छैटौं संस्करणको मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ६ र वडा नम्बर ४ भिड्ने ।
११ माघ २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी छैटौं संस्करणको “मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ६ र वडा नम्बर ४ भिड्ने भएका छन् । वडा नम्बर ६ सिर्वानीस्थित कालिका माविको खेल मैदानमा आज भएको दोश्रो सेमिफाईनल खेलमा वडा नम्बर ४ ले वडा नम्बर ७ लाई ट्राईबेकरमा ४–० ले पराजित गरेसंगै वडा नम्बर ४ ले फाईनलमा वडा नम्बर ६ संगको भेट पक्का गरेको हो । यस अघि हिजो भएको पहिलो सेमिफाईनल खेलमा वडा नम्बर ६ ले वडा नम्बर ५ लाई ४–० को फराकिलो गोल अन्तरले हराउदै फाईनलको यात्रा तय गरेको थियो ।
आज भएको दोश्रो सेमिफाईनल खेलको पहिलो हाफ्को तेश्रो मिनेट मै वडा नम्बर ४ कोतर्फबाट जर्सी नम्बर १५ का विवेक सुनारले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेलको २८ औ मिनेटमा वडा नम्बर ७ को तर्फबाट जर्सी नम्बर ९ का बिशाल राईले बराबरी गोल फर्काउदै १–१ को अबस्थामा पुर्याएका थिए ...









