स्थानीय

स्थानीय युवाहरुको सकृयतामा उदयपुरको बसहामा ट्राफिक सचेतनासम्बन्धी होडिङ्ग बोर्ड निमार्ण ।

स्थानीय युवाहरुको सकृयतामा उदयपुरको बसहामा ट्राफिक सचेतनासम्बन्धी होडिङ्ग बोर्ड निमार्ण ।

देश, लाइभ खबर, स्थानीय
२८ फागुन २०८०, सन्तोष कुमार रौनियार… स्थानीय युवाहरुको सकृयतामा उदयपुरको बसहामा ट्राफिक सचेतनासम्बन्धी होडिङ्ग बोर्डका साथै सडक लेन पालना गराउन क्याट आई राखिएको छ । चौदण्डीगढी नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय बेल्टार र ट्राफिक प्रहरीको आग्रहमा बसहा बर्खेडाँडाका स्थानीय युवाहरुको सकृयतामा झण्डै एक लाख रुपैयाँको लागतमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मदन भण्डारी राजमार्ग अन्तर्गत वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी चौकमा ट्राफिक संकेतसहितको जनचेतनामुलक होडिङ्गबोर्ड राखिएको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरिक्षक ओमप्रकाश पुनले जानकारी दिएका छन् । नारदमुनी चौकमा लेन ब्यबस्थापनका लागि ६० थान क्याट आई बिछ्याइएको र ४ वटा होडिङ्गबोर्ड राखिएको स्थानीय युवा तथा सहजकर्ता सुमन राना मगरले बताएका छन् । यस अघि युवाहरुको आर्थिक सहयोगमा नारदमुनी चौक र मोति मेम...
चौदण्डीगढीमा उदयपुर जिल्ला स्तरीय ७ औं मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न।

चौदण्डीगढीमा उदयपुर जिल्ला स्तरीय ७ औं मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न।

खेलकुद, लाइभ खबर, स्थानीय
२६ फागुन २०८०, सन्तोष कुमार रौनियार… बसाहा ब्याडमिन्टन क्लबको आयोजनामा संचालित उदयपुर जिल्ला स्तरीय ७ औं मेयर कप ब्याडमिन्टन प्रतियोगिता आजबाट सम्पन्न भएको छ । मेन्स डवल्स वि डिभिजन खुल्लातर्फ बसहा ब्याडमिन्टन क्लबका प्रदिप राई र सुजल चौधरीको जोडी तथा मास्टर ९० प्लस डबल्सतर्फ सुन्दरपुर ब्याडमिन्टन क्लबका सन्तोष कटुवाल र राजेन्द्र खड्काको जोडी प्रथम भएको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसाहा चौकीडाडास्थित स्वर्गीय सनात कुमार राई कभर्ड हलमा फागुन २४ गतेदेखी संचालन भएको प्रतियोगितामा दुबै बिद्यातर्फ ३२–३२ टिमको सहभागिता रहेको थियो । आज सम्पन्न भएको फाईनल प्रतियोगितामा मेन्स डवल्स वि डिभिजन खुल्लातर्फ बसहा ब्याडमिन्टन क्लबका संजय राई र सुरज तामाङ्गको जोडीलाई १९–२१, २१–१५ र २१–१४ को सेटमा हराउदै बसहा ब्याडमिन्टन क्लबकै प्रदिप राई र सुजल चौधरीको जोडीले प्रथम स्थान ल्याएको हो । प्...
चौदण्डीगढीमा एकै दिन दुई वटा सिंचाई योजनाको शिलान्यास ।

