पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ आमसाल विजयी ।
१ फागुन २०८०, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकामा आजदेखी शुरु भएको पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ आमसालले वडा नम्बर ९ हडियालाई सडेन डेथमा पराजित गरेको छ । निर्धारित ८० मिनेटको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि खेल ट्राईबेक्ररमा पुगेको थियो । तर ट्राईबेक्ररमा पनि ४–४ गोलको बराबरी भएपछि खेलको नतिजा सडेन डेथको माध्यमबाट निर्धारण गरिएको थियो । जसमा वडा नम्बर ३ आमसालले २–१ को नतिजा निकाल्दै विजयी भएको हो । यसअघि वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा भएको खेलको आमसालका रोहन राईले खेलको ५ औ मिनेटमा आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाप १ले पछि परेको हडियाले दोश्रो हापमा पुनरागमन गर्दै बराबरी गोल फर्काएको थियो । हडियाका लागि जर्सी नम्बर २४ का निखिल चौधरीले गोल गर्दै बराबरी गरेका थिए । यस...









