बेल्टार बजारमा मोटरसाईकलको ठक्करबाट ३ बर्षिय बालक गम्भिर घाईते ।

०९ माघ  २०८१, सन्तोष कुमार रौनियार…

 

चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा मोटरसाईकलको ठक्करबाट ३ बर्षिय बालक गम्भिर घाईते भएका छन् । आज साँझ पौने ७ बजे वडा नम्बर ६ को बेल्टार बजार स्थित बसपार्क बाट बिपि चोक तर्फ जादै गरेको प्रदेश १–०२–०५६प ८७४९ नम्बरको मोटरसाईकलले पैदल रोडमा हिडि रहेका बेल्टार बजारकै जयप्रकाश साहको छोरा अन्दाजी बर्ष ३ को दिब्यान्सु साहलाई ठक्कर दिदा दिब्यान्सु साहको टाउको र अनुहारमा चोट लागेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । दिब्यान्सुको अबस्था बोल्न नसक्ने गम्भिर रहेको र उपचारको लागी नगर अस्पाताल बेल्टारमा ल्याईएकोमा थप उपचारको लागि बिराटनगरस्थित न्युरो अस्पताल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी सहायक निरिक्षक चन्दन मेहताको कमाण्डमा खटिएको टोलीले ठक्कर दिने मोटरसाईकल चालक वडा नम्बर ६ बेल्टार बजारका मनोज श्रेष्ठको छोरा बर्ष १९ को उत्सव श्रेष्ठ लाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याई थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । पछिल्लो समयमा बजार क्षेत्रमा अनियन्त्रितरुपमा मोटरसाईकल चलाउनेहरु बढ्दै गएको स्थानीयले बताएका छन् । ट्राफिक प्रहरीहरुले राजमार्गकेन्द्रीत मात्र भएर चेकजाँच गर्ने तर बजार क्षेत्रमा निगरानी नगर्दा दुर्घटना बढ्दै गएको उनीहरुको भनाई छ ।