उदयपुरमा यस पटकको निर्वाचनमा कुल दुई लाख २८ हजार ९ सय ४६ जना मतदाता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता भएसंगै मतदाताको झुकाव र मतदाताको संख्या लगायतका बारेमा चासो बढेको छ । उदयपुरमा मुख्यता लोकतान्त्रिक बाम गठबन्धन र एमालेबीचको प्रतिस्पर्धाको बारेमा चर्चा हुन थालेको छ । उदयपुरमा यस पटकको निर्वाचनमा कुल दुई लाख २८ हजार ९ सय ४६ जना मतदाताले मतदान गर्न पाउने निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाले जानकारी दिएका छन् ।
गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा भन्दा उदयपुरमा महिला १ हजार ५ सय ९८ र पुरुष ३ हजार २ सय १० गरी ५ हजार ८ सय ८ जना मतदाता थप भएका छन् । निर्वाचन कार्यालयले उदयपुरमा १ सय १ मतदान स्थल र २६४ मतदानकेन्द्र तोकेको छ । यस्तै उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा त्रियुगा, चौदण्डिगढी र वेलका नगरपालिकामा एक लाख ३५ हजार ५ सय २५ जना मतदा...


