विद्यामा प्रतिस्पर्धा गराईने र प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरु उदयपुर जि...
नेपाल मगर संघ चौदण्डीगढीमा नयाँ नेतृत्व।

नेपाल मगर संघ चौदण्डीगढीमा नयाँ नेतृत्व।

लाइभ खबर, स्थानीय
नेपाल मगर संघ चौदण्डीगढीले नयाँ नेतृत्व पाएको छ । बेल्टार बजारस्थित भुपु सैनिक संघको सभाहलमा आज सम्पन्न संघको तेश्रो नगर अधिबेशनले ललिता मगरको अध्यक्षतामा २१ सदस्य नगर कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सम्झना मगर, सचिवमा अरुण पुलामी मगर, सह सचिवमा लिल बहादुर मगर र कोषाध्यक्षमा दिल बहादुर मगर चयन भएका छन् । यस्तै सदस्यहरुमा मेनुका मगर, खड्क मगर, मिना मगर, मोहन मगर, सुनिता मगर लगायत रहेको निर्वाचन मण्डलका अध्यक्ष डिल्ली बहादुर मगरले जानकारी दिएका छन् । नेपाल मगर संघकी केन्द्रीय उपाध्यक्ष सिता राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको संघको तेश्रो नगर अधिबेशनमा शुभकामना दिदै मगर अगुवाहरुले मगरहरुको भेषभुषा, भाषा, संस्कार, संस्कृती, धर्म र पहिचान नै लोप हुने अबस्थामा भएकाले त्यसको जगेर्नामा मगर समुदाय एकजुट भएर लागीपुर्नपर्ने धारणा राखेका थिए । उनीहरुले राज्यको नीतिनिर्माता...
बंशिलाघाटमा दुई महिनाभित्र बेलीबृज निमार्ण सम्पन्न भई यातायात संचालन हुने: मन्त्री भुपेन्द्र राई

बंशिलाघाटमा दुई महिनाभित्र बेलीबृज निमार्ण सम्पन्न भई यातायात संचालन हुने: मन्त्री भुपेन्द्र राई

लाइभ खबर, स्थानीय
  कोशी प्रदेश सरकारका भौतिक पुर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले उदयपुरको बेल्टार हुदै खोटाङ्ग जिल्ला जोड्ने बंशिलाघाटको बाटो बहुबर्षीय योजनामा निमार्ण गरिने बताएका छन् । आज बेल्टार बजारस्थित नेपाली कांग्रेस क्षेत्रिय पार्टी कार्यालयमा कांग्रेसनिकट नेता कार्याकर्ता तथा बेल्टार बजारमा रहेका ब्यापारी, सामाजिक अगुवासंगको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री राईले उदयपुर र खोटाङ्ग दुवैतर्फको प्राथकितामा राखेर काम गर्नुपर्ने र त्यसका लागि आफु लागिरहेको जानकारी दिएका छन् । यस्तै मन्त्री राईले बंशिलाघाटमा दुई महिनाभित्र बेलीबृज निमार्ण सम्पन्न भई उदयपुर र खोटाङ्ग जिल्लाबीच सिधा यातायात संचालन हुने पनि बताएका छन् । बेल्टार बजारका ब्यापारी, ब्यबसायी तथा सामाजिक अगुवाहरुले बाटो स्त्तरोन्नती तथा वेलिबृजका विषयमा जिज्ञासा राखेपछि मन्त्री राईले सो कुरा बताएका हुन् । त्यस...
अजिङ्गरेका आगलागी पीडितलाई हेर्ने युवा संस्थाको राहत सामाग्री सहयोग ।

अजिङ्गरेका आगलागी पीडितलाई हेर्ने युवा संस्थाको राहत सामाग्री सहयोग ।

मुख्य खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिकाका युवाहरुको समुह हेर्ने युवा संस्थाले आगलागी पीडितलाई राहत सामाग्री सहयोग गरेको छ । भदौ १२ गते विहिबार आगलागीबाट पीडित भएका चौदण्डीगढी नगरपालिका वडा नम्बर ३ अजिङ्गरे टोलका वल बहादुर राईको परिवारलाई खाना पकाउने ग्याँस, चुल्हो, डस्ना, पंखा लगायतका सामाग्री पीडितको घरमै पुगेर प्रदान गरेको हेर्ने युवा संस्थाका अध्यक्ष दिपक पासवानले जानकारी दिएका छन् । संस्थामा आबद्ध युवाहरुबाट रकम संकलन गरेर पीडित परिवारका लागि राहत सामाग्री खरिद गरी हस्तान्तरण गरिएको पासवानले बताएका छन् । यसअघि पनि पटक पटक आर्थिक अबस्था कमजोर रहेका विरामी, वाढीपिडित, आगलागी पीडित लगायतलाई आर्थिक सहयोग र राहत सामाग्री उपलब्ध गराउदै आएको उनले जानकारी दिएका छन् । संस्थामा चौदण्डीगढीमा बिभिन्न पेशा ब्यबसायमा संलग्न युवाहरु आबद्ध रहेको र सहअस्तित्व र साझेदारी आजको युवाको जिम्मेवारी“ भन्ने मुल ध...
इलाका प्रशासन कार्यालय माग गर्ने चौदण्डीगढी र बेलका नगरपालिकाको संयुक्त निर्णय ।