चौदण्डीगढीमा एकै दिन दुई वटा सिंचाई योजनाको शिलान्यास ।

देश, लाइभ खबर, स्थानीय
२४ फागुन २०८०, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा एकै दिन दुई वटा सिचाई योजनाको शिलान्यास गरिएको छ । नगर प्रमुख कालुमान लामाले वडा नम्बर ४ शनिवारेस्थित एघारेघरे सिंचाई योजना र वडा नम्बर ६ केचुवास्थित केचुवा कालीपोखरी सिंचाई योजनाको शिलान्यास गरेका छन् । शनिवारेस्थित एघारेघरे सिंचाई योजनाबाट शनिवारे, जन आदर्श टोल, चरण टोल र मगर टोलका ५७ घुरधरी परिवार लाभाम्वित हुनेछन् भने ११ सय १० मिटर लामो पक्की कुलोबाट २ सय ४० रोपनी जग्गा सिंचित हुने योजनाका फोकल पर्सन जयनेन्द्र झाले जानकारी दिएका छन् । योजना स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारको २०–२० प्रतिशत तथा स्वीस सरकार विकास सहयोग नियोगको ३० प्रतिशत र स्थानीय जन सहभागिता १० प्रतिशत हुने गरी कुल २६ लाख १९ हजार ९ सय ४८ रुपैयाँ ८१ पैसाको लागतमा सम्पन्न हुने जनाईएको छ । एघारेघरे सिंचाई योजनाको सम्झौता २०८० साल पुस ४ गते भए...
बेल्टारमा बजारमा आजदेखी “बेल्टार मिनी महोत्सवको शुरु” ।

बेल्टारमा बजारमा आजदेखी “बेल्टार मिनी महोत्सवको शुरु” ।

मनोरन्जन, मुख्य खबर, स्थानीय
२३ फागुन २०८०, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको केन्द्र बेल्टारमा बजारमा आज “बेल्टार मिनी महोत्सवको उद्घाटन गरिएको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काले एक कार्यक्रमका बीच महोत्सवको उद्घाटन गरेका छन् । आजबाट सुरु भएको महोत्सव चैत ६ गते सम्म संचालन हुने बेल्टार जिम एण्ड फिटनेसका अध्यक्ष मिलन रिजालले जानकारी दिएका छन् । उनका अनुसार महोत्सव वडा नम्बर ६ स्थित बेल्टार जिम एण्ड फिटनेसको सहयोगार्थ संचालन गरिएको हो । महोत्सव संचालकले फिटनेसलाई ३ लाख रुपैयाँ सहयोग गर्ने जनाइएको छ । यसअघि आईतवार चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको नगरका प्रमुख राजनीतिक दलका प्रमुखहरुको बैठकले विरोधका बिच पनि फागुन २२ गतेदेखी १५ दिनसम्म महोत्सव संचालन गर्न दिने सर्वसम्मत निर्णय गरेको थियो । चैत्र ४ गतेदेखी बिद्यार्थीहरुको बार्षिक ...
नगरमा विकासको आधार स्तम्भ खडा गरेको:चौदण्डीगढी नगर प्रमुख कालुमान लामा

नगरमा विकासको आधार स्तम्भ खडा गरेको:चौदण्डीगढी नगर प्रमुख कालुमान लामा

देश, लाइभ खबर, स्थानीय
२३ फागुन २०८०, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले नगरमा विकासको आधार स्तम्भ खडा गरेको बताएका छन् । आज वडा नम्बर ८ सिद्धिपुरस्थित नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै नगर प्रमुख लामाले शिक्षा, स्वास्थ्य, पुर्वाधार लगायतका क्षेत्रमा नगरपालिकाले राम्रो काम गरेको जनाउदै नगरमा विकासको आधार स्तम्भ खडा गरेको बताएका हुन् । उनले संघिय सरकारले मुल्यांकन गर्ने स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन र स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्याङ्कनमा राम्रो नतिजा ल्याए वापत चौदण्डीगढी नगरपालिका जिल्ला र प्रदेश मै उत्कृष्ट नगरपालिका घोषणा भएर एक करोड रुपैयाँ अनुदान प्राप्त गर्न सफल भएको बताएका छन् । उनले नगरपालिकाले राम्रो काम गरेकैले थप अनुदान पाउन सफल भएको तर केही ब्यक्तिहरुले विरोधका लागि बिरोध गर्ने गरेको जनाउदै त्यसको कुनै तुक नरहेको बताएका छन् । उनले ...
सिवाई र बेल्हा जोड्ने भत्केको पुलसम्म पहुँच मार्ग निमार्णमा चौदण्डीगढी नगरपालिकाले आफै अग्रसरता लिने ।

