उदयपुरमा यस पटकको निर्वाचनमा कुल दुई लाख २८ हजार ९ सय ४६ जना मतदाता

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता भएसंगै मतदाताको झुकाव र मतदाताको संख्या लगायतका बारेमा चासो बढेको छ । उदयपुरमा मुख्यता लोकतान्त्रिक बाम गठबन्धन र एमालेबीचको प्रतिस्पर्धाको बारेमा चर्चा हुन थालेको छ । उदयपुरमा यस पटकको निर्वाचनमा कुल दुई लाख २८ हजार ९ सय ४६ जना मतदाताले मतदान गर्न पाउने निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाले जानकारी दिएका छन् ।
गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा भन्दा उदयपुरमा महिला १ हजार ५ सय ९८ र पुरुष ३ हजार २ सय १० गरी ५ हजार ८ सय ८ जना मतदाता थप भएका छन् । निर्वाचन कार्यालयले उदयपुरमा १ सय १ मतदान स्थल र २६४ मतदानकेन्द्र तोकेको छ । यस्तै उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा त्रियुगा, चौदण्डिगढी र वेलका नगरपालिकामा एक लाख ३५ हजार ५ सय २५ जना मतदाता रहेका छन् भने प्रदेश सभातर्फ उदयपुर १ (क) मा चौदण्डिगढी र वेलका नगरपालिकाका ७२ हजार ४४ मतदाता रहेका छन् ।
त्यस्तै उदयपुर १ (ख) मात्रियुगा नगरपालिकाका ६३ हजार चार सय ८१ मतदाता रहेका छन् । एता उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ माकटारी नगरपालिका संगै रौतामाई, लिम्चुङबुङ , उदयपुरगढी र ताप्ली गाउँपालिकाका ९३ हजार ४ सय २१ जना मतदाता रहेका छन् । त्यस्तै प्रदेश सभातर्फ उदयपुर २ (क) मारौतामाई, लिम्चुङबुङ र उदयपुरगढी गाउँपालिकाका ५० हजार ७४ मतदाता रहेका छन् भने कटारी नगरपालिका र ताप्ली गाउँपालिका रहेको उदयपुर २ (ख) मा४३ हजार ३ सय ४७ मतदाता रहेका छन् ।