Author: सन्तोष कुमार रौनियार

नेकपा एमाले चौदण्डीगढीमा  प्रदेश प्रतिनीधिका लागि ७ जना आकांक्षी ।

नेकपा एमाले चौदण्डीगढीमा प्रदेश प्रतिनीधिका लागि ७ जना आकांक्षी ।

मुख्य खबर, स्थानीय
नेकपा एमाले कोशी प्रदेश कमिटीको आगामी असोज १२ र १३ गते हुने कोशी प्रदेश अबिधेशनका लागि प्रतिनीधि छनौटका लागि आज मनोनयन गरिएको छ । पार्टीको कोशी प्रदेश कार्यालयले गत भदौ ११ गते पठाएको अन्तर पार्टी निर्देशिका अनुसार आज उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि प्रदेश प्रतिनीधिका आकांक्षीहरुले मनोनयन दर्ता गराएका छन् । पार्टीले पठाएको अन्तर पार्टी निर्देशिका अनुसार तोकिएको पालिका निर्वाचन ईकाईका आधारमा पार्टी सदस्य संख्या एक हजारसम्मका लागि प्रत्येक एक सय जना पार्टी सदस्य बराबर १ जना प्रतिनीधि निर्वाचन गर्ने र त्यसरी निर्वाचन गर्दा ५० वा सो भन्दा बढी शेष रहेको अबस्थामा त्यस्तो ईकाईमा थप १ जना निर्वाचित गर्न सकिने र यस्तै निर्वाचित हुने प्रतिनीधिको संख्याको न्युन्तम एक तिहाई सदस्य महिला प्रतिनीधि हुनुपर्ने प्रावधान छ । चौदण्डीगढी नगरपालिकामा नेकपा एमालेमा संगठित सदस्यको संख्या ३ सय ३३ जना रहे...
प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगिताको उपाधी उदयपुरको गाइघाट फुटबल क्लबलाई ।

प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगिताको उपाधी उदयपुरको गाइघाट फुटबल क्लबलाई ।

खेलकुद, मुख्य खबर, स्थानीय
प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगिताको उपाधी उदयपुरको गाइघाट फुटबल क्लबले जितेको छ । भदौ २३ गतेदेखी उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टार बजारस्थित स्थित रामप्रसाद राई रंगशालामा जारी प्रतियोगिता अन्तर्गत आज सम्पन्न भएको फाईनल खेलमा पेनाल्टी सुटआउटमा ३ का विरुद्ध ४ गोल गर्दै सुनसरीको तालतलैया फुटबल क्लबलाई पराजित गरी गाइघाट फुटवल क्बलले उपाधी चुमेको छ । अत्यन्त प्रतिस्पर्धात्मक खेलको पहिलो हाप गोलरहित बराबरीमा सकिएको थियो भने खेलको दोश्रो हाफमा दुवै टिमले आक्रमक खेल प्रस्तुत गरेका थिए । खेलको ४५औं मिनेटमा गाइघाट फुटबल क्लबका जर्सी नम्बर २३ का खेलाडी योन्जन हमालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेको तालतलैयाले त्यसपछि सुधारिएको खेल प्रदर्शन गर्दै खेलको ५९औं मिनेटमा गोल फर्काउन सफल भएको थियो । तालतलैया फुटबल क्लबका जर्सी नम्बर ८ का खेलाडी उमेश कार्कीले गो...
चौदण्डगढी नगरपालिकामा गत आर्थिक बर्षमा सामाजिक सुरक्षा भत्ताको नाममा करिब २३ करोड ५० लाख रुपैयाँ भित्रियो ।

चौदण्डगढी नगरपालिकामा गत आर्थिक बर्षमा सामाजिक सुरक्षा भत्ताको नाममा करिब २३ करोड ५० लाख रुपैयाँ भित्रियो ।

देश, लाइभ खबर, स्थानीय
उदयपुरको चौदण्डगढी नगरपालिकामा गत आर्थिक बर्ष २०७९/०८० मा सामाजिक सुरक्षा भत्ताको नाममा करिब २३ करोड ५० लाख रुपैयाँ रकम भित्रिएको छ । पंजिकरण शाखाका अनुसार नगरमा गत आर्थिक बर्षमा ६ हजार ३ सय २७ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । नगरमा अन्य जेष्ठ नागरिक भत्ता प्राप्त गर्नेको संख्या ३ हजार ६ सय ७४ जना, दलित जेष्ठ नागरिक भत्ता प्राप्त गर्नेको संख्या ३ सय ३७ जना, जेष्ठ नागरिक एकल महिलाको संख्या ४३७ जना, बिधुवाको संख्या ७३१ जना, पूर्ण अपाङ्गता भएका १५६ जना, त्यस्तै अति अशक्त अपाङ्गता भएको संख्या ३५१ जना र दलित बालबालिका पोषण भत्ता पाउनेको संख्या ६४१ जना रहेको छ । आई एम एस शाखाका फिल्ड सहायक राधेश्याम आचार्यका अनुसार उनीहरुले गत आर्थिक बर्षमा २३ करोड ४८ लाख ४० हजार ७ सय ४३ रुपैयाँ नगद पाएका छन् । यसअघि चौमासिकरुपमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने गरिएको भएता पनि सरकारले गत आर्थिक...
आयोजक बेल्टार एकता युवा क्लबलाई २–१ गोल अन्तरले पराजित ।

आयोजक बेल्टार एकता युवा क्लबलाई २–१ गोल अन्तरले पराजित ।

खेलकुद, मुख्य खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा जारी प्रथम दिप्शन मगर खुल्ला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत आज भएको दोश्रो सेमिफाईनल खेलमा उदयपुरको गाईघाट फुटवल क्लबले आयोजक बेल्टार एकता युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको १६ औ मिनेटमा डिबक्स एरियाभित्र गाईघाट फुटवल क्लबका जर्सी नम्बर ७ का खेलाडी बिशाल चौधरीले हानेको वललाई बेल्टारका जर्सी नम्बर ३ का खेलाडी संजय प्रधानले किल्यर गर्ने क्रममा गोल रक्षकलाई छुदै आफ्नै पोष्टमा अन गोल भएको थियो । यस्को २ मिनेटपछि नै गाईघाटका जर्सी नम्बर १७ का खेलाडी योन्जन हमालले उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । तर पहिलो हापको अतिरिक्त समयमा गाईघाटका क्याप्टेन जर्सी नम्बर ३२ का रुपक फुयँलले फवल खेलेपछि बेल्टारले पेनाल्टी पाएको थियो । त्यसलाई सदुपयोग गर्दै बेल्टारका जर्सी नम्बर ७ ...
चौदण्डीगढीमा लैङ्गिक हिंसा रोकथामका लागि समिक्षात्मक कार्यक्रम सम्पन्न ।

चौदण्डीगढीमा लैङ्गिक हिंसा रोकथामका लागि समिक्षात्मक कार्यक्रम सम्पन्न ।

देश, लाइभ खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिकामा लैङ्गिक हिंसा रोकथामका लागि समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ । आज बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा बसेको स्थानीय सरकार तथा सरोकारवाहरुसंगको समन्वय बैठकले लैङ्गिक हिंसा रोकथामका बिषयमा नगरमा जारी गतिबिधीको बारेमा छलफल भएको हो । साझा सवालका लागि साझा मञ्च (कोकन) नेपाल विराटनगरकी अध्यक्ष मन्जिता उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न गतिबिधी मार्फत किशोर, किशोरी तथा अन्य ब्यक्तिहरुमा जागरुकता ल्याउन गरेको कार्यबारे अनुभव साटासाट गरिएको थियो । संस्थाले नगरको किशोर किशोरी केन्द्रित वडा नम्बर १, ५, ६, ८ र ९ को बिभिन्न बिद्यालयमा १६ हप्ते रुपान्तरण कार्यक्रम संचालन गरेको छ भने वडा नम्बर ८ र ९ मा जोडी कार्यक्रम संचालन गरिरहेको संस्थामा सामुदायिक फिल्ड स्वंमसेवक अपार ओझाले जानकारी दिएका छन् । संस्थाले वडा नम्बर १ को कटहरेस्थित शारदा मावीका २०...
चौदण्डीगढी नगरपालिकाको वडा नम्बर २ ले टोल बिकास समितिहरुलाई अधिकार सम्पन्न बनाउने ।

