आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि उदयपुरमा नयाँ , पुराना २१ दल र स्वतन्त्र गरी प्रतिनिधि सभाका २ वटा निर्वाचन क्षेत्रमा २८ जना र प्रदेश सभाका ४ वटा निर्वाचन क्षेत्रमा ३६ जनाले उम्मेदबारी मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा १६ दलका उम्मेदबारले उम्मेदबारी दिएका छन् भने प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा १२ दलका उम्मेदबारले उम्मेदबारी दर्ता गराएका छन् । यस्तै पं्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा राम श्रेष्ठ चौधरीले स्वतन्त्र उम्मेदबारी दिएका छन् भने प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा रामकुमार राई र राममणि पