Author: सन्तोष कुमार रौनियार

मेयर कप फुटवल प्रतियोगितामा वडा नम्बर ६ सिर्वानी विजयी ।

मेयर कप फुटवल प्रतियोगितामा वडा नम्बर ६ सिर्वानी विजयी ।

खेलकुद, मुख्य खबर, स्थानीय
२ फागुन २०८०, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा हिजोदेखी शुरु भएको पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर ६ सिर्वानीले वडा नम्बर ५ सुन्दरपुरलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै दोश्रो चरणमा प्रबेश गरेको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा आज भएको खेलमा सिर्वानीका जर्सी नम्बर १४ का खेलाडी सन्तराज राईले खेलको ७२ औं मिनेटमा गरेको गोल नै निर्णयक भएपछि सिर्वानी विजयी भएको हो । प्रतिस्पर्धात्मक रहेको आजको खेलमा पहिलो हापमा दुवै टिमले गोल गर्न सकेनन् भने खेलको दोश्रो हापको ७२ औं मिनेटमा सन्तराज राईले सिर्वानीका लागि गोल गर्दै अग्रता दिलाएका थिए । निर्धारित ८० मिनेटमा खेलमा त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि सिर्वानी १–० गोल अन्तरले विजयी भएको खेलका रेफ्री अमर राईले जानकारी दिएका छन् । आजको खेलको म्यान ...
पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ आमसाल विजयी ।

पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ आमसाल विजयी ।

खेलकुद, मुख्य खबर, स्थानीय
१ फागुन २०८०, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा आजदेखी शुरु भएको पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ आमसालले वडा नम्बर ९ हडियालाई सडेन डेथमा पराजित गरेको छ । निर्धारित ८० मिनेटको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि खेल ट्राईबेक्ररमा पुगेको थियो । तर ट्राईबेक्ररमा पनि ४–४ गोलको बराबरी भएपछि खेलको नतिजा सडेन डेथको माध्यमबाट निर्धारण गरिएको थियो । जसमा वडा नम्बर ३ आमसालले २–१ को नतिजा निकाल्दै विजयी भएको हो । यसअघि वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा भएको खेलको आमसालका रोहन राईले खेलको ५ औ मिनेटमा आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाप १ले पछि परेको हडियाले दोश्रो हापमा पुनरागमन गर्दै बराबरी गोल फर्काएको थियो । हडियाका लागि जर्सी नम्बर २४ का निखिल चौधरीले गोल गर्दै बराबरी गरेका थिए । यस...
चौदण्डीगढी नगरपालिकाद्वारा बेरोजगार ब्यक्तिहरुलाई सुचिकृत हुनका लागि आग्रह ।

चौदण्डीगढी नगरपालिकाद्वारा बेरोजगार ब्यक्तिहरुलाई सुचिकृत हुनका लागि आग्रह ।

बिबिध, लाइभ खबर, स्थानीय
१ फागुन २०८०, सन्तोष कुमार रौनियार... उदयपुरको चौदण्डीगढी नगरपालिकाले आजदेखी बेरोजगार ब्यक्तिहरुलाई सुचिकृत हुनका लागि आग्रह गरेको छ । नगरपालिकाले हिजो एक सुचना जारी गर्दै रोजगारीको हक सम्बन्धी ऐन २०७५ को दफा ११, रोजगारीको हक सम्बन्धी नियमावली २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका २०७५ को दफा १८ बमोजिम आर्थिक बर्ष २०८१÷८२ मा चौदण्डीगढी नगरपालिका मातहत रहेको सेवा रोजगार केन्द्रको समन्वयमा प्रदान गरिने न्युनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास तथा मर्मतका काममा योगदान गर्न ईच्छुक १८ बर्षदेखी ५९ बर्षसम्मका मापदण्ड पुगेका बेरोजगार ब्यक्तिहरुलाई २०८० साल फागुन १ गतेदेखी फागुन मसान्तभित्र आफुले स्थायी बसोबास गरेको वडा कार्यालयमा सुचिकृत हुन आग्रह गरेको छ । निवेदनको ढाँचा, अनुसुची –१ फारम नगरपालिकाको वेबसाईट www.chaudandigadhimun.gov.np  तथा प्रत्येक वडा क...
चौदण्डीगढीमा हुने पाँचौ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक ।

चौदण्डीगढीमा हुने पाँचौ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक ।

खेलकुद, लाइभ खबर, स्थानीय
२६ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… आगामी फागुन १ गतेबाट चौदण्डीगढी नगरपालिकामा सुरु हुने पाँचौ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आज चौदण्डीगढी नगरपालिका नगर युवा तथा खेलकुद विकास समितिले खेल तालिका सार्वजनिक गर्दै पाँचौ संस्करणको मेयर कप फुटबल बारे जानकारी दिएको हो। चौदण्डीगढी नगरपालिकाको संयोजन तथा चौदण्डीगढी नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताका लागि वडा अध्यक्षहरु, समितिका पदाधिकारीहरु तथा वडा खेलकुदका अध्यक्ष र पदाधिकारीहरुको उपस्थितीमा खेलकुद विकास समितिको कार्यालय बेल्टारमा गोलाप्रथाबाट समुह चयन गरिएको नगर युवा तथा खेलकुद विकास समितिका सदस्य सचिव अनुपराज खत्रीले जानकारी दिएका छन् ।  गोलाप्रथाबाट समुह ए र समुह बी गरी दुई समुहमा नगरका दश वटै वडाका टिमलाई बिभाजन गरिएको छ । समुह ए मा वडा नम्बर ९, ३ , ८ र १० ...
चौदण्डीगढी नगरपालिकामा फागुन १ गतेदेखी मेयर कप फुटवल प्रतियोगिता संचालन हुने ।

चौदण्डीगढी नगरपालिकामा फागुन १ गतेदेखी मेयर कप फुटवल प्रतियोगिता संचालन हुने ।

खेलकुद, स्थानीय
२३ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…   चौदण्डीगढी नगरपालिकामा आगामी फागुन १ गतेदेखी मेयर कप फुटवल प्रतियोगिता संचालन हुने भएको छ । चौदण्डीगढी नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा नगरपालिका अन्तर्गतका १० वटा वडाले मात्र सहभागी हुन पाउने आयोजकले जानकारी दिएको छ । समितिका सदस्य सचिव अनुपराज खत्रीका अनुसार टिम दर्ता माघ २५ गते विहिवार बिहान १० बजेसम्ममा गरिसक्नुपर्ने बताएका छन् । यस्तै टाईसिट भने माघ २६ गते शुक्रवार दिउँसो २ बजे सार्वजनिक गरिने र प्रतियोगिताको उद्घाटन फागुन १ गते गरिने खत्रीले जानकारी दिएका छन् । प्रतियोगिताका खेलहरु वडा नम्बर ४ बसाहास्थित नारदमुनी थुलुङ्ग रंगशालामा हुने जनाइएको छ । प्रतियोगिताको उपाधी विजेता टिमले नगद ५० हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र र उपबिजेता टिमले नगद २५ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त ग...
बिष्णु मेडिकल हल बेल्टारमा भोली एकदिने स्वास्थ्य शिविर संचालन हुने ।

बिष्णु मेडिकल हल बेल्टारमा भोली एकदिने स्वास्थ्य शिविर संचालन हुने ।

बिबिध, स्थानीय
२२ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…   उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा भोली मंगलवार एकदिने स्वास्थ्य शिविर संचालन हुने भएको छ । बिष्णु मेडिकल हलको आयोजना तथा युनिभर्सल युथ ग्रुप संस्थाको प्राबिधिक सहयोगमा बेल्टार बजारस्थित बिष्णु मेडिकल हलमा पाईल्स तथा फिस्टुला, मलद्वार चिलाउने, मलद्वारबाट पिप र रगत आउने , मासु पलाएको, पलाएको मासु क्यान्सर हो की होईन भनी पहचान गर्ने तथा शरिरमा निस्किएको गाठागुठी आदिको निःशुल्क चेकजाँच गरिने आयोजकले जानकारी दिएको छ । रोग पहिचान गरी उपचार गर्नुपरेमा ५० प्रतिशत छुटमा विना अपरेशन उपचार गर्न सकिने बिष्णु मेडिकल हलका प्रोप्राईटर बिष्णु यादवले जानकारी दिएका छन् । जनरल सर्जन डा. प्रदिप कुमार यादव नेतृत्वको टोलीले विरामीको उपचार गर्ने जनाइएको छ भने शिविर बिहान ९ बजेदेखी शुरु हुने आयोजकले बताएको छ ।...
नगरका समस्याहरुको बारेमा नेपाली कांग्रेसद्वारा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुखको ध्यानाकार्षण ।

नगरका समस्याहरुको बारेमा नेपाली कांग्रेसद्वारा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुखको ध्यानाकार्षण ।

लाइभ खबर, स्थानीय
२१ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… समुदायसंग कांग्रेस अभियान अन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि नेपाली कांग्रेसले अभियान संचालन गरेको छ । नेपाली कांग्रेस ७ नम्बर वडा कार्य समितिको आयोजनामा अभियान अन्तर्गत केन्द्रीय सदस्य शुशिला ढकाल आचार्य, जिल्ला प्रतिनीधि महासमिति सदस्य सत्य नारायण चौधरी, क्षेत्रीय सभापति खगेन्द्र राई लगायतको प्रतिनीधि मण्डलले नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख कालुमान लामालाई नगरका समस्याहरुको बारेमा अवगत गराएको छ । क्षेत्रीय सभापति राईले नगर प्रमुख लामालाई एक ध्यानाकर्षण पत्र बुझाउदै शिक्षा, स्वास्थ्य, कृषी, भौतिक पुर्वाधार लगायतको योजनाहरुको प्रगती निराशाजनक रहेको उल्लेख गर्दैै नागरिकहरुमा निराशा पैदा भै यस ब्यबस्थाप्रति नै ब्यापक जनगुनासो रहेकोले यथासिघ्र योजनाहरु संचालन गरी सम्मुनत नगर बनाई गुनासाहरुलाई आशा, बिश्वास...
पारुहाङ्ग एकेडेमीले मनायो आफ्नो २० औं बार्षिक उत्सव तथा अभिभावक दिवस ।

