चौदण्डीगढी नगरपालिकामा फागुन १ गतेदेखी मेयर कप फुटवल प्रतियोगिता संचालन हुने ।

२३ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

 

चौदण्डीगढी नगरपालिकामा आगामी फागुन १ गतेदेखी मेयर कप फुटवल प्रतियोगिता संचालन हुने भएको छ । चौदण्डीगढी नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा नगरपालिका अन्तर्गतका १० वटा वडाले मात्र सहभागी हुन पाउने आयोजकले जानकारी दिएको छ । समितिका सदस्य सचिव अनुपराज खत्रीका अनुसार टिम दर्ता माघ २५ गते विहिवार बिहान १० बजेसम्ममा गरिसक्नुपर्ने बताएका छन् । यस्तै टाईसिट भने माघ २६ गते शुक्रवार दिउँसो २ बजे सार्वजनिक गरिने र प्रतियोगिताको उद्घाटन फागुन १ गते गरिने खत्रीले जानकारी दिएका छन् । प्रतियोगिताका खेलहरु वडा नम्बर ४ बसाहास्थित नारदमुनी थुलुङ्ग रंगशालामा हुने जनाइएको छ । प्रतियोगिताको उपाधी विजेता टिमले नगद ५० हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र र उपबिजेता टिमले नगद २५ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दि म्याचले नगद एक हजार रुपैयाँ र मेडल प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।