चौदण्डीगढी नगर शिक्षा शाखाको प्रयासमा संस्थागत बोडिङ्ग स्कुलमा अध्ययनरत ५ सय २२ जना बिद्यार्थीलाई पुर्ण छात्रबृती ।
चौदण्डीगढी नगर शिक्षा शाखाको प्रयासमा संस्थागत बोडिङ्ग स्कुलमा अध्ययनरत ५ सय २२ जना बिद्यार्थीले पुर्ण छात्रबृती पाएका छन् । नगरको शिक्षा स्थितीलाई ब्यबस्थित गर्न योजनाबद्धरुपमा कार्य गरिरहेको चौदण्डीगढी नगर शिक्षा, युवा तथा खेलकुद शाखाले संस्थागत बिद्यालयहरुले प्रदान गर्ने गरेको छात्रवृतीलाई पारदर्शी बनाउदै ५ सय २२ जना बिद्यार्थीलाई सत प्रतिशत छात्रबृती दिलाउन सफल भएको हो । यस अघि संस्थागत बिद्यालयहरुले मनोमानीढंगबाट प्रदान गर्ने गरेको छात्रबृतीलाई नगर शिक्षा शाखाले ब्यबस्थित गरेको हो ।
नगर शिक्षा शाखा र संस्थागत बिद्यालय संचालकबीच भएको सहमति अनुसार १० प्रतिशत पुर्ण छात्रबृती दिने सम्झदारी अनुसार शैक्षिक शत्र २०८२ का लागि संस्थागत बोडिङ्ग स्कुलमा अध्ययनरत ५ सय २२ जना बिद्यार्थीले पुर्ण छात्रबृती पाएको नगर शिक्षा शाखाका शिक्षा अधिकृत सुरज कार्कीले जानकारी दिएका छन् । यस बाहेक बार्षिक प...