इलाका प्रशासन कार्यालय माग गर्ने चौदण्डीगढी र बेलका नगरपालिकाको संयुक्त निर्णय ।

लाइभ खबर, स्थानीय
उदयपुरको दुई पालिका चौदण्डीगढी र बेलका नगरपालिकाले संयुक्तरुपमा इलाका प्रशासन कार्यालय माग गर्ने निर्णय गरेको छ । आज चौदण्डीगढी नगरपालिकाको सभाहलमा दुवै पालिकाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थितिमा बसेको बैठकले केन्द्र सरकारसमक्ष इलाका प्रशासन कार्यालय माग गर्ने निर्णय गरेको हो । गत भदौ ९ बसेको मन्त्रिपरिषद्को बैठकले २३ वटा जिल्लामा इलाका प्रशासन कार्यालय स्थापनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को प्रशासन समितिमा पठाएको थियो । प्रशासन समितिले आवश्यक छलफल गरी इलाका प्रशासन कार्यालय स्थापनासम्बन्धी प्रस्ताव कार्यान्वयनको लागि प्रक्रिया अगाडि बढाएको बेला उदयपुरका दुई पालिकाले इलाका प्रशासन माग गर्ने निर्णय गरेको हो । गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउने उद्देश्यसहित चौदण्डीगढी र...
तेस्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको लोगो र मिति सार्वजनिक ।

तेस्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको लोगो र मिति सार्वजनिक ।

खेलकुद, मुख्य खबर, स्थानीय
उदयपुरको बेलका नगरपालिकामा आयोजना हुने तेस्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको लोगो र मिति सार्वजनिक भएको छ । बेलका नगरपालिकाको बहुचर्चित पर्यटकीय स्थल वार्ड नं. ८ स्थित बोप्ताङमा आयोजित एक कार्यक्रमकोबीच ब्रदरहुड फुटवल क्लब उदयपुरले आयोजना गर्ने तेस्रो बेलका गोल्डकप फुटबल प्रतियोगिताको लोगो र मिति नगरप्रमुख अशोक कार्कीले सार्वजनिक गरेका हुन् । आयोजक ब्रदरहुड फुटवल क्लबका अध्यक्ष रविन तामाङका अनुसार प्रतियोगिता आगामी २०८२ साल असोज २५ गतेदेखि कार्तिक १ गतेसम्म बेलका नगरपालिका वडा नम्बर ६ स्थित लेकाली खेलमैदानमा सञ्चालन हुने छ । यस्तै प्रतियोगिताको विजेता टोलीले २,२२,२२२ रुपैयाँ नगद र उपविजेता टोलीले १,११,१११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने तामाङ्गले बताएका छन् । साथै विद्यागततर्फ पनि उत्कृष्ट खेलाडीलाई विशेष सम्मान तथा आकर्षक पुरस्कार प्रदान गरिने जन...
जिम्मेबारी पुरा नगरेको भन्दै नारद आदर्श शिक्षा क्याम्पस बसहाका क्याम्पस प्रमुखको तलव भत्ता रोक्का।

जिम्मेबारी पुरा नगरेको भन्दै नारद आदर्श शिक्षा क्याम्पस बसहाका क्याम्पस प्रमुखको तलव भत्ता रोक्का।

लाइभ खबर, स्थानीय
जिम्मेबारी पुरा नगरेको भन्दै नारद आदर्श शिक्षा क्याम्पस बसहाका क्याम्पस प्रमुखको तलव भत्ता रोक्का गरिएको छ । भदौ ११ गते नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बर्खेडाँडा बसहास्थित नारद आदर्श शिक्षा क्याम्पसका क्याम्पस प्रमुख राजकुमार राईले पाईरहेको तलब भत्ता रोक्का गरिएको हो । नगर शिक्षा शाखा प्रमुख सुरज कुमार कार्कीका अनुसार बेला बेलामा क्याम्पसमा अनुपस्थित रहने, क्याम्पसको समयमा अयन्त्र ठेक्कापट्टा जस्ता कार्यमा संलग्न रहने, क्याम्पसलाई आत्मनिर्भर बनाउन विद्यार्थी संख्या बढाउने जस्ता कार्य गर्नुपर्नेमा कार्ययोजना बनाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकेको गुनासो प्राप्त भएपछि नगर प्रमुखस्तरीय निर्णय गरी क्याम्पस प्रमुखको तलव भत्ता रोक्का गरिएको जानकारी क्याम्पस ब्यबस्थापन समितिलाई पत्राचार गरी पठाईएको बताएका छन् । एत...
चौदण्डीगढीको वडा नम्बर ६ मा ऐलानी जग्गाको नापी शुरु ।