चौदण्डीगढी नगरपालिकाको वडा नम्बर २ ले टोल बिकास समितिहरुलाई अधिकार सम्पन्न बनाउने ।

देश, लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाको वडा नम्बर २ ले वडामा रहेका टोल बिकास समितिहरुलाई अधिकार सम्पन्न बनाउन लागेको छ । वडा कार्यालयले सिफारिस गर्ने ब्यक्तिगत घटना दर्ता, नागरिकताको सिफारिस लगायतका कार्यमा टोल बिकास समितिको सिफारिसलाई अनिवार्य बनाउन लागेको छ । वडा अध्यक्ष हरि बहादुर खड्काका अनुसार वडाले यसअघि सिधै वडाबासीको आग्रहमा गरिरहेको सिफारिसहरु अबदेखी सम्बन्धित टोल बिकास समितिले सिफारिस गरेपछि मात्र गरिने जनाएका छन् । वडा अध्यक्ष खड्काले टोल बिकास समितिहरुलाई पनि जिम्मेवार बनाउनुका साथै अधिकार सम्पन्न बनाउन यस्तो निर्णय गरिएको बताएका छन् । उनले सबै वडाबासीहरुसंग दोहोरो परिचय हुन नसकिने र नागरिकता, जन्म, मृत्यु , विवाह लगायतका घटनाहरुको सिफारिसमा परिचय खुल्न आबश्यक हुने भएकोले टोल बिकास समितिको सिफारिसलाई अनिवार्य गर्दा गलत पर्ने सम्भावना कम हुने बताए । टोल बिकास समितिहरुलाई क्रियाशिल बनाई वडा कार्य...
अव्यवस्थित रूपमा फोहोर नफाल्न बिभिन टोल बिकास समितिहरुद्वारा वडा कार्यालयको ध्यानाकर्षण ।

अव्यवस्थित रूपमा फोहोर नफाल्न बिभिन टोल बिकास समितिहरुद्वारा वडा कार्यालयको ध्यानाकर्षण ।

मुख्य खबर, स्थानीय
अव्यवस्थित रूपमा फालिदै आएको फोहोरलाई बैज्ञानिक ढङ्गबाट दीर्घकालीनरुपमा ब्यबस्थापन गर्नुपर्ने माग गर्दै उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का टोल बिकास समितिहरुले वडा कार्यालयको ध्यानाकर्षण गरेको छ । आज एक ज्ञापनपत्र बुझाउदै समाबेशी, जनजागृती, पारिजात, वगरकोट, पुलचौक , औतारीथान र ज्योती नमुना टोल बिकास समितिका पदाधिकारीहरुले वडा अध्यक्ष अम्बर बहादुर खड्कालाई सिवार्नीस्थित वडा कार्यालयमा भेटेर ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले बेल्टार बजार क्षेत्रबाट निस्किने फोहर बजारनजिकैको आँपखहरे सामुदायिक वन उपभोक्ता समितिको जंगलनजिक फ्याक्नाले तथा जलाउनाले उक्त फोहरबाट निस्किएको दुर्गन्ध र धुवाँले बजार क्षेत्रका टोलहरु वगरकोट, पुलचौक, ओमशान्ति लाईन, मदन चौक , कल्याण चौक लगायत बजार क्षेत्रका बासिन्दामा गम्भिर असर परिरहेको बताउदै बिषेशगरी ज्येष्ट नागरिक, वालवालिका, गर्वभती महिला, मुटुरोगी लग...
उद्घाटन खेलमा सुन्सरीको तालतलैया फुटवल क्लब बिजयी ।