सिवाई र बेल्हा जोड्ने भत्केको पुलसम्म पहुँच मार्ग निमार्णमा चौदण्डीगढी नगरपालिकाले आफै अग्रसरता लिने ।

देश, लाइभ खबर, स्थानीय
२० फागुन २०८०, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ त्रियुगा नदीस्थित सिवाई र बेल्हा जोड्ने भत्केको पुलसम्म पहुँच मार्ग निमार्णमा नगरपालिकाले आफै अग्रसरता लिने भएको छ । बेल्टार बजारस्थित नगर प्रमुख कालुमान लामाको कार्य कक्षमा लामाको अध्यक्षतामा बसेको वडा अध्यक्षहरु, पुर्व जनप्रतिनीधि ,नगरमा क्रियाशिल राजनीतिक दलका प्रमुख र केही अगुवा सामाजिक ब्यक्तिहरुको उपस्थितीमा बैठकले केही बर्षदेखी सिवाई बेल्हा जोड्ने त्रियुगा नदीको भत्केको पुलको सन्दर्भमा संघीय सरकार र सरोकारवाला निकायमा वारम्वार डेलिकेशन जाँदा पनि कुनै निकायले चासो नदिदा नगरको ठुलो बस्तीमा बर्षायाममा अति नै कठिनाई भएको र बारम्बार स्थानीय सरकारमा जनताहरुको समुह डेलिकेशन आईरहेको जनाउदै यस बिषयमा नगरपालिकाले एक पल्ट लिखितरुपमा संघिय मन्त्रालयमा पुल निमार्णको लागि अनुरोध गर्ने निर्णय गरेको छ । साथै यदी स...
त्रियुगा नदीमा निमार्णधिन हडिया र देवधार जोड्ने पुलको काम फेरी सुचारु ।

त्रियुगा नदीमा निमार्णधिन हडिया र देवधार जोड्ने पुलको काम फेरी सुचारु ।

देश, मुख्य खबर, स्थानीय
१९ फागुन २०८०, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १० स्थित त्रियुगा नदीमा निमार्णधिन हडिया र देवधार जोड्ने पुलको काम फेरी सुचारु भएको छ । नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति तथा चौदण्डीगढी नगरपालिकाकापुर्व मेयर खगेन्द्र राईले आज पुजाआजा गरी बिधिपुर्वक काम सुचारु गराएका छन् । गत महिना माघ ८ गते नेपाली कांग्रेसका वडा सभापति खड्क राउतले पुजाआजा गरी पुलको शिलान्यास गरेका थिए । तर वेल फाउण्डेशनको मेशिनले पुलको पिलरका लागि जग खन्ने क्रममा रुखको ठुला जराहरु भेटिएकोले जग खन्न समस्या भएपछि केही समयदेखी जग खन्ने काम रोकिएको थियो ।   ठेकेदारले पाईलिङ्ग प्रबिधिले पुलको जग खन्ने मेशिन ल्याएपछि आज क्षेत्रिय सभापति खगेन्द्र राईले सो काम सुचारु गराएका हुन् । काम सुचारु गराउदै क्षेत्रिय सभापति राईले नगरको लागि पुल अत्यन्त महत्वको रहेकोले कुनै पनि बाह...
भुपु सैनिक अंग्रेजी स्कुलले मनायो २५ औं बिद्यालय बार्षिक जन्मोत्सव ।

