२१ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

समुदायसंग कांग्रेस अभियान अन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि नेपाली कांग्रेसले अभियान संचालन गरेको छ । नेपाली कांग्रेस ७ नम्बर वडा कार्य समितिको आयोजनामा अभियान अन्तर्गत केन्द्रीय सदस्य शुशिला ढकाल आचार्य, जिल्ला प्रतिनीधि महासमिति सदस्य सत्य नारायण चौधरी, क्षेत्रीय सभापति खगेन्द्र राई लगायतको प्रतिनीधि मण्डलले नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख कालुमान लामालाई नगरका समस्याहरुको बारेमा अवगत गराएको छ । क्षेत्रीय सभापति राईले नगर प्रमुख लामालाई एक ध्यानाकर्षण पत्र बुझाउदै शिक्षा, स्वास्थ्य, कृषी, भौतिक पुर्वाधार लगायतको योजनाहरुको प्रगती निराशाजनक रहेको उल्लेख गर्दैै नागरिकहरुमा निराशा पैदा भै यस ब्यबस्थाप्रति नै ब्यापक जनगुनासो रहेकोले यथासिघ्र योजनाहरु संचालन गरी सम्मुनत नगर बनाई गुनासाहरुलाई आशा, बिश्वास र खुशीमा परिणत गर्न आग्रह गरेका थिए । शिक्षा क्षेत्रमा शिक्षकको अभाव हुदाँहुदै पनि नगरपालिकाले ब्यबस्था गरेको शिक्षकहरु कटौती गरेको, राजनीतिक आस्थाका कारण पुर्वाग्राही ढङ्गले सरुवा , घटुवा गर्दा शिक्षकहरुको मनोवल कमजोर हुँदा शैक्षिक गुणस्तरमा ह्रास आएको उल्लेख छ । यस्तै स्वास्थ्यतर्फ निमार्णधिन आधारभुत नगरको काम २० प्रतिशत पनि सम्पन्न नभएको, नगर अस्पतालको अब्यबस्थाका कारण सेवाग्राहीले दुःख पाएको , नगरपालिकाले खरिदगरी दिनुपर्ने औषधीहरु समयमा अस्पताल र स्वास्थ्य चौकीसम्म नपुग्दा एउटा ट्यावलेटसम्म पनि पाउने अबस्था नरहेकोले ब्यबस्थापन गर्न आग्रह गरिएको छ । त्यस्तै कृषी क्षेत्रमा नगरमा रहेको कृषी कार्यालयबाट पाउने साधारण विउविजन समेत पाउन नसकिएको, भुमीगत सिचाईको ब्यबस्था गर्नुपर्ने , कृषकहरुलाई प्रोत्साहित गरी स्वरोजगारको ब्यबस्था गर्नुपर्ने जनाएको छ भने भौतिक पुर्वाधारतर्फ नगरका बिभिन्न बाटाहरुको स्त्तोरन्नती तथा निमार्ण , पारुहाङ्ग र सेढाईबन्धु बसपार्कको निमार्ण, सिवाई बेल्हा जोड्ने त्रियुगा नदीमाथीको मोटेरेवल पक्की पुल भत्किएकोले त्यसको पुनःनिमार्णमा लाग्न पनि आग्रह गरिएको छ । यस्तै केन्द्रीय सदस्य शुशिला ढकाल आचार्यले पनि नगरका समस्याहरुको समाधाका लागि सबैलाई समेटेर अगाडी बढ्न नगर प्रमुख लामालाई आग्रह गरेकी थिईन् । प्रत्युत्तरमा नगर प्रमुख लामाले आफुले नगरको बिकास योजनाहरुको बारेमा पुर्व नगर प्रमुख खगेन्द्र राइसंग परामर्श गर्ने गरेको उल्लेख गर्दै बिकास निमार्णको बिषयमा सबैलाई एकजुट बनाएर अगाडी बढेको बताएका थिए । नेपाली कांग्रेस चौदण्डीगढीले पनि नगरको सबै वडाहरुमा केन्द्रीय कार्यक्रम अनुसार समुदायसंग कांग्रेस अभियान अन्तर्गत जनसरोकारका बिषयहरुलाई समेट्नेगरी कार्यक्रम संचालन गरिरहेको छ । माघ १६ गतेदेखी शुरु भएको कार्यक्रमको माघ २६ गते सम्पन्न हुनेछ भने त्यसबिचमा नगरपालिकामा भएका बिकास निमार्णका कार्यहरुको अनुगमन, सरकारी कार्यलयहरुको अगुगमन, नागरिकको गुनासो सुन्ने लगायतको कार्य गर्ने क्षेत्रिय सभापति खगेन्द्र राईले जानकारी दिएका छन् ।