उद्घाटन खेलमा सुन्सरीको तालतलैया फुटवल क्लब बिजयी ।

खेलकुद, लाइभ खबर, स्थानीय
आजबाट उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद राप्रसाद राई रंगशालामा संचालन भएको प्रथम दिप्शन मगर खुल्ला नकआउट फुटवल प्रतियोगिताको उद्घाटन खेलमा सुन्सरीको तालतलैया फुटवल क्लब बिजयी भएको छ । बिपक्षी उदयपुर गाईघाटको फ्युजन फुटबल क्लव बोक्सेलाई ३ –१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको सुरुवात देखीनै राम्रो लय र टिम स्प्रीटको साथमा खेलेको तालतलैयाले गोल गर्ने अवसरहरु सृजना गर्दै उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । पानी परेर चिप्लो भएको खेल मैदानमा खेलाडीहरुलाई खेल्न केही अप्ठ्यारो भए पनि दुवै टिमले प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेका थिए । पहिलो हापको २५ औं मिनेटमा डिबक्स एरियाभन्दा केही मिटर बाहिर बाट तालतलैयाका जर्सी नं. ८ का खेलाडीले गरेको प्रहारलाइ हेड मार्फत गोल गर्दै तालतलैया फुटबल क्लवका जर्सी नं. ६ का रमेश राजबंसीले आफ्नो टीमलाई सुरुवाती अग्रता दिलाएक...
बसाहा क्लवको अध्यक्षमा गौतम राई सर्वसम्मत चयन ।

बसाहा क्लवको अध्यक्षमा गौतम राई सर्वसम्मत चयन ।

खेलकुद, मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाको बसहास्थित बसाहा क्लवका अध्यक्ष शेर बहादुर मगरले घरायसी कारणले क्लवमा समय दिन असमर्थ भएको भन्दै राजिना दिएपछि गौतम राईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । आज नारदमुनि रङ्गशाला बर्खेडाडाँमा नगर खेलकुद बिकास समितिका अध्यक्ष नन्दु मगर, वडा नम्बर ४ वडा नम्बर अध्यक्ष लुंगराज राई, क्लबका पुर्व अध्यक्ष शेखर राई लगायतको उपस्थितीमा भएको भेलाले गौतम राईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतीमा चयन गरेको हो । क्लवको अध्यक्षमा गौतम राई, उपाध्यक्षद्वयमा धनबहादुर कार्की र चन्द्र पुलामी, कोषाध्यक्षमा केशर कुमारी राई, सचिवमा लाखमान राई र सह–सचिवमा छत्र मगर चयन भएका छन् । यस्तै सदस्यहरुमा दत्त कुमारी राई, रेवन्ती राई, कुमारी राई, सविन कार्की, मोहन निरौला, तेन्जु राई र अग्निराज राईलाई चयन गरिएको छ । त्यस्तै शेखर राई, निवर्तमान अध्यक्ष शेर बहादुर मग...
नगरलाई बेल्टार बजारको फोहर ब्यबस्थापन गर्न माओवादीको ज्ञापन पत्र ।

नगरलाई बेल्टार बजारको फोहर ब्यबस्थापन गर्न माओवादीको ज्ञापन पत्र ।

बिबिध, मुख्य खबर, स्थानीय
चौदण्डिगढी नगर को बजार क्षेत्र र आसपास को टोलहरु बाट दिनहुँ निस्किने फोहरको थुप्रोहरु अव्यवस्थित तवरले वार्ड न ६ को आँप खहरे सामुदायिक बन क्षेत्रमा नगरपालिकाले फ्याक्ने तथा फोहर डढाउनाले त्यहाँ बाट निस्किने धुवाँले वायु प्रदुषणसंगै बेल्टार बजारक्षेत्रका बजारबासी पिडित भएका छन् । दीर्घ रोघी बालबालिका,जेष्ठ नागरिक,गर्भबती महिलाहरुमा त्यस्को प्रत्यक्ष असर परिरहेको छ भने खुल्ला स्थानमा रहेको डम्पिङ साईटका कारण वरिपरीका किसानको पशुचौपाया पनि मरेका छन् । यसै बिषयमा माओवादी केन्द्र चौ न पा ६ वार्ड कमिटिले नगर प्रमुख कालुमान लामालाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझदै नगर प्रमुख लामाले यस अघि निर्माण भएको वडा नम्बर ९ ज्यामिरेस्थित डम्पििङ्ग साईटमा फोहर बिसर्जन गर्न लगाउदा स्थानीयले बिरोध गर्दा अप्ठ्यारो परेको बताएका थिए ।उनले बजारबाट निस्कासन हुने फोहरको ब्यबस्थापन गर्ने सबैको जिम्मेवारी भए...