भुपु सैनिक अंग्रेजी स्कुलले मनायो २५ औं बिद्यालय बार्षिक जन्मोत्सव ।

मनोरन्जन, लाइभ खबर, स्थानीय
१८ फागुन २०८०, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा संचालित भुपु सैनिक अंग्रेजी स्कुलले आज आफ्नो २५ औं बिद्यालय बार्षिक जन्मोत्सव तथा अभिभावक दिवस धुमधामसंग मनाएको छ । नगर प्रमुख कालुमान लामाको प्रमुख आतिथ्यितामा कार्यक्रम भएको थियो । कार्यक्रममा स्कुलको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्कुलका प्रिन्सिपल प्रिया राई कटुवालले न्युन शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु बिद्यालयको उदेश्य रहेको बताएकी छिन् । उनले बिद्यालयको भावी योजना बारे जानकारी दिदै बिद्यालयको भौतिक संरचना सुधार गर्ने जनाएकी छिन् । बिद्यार्थीका लागि ब्यबस्थित लाईब्रेरी हल निमार्ण, बिद्यालय बसका लागि भारतीय राजदुतावाससंग पहल गर्ने उनको भनाई छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख कालुमान लामाले नगरको शैक्षिक अबस्था सुधारको लागि निरन्तररुपमा छलफल गरिरहेको बताउदै संस्थागत बिद्य...
नारद आदर्श मावि बसहाको सुस्त श्रवण बिद्यार्थीहरुको भान्साघर मर्मतमा बेलायती संस्थाको सहयोग ।

नारद आदर्श मावि बसहाको सुस्त श्रवण बिद्यार्थीहरुको भान्साघर मर्मतमा बेलायती संस्थाको सहयोग ।

मुख्य खबर, स्थानीय
११ फागुन २०८०, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसहा बर्खेडाडास्थित नारद आदर्श माध्यमिक बिद्यालयमा संचालित सुस्त श्रवण तथा बहिरा कक्षामा अध्ययरत बिद्यार्थीहरुको लागि भान्सा घर मर्मत सम्भारमा बेलायतमा रहेको नेपालीहरुको संस्था क्याम्बली नेपाली महिला समाजले आर्थिक सहयोग गरेको छ । क्याम्बली नेपाली महिला समाजको तर्फबाट संस्थाकी अध्यक्ष रहेकी समाजसेवी तथा नारद आदर्श माध्यमिक बिद्यालयका संस्थापक नारदमुनी थुलुङ्गका नातिनी रोजी थुलुङ्ग साम्पाङ्गले आज एक कार्यक्रमको बिच बिद्यालयका प्रधानाध्यपक कविराज तामाङ्गलाई एक लाख रुपैयाँ नगद उपलब्ध गराएकी छिन् । आजै समाजका अध्यक्ष रोजी थुलुङ्ग साम्पाङ्गले भान्साघरको मर्मत कार्यको शुभारम्भ गरेकी छिन् । रकम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी रोजी थुलुङ्ग साम्पाङ्गले गत बर्ष आफुले यस बिद्यालयको भ्रमण गर्दा धेरै आधा...
चौदण्डीगढीमा राष्ट्रिय अभियान अन्तर्गत फागुन १३ गतेदेखी दादुरा–रुबेला बिरुद्धको खोप अभियान संचालन हुदै ।

चौदण्डीगढीमा राष्ट्रिय अभियान अन्तर्गत फागुन १३ गतेदेखी दादुरा–रुबेला बिरुद्धको खोप अभियान संचालन हुदै ।

लाइभ खबर, स्थानीय
११ फागुन २०८०, सन्तोष कुमार रौनियार… नेपाल सरकारको राष्ट्रब्यापी कार्यक्रम दादुरा रुवेला बिरुद्धको खोप अभियान उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि फागुन १३ गतेदेखी १८ गतेसम्म संचालन हुने भएको छ । राष्ट्रिय अभियान अन्तर्गत देशैभरको सबै पालिकामा दादुरा–रुबेला बिरुद्धको राष्ट्रिय खोप अभियान फागुन १३ गतेदेखि सुरु हुने भएको छ । चौदण्डीगढी नगरपालिकाको स्वास्थ्य शाखाले हिजो बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा नगरपालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर अभियान सम्बन्धि जानकारी दिएको छ । कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख श्रीकान्त चौधरीले दक्षिणपूर्वी एशियाबाट दादुरा रुवेला निवारण गर्ने लक्ष्य अनुरुप नेपाल सरकारले पनि प्रतिबद्धता जनाएको उल्लेख गर्दै नियमित खोपमार्फत सबै बालबालिकाहरुलाई ९ महिनामा पहिलो मात्रा र १५ महिनामा दोश्रो मात्रा दादुरा रुवेलाको खोप प्रदान...