चौदण्डीगढीको वडा नम्बर ६ मा ऐलानी जग्गाको नापी शुरु ।

देश, लाइभ खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ मा भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अब्यबस्थित बसोबासीको ऐलानी जग्गाको नापी आजदेखी शुरु भएको छ । वडा नम्बर ६ को कटुन्जेमा आज आयोजित एक कार्यक्रममा नगर प्रमुख कालुमान लामाले ऐलानी जग्गाको नापी शुरु गरेका थिए । जिल्ला भुमि आयोग उदयपुरका अध्यक्ष वलबहादुर तामाङ्ग, जिल्ला समवन्य समिति उदयपुरका सदस्य मन्जु परियार, वडा अध्यक्ष अम्बर बहादुर खड्का, नगर योजना आयोगका उपाध्यक्ष किशोर ताम्राकार, , एमाले नेतृ कान्ता राई, स्थानीय राजनीतिक दलका प्रतिनीधि, सामाजिक अगुवा लगायत स्थानीय बासिन्दाको उपस्थितीमा भएको कार्यक्रममा नगर प्रमुख लामाले आफ्नै कार्यकालमा ऐलानी जग्गा नापजाँचको कार्य सकेर भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अब्यबस्थित बसोबासीको समस्या समाधान गर्ने बताएका थिए । उनले भुमिहीन दलित र भुमिहीन सुकुम्बासीलाई उनीहरुले भोगचास गरेको जग्गा दिलाउने प्रतिबद्...
पारदर्शी र सरल रूपमा सूचना उपलब्ध गराउन प्रजिअ लुइटेलको निर्देशन  ।

पारदर्शी र सरल रूपमा सूचना उपलब्ध गराउन प्रजिअ लुइटेलको निर्देशन ।

लाइभ खबर, स्थानीय
१९ औँ राष्ट्रिय सूचना दिवसको अवसरमा उदयपुरमा पनि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सूचनाको हाम्रो अधिकार, सुशासन र विकासको आधार” भन्ने मुख्य नाराका साथमा सरकारी कार्यालयका सूचना अधिकारीहरूबीच सूचनाको हक कार्यान्वयन सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । जिल्ला हुलाक कार्यालय उदयपुरको संयोजन र जिल्ला प्रशासन कार्यालय उदयपुरको समन्वयन आज सदरमुकाम गाईघाटमा सम्पन्न कार्यक्रममा दुई वटा महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिएको थियो । “सूचनाको हक, कानुनी व्यवस्था र सूचना अधिकारीको भूमिका” विषयमा सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेयले कार्यपत्र प्रस्तुत गरेका थिए भने “हुलाक सेवाको परिचय र सूचनाको हक कार्यान्वयनमा जिल्ला हुलाक कार्यालयको भूमिका” विषयमा हुलाक अधिकृत ललिता देवी खनालले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । जिल्लाका सबै सरकारी कार्यालयका सू...
लिम्चुङ्गबुङ्ग गाँउपालिकाको निर्णयमा एमाले लिम्चुङ्गबुङ्गको विमती ।

लिम्चुङ्गबुङ्ग गाँउपालिकाको निर्णयमा एमाले लिम्चुङ्गबुङ्गको विमती ।

मुख्य खबर, स्थानीय
उदयपुरको लिम्चुङ्गबुङ्ग गाँउपालिकाको प्रत्येक शुक्रवार सरकारी कर्मचारीलाई बृक्षारोपण कार्यक्रममा अनिवार्य सहभागी भई श्रमदान गर्नुपर्ने निर्णयमा एमालेले असहमति जनाएको छ । भदौ २ गते सोमबार नेकपा एमाले लिम्चुङ्गबुङ्ग गाँउपालिका अध्यक्ष ज्ञान बहादुर राईले एक विज्ञप्ती जारी गर्दै स्थानीय सरकार अन्तर्गत पालिका भित्र रहेका कार्यरत सरकारी कर्मचारीहरुलाई प्रत्येक शुक्रबार बृक्षारोपण कार्यक्रममा अनिवार्य सहभागी भई श्रमदान गर्नुपर्ने निर्णय र निर्देशनले लिम्चुङ्गबुङ्ग गाँउपालिकाको वडा कार्यालयहरु, विभिन्न शाखा र निकायहरुबाट प्रदान गरिने सेवा सुबिधाहरुमा, सेवाग्राही सर्वसाधारण जनतामा असुविधा र असर सृजना गरेको बताइएको छ । विज्ञप्तीमा श्रमदानको विषयलाई जोडेर बृक्षा रोपण अभियान शुरु गर्नु आफैमा स्वागत योग्य रहेको तर पालिकामा संचालन हुने अभियान तथा कार्यक्रमहरुले जनता र समाजप्रति प्रत्यक्ष सहयोग, स...