पारुहाङ्ग एकेडेमीले मनायो आफ्नो २० औं बार्षिक उत्सव तथा अभिभावक दिवस ।

बिबिध, लाइभ खबर, स्थानीय
२१ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… पारुहाङ्ग एकेडेमीले हिजो आफ्नो २० औं बार्षिक उत्सव तथा अभिभावक दिवस भब्यरुपले मनाएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टार बजारस्थित पारुहाङ्ग एकेडेमीले आफ्नै बिद्यालय प्रांगणमा एक कार्यक्रमको आयोजनागरी २० औं बार्षिक उत्सव मनाएको हो । बि.सं. २०६० सालमा स्थापना भएको बिद्यालयले अहिले कक्षा १० सम्मको पठनपाठन गराईरहेको छ । बिद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै बिद्यालयका प्रधानाध्यक छविन्द्र राईले नर्सरीदेखी कक्षा १० सम्म ३४५ जना वालवालिकाले अध्ययन गरिरहेको जानकारी दिदै पारुहाङ्ग एकेडेमीबाट एसईई उत्तीर्ण बिद्यार्थीहरु मेडिकल, ईन्जिनियरिङ्ग, विएस्सी नसिङ्ग, चाटर्ड एकाउन्टेन्ट लगायतका बिषयमा अध्ययन गरेर काम गरिरहेको बताएका छन् । उनले शैक्षिक शत्र २०८१ बाट लागु हुनेगरी हरेक कक्षाको बार्षिक परीक्षामा प्रथम र द्धितीय स्थान ल्याउ...
बेल्टार बजारको फोहर ब्यबस्थापनका लागि नगरमा क्रियाशिल प्रमुख राजनीतिक दलद्वारा प्रेस बिज्ञप्ती जारी।

बेल्टार बजारको फोहर ब्यबस्थापनका लागि नगरमा क्रियाशिल प्रमुख राजनीतिक दलद्वारा प्रेस बिज्ञप्ती जारी।

मुख्य खबर, स्थानीय
२० माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…   दुई महिनाभन्दा बढी समयदेखी उदयपुरको चौदण्डीगढी नगरपालिकाको ब्यापारिक तथा प्रशासनिक केन्द्र बेल्टार बजारको फोहर ब्यबस्थापन हुन नसकेपनि नगरमा क्रियाशिल प्रमुख राजनीतिक दलले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । आज एक प्रेस बिज्ञप्ती जारी गदै नगरका प्रमुख राजनीतिक दलले बजार क्षेत्र भित्रको फोहर करिव दुई महिनाभन्दा बढी समयसम्म पनि ब्यबस्थापन हुन नसकिरहेको र यस बिषयलाई लिएर नगर प्रमुखसंग पटक पटक डिलेकेशन लिएर जाँदा वेवास्ता गरिएको जनाउदै दिनप्रतिदिन बजार क्षेत्रमा दुर्गन्ध फैलिएर संक्रमित रोग फैलिने जोखिम भएकाले ७ दिनभित्र बजार क्षेत्रको फोहर ब्यबस्थापन गर्न आग्रह गरिएको छ । बजार क्षेत्रको फोहर ब्यबस्थापन नभएका नगरपालिकाको बिरुद्ध क्रमिकरुपमा दवावमुलक कार्यक्रम संचालन गर्न बाध्य हुने पनि जनाइएको छ । हिजो बेल्टार बजारस्थित बेल्टार बस...
शैक्षिक गुणस्तर सुधारको बिकल्प छैनः नगर प्रमुख कालुमान लामा

शैक्षिक गुणस्तर सुधारको बिकल्प छैनः नगर प्रमुख कालुमान लामा

लाइभ खबर, स्थानीय
१९ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… उदयपुरको चौदण्डीगढी नगरपालिकाले सामुदायिक बिद्यालयहरुमध्ये उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यालय तथा २०७९ सालको एसईई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल बिद्यार्थीहरुलाई सम्मान गरेको छ । शिक्षा, युवा तथा खेलकुद शाखाले सामुदायिक बिद्यालय र त्यहाँ अध्ययनरत बिद्यार्थीहरुलाई हौसला प्रदान गर्ने अभिप्रायले आज बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा आयोजना गरेको कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यालय र बिद्यार्थीलाई सम्मान गरेको हो । चौदण्डीगढी नगरपालिकामा संचालित १९ वटा माध्यमिक तह स्तरीय सामुदायिक बिद्यालयहरु मध्ये वडा नम्बर ९ स्थित जनता माबि हडिया पहिलो भएको छ भने वडा नम्बर ४ स्थित नारद आदर्श मावि बसहा दोश्रो र वडा नम्बर ६ स्थित ज्योती मावी बेल्टार तेश्रो भएको छ । यस्तै २०७९ सालको एसईई परिक्षामा ३.७ जिपिए ल्याएर नगर मै सबैभन्दा बढी...