०१ माघ २०८१, सन्तोष कुमार रौनियार…

आजदेखी चौदण्डीगढी नगरपालिकाको बसहामा शुरु भएको १३ बर्षमुनीको बिद्यार्थीहरु सम्मिलित दोस्रो संस्करणको अन्तर विद्यालय फुटबल प्रतियोगितामा आमसाल मावी बसहा विजयी भएको छ ।
वडा नम्बर ४ बर्खेडाँडास्थित नादरमुनी थुलुङ्ग रंगशालामा आज भएको उद्घाटन खेलमा कालिका मावि सिर्वानीलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै आमसाल मावी विजयी भएको हो । विजयी भएसंगै आमसाल मावी क्वाटरफाईनलमा समेत प्रबेश गरेको छ । ट्राइबेकरमा आमसालको तर्फबाट जर्सी नम्बर १५ का आयुष तामाङ्ग, जर्सी नम्बर १० का युवराज राई र जर्सी नम्बर ७ का रोनीस राईले गोल गरेका थिए भने सिर्वानीको तर्फबाट यसमेस राईको प्रहार मात्र गोलमा परिणत भएको थियो । यसअघि खेलको पहिलो हाफ्को २० मिनेटमा सिर्वानीका जर्सी नम्बर ८ का समिर कटुवालले गोल गर्दै टिमलाई अग्रता दिालाएका थिए । पहिलो हाफ् १–० ले पछि रहेको आमसालले दोश्रो आफ्मा सुधारिएको प्रदर्शन गरेको थियो । दोश्रो हापको अतिरिक्त समयमा जर्सी नम्बर १५ का आयुष राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । निर्धारित समयको खेल बराबरी भएपछि खेलको नतिजा ट्राईबेकरबाट निर्धारण गरिएको थियो । जसमा आमसालले बाजी मारेको छ।
भोलीको खेल सगरमाथा मावी भोर्लेनी र जनज्योति मावी अमलचौरी तथा ब्राईट फ्युचर बसहा र नारद आदर्श मावी बसहाबीच हुनेछ । दि गुर्खाज फुटबल एकेडेमीको आयोजना र चौदण्डीगढी नगरपालिकाको बिशेष सहयोगमा आजदेखी शुरु भएको प्रतियोगिता माघ ९ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा नगरका १६ वटा बिद्यालय सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र, त्यस्तै उप विजेताले नगद २५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । त्यस्तै बिद्यागततर्फ वेस्ट गोलकिपर, वेस्ट डिफ्न्स, वेस्ट मिडफिल्डर, वेस्ट फर्वाड, वेस्ट स्कोरर्लाई जनही २५ सय रुपैयाँ, उत्कृष्ट खेलाडीलाई नगद ३५ सय रुपैयाँ पुरुस्कार प्रदान गरिने बताइएको छ । यस्तै प्रत्येक खेलको म्यान अफ् दि म्याच घोषित खेलाडीलाई पनि नगद पुरुस्कार रहेको छ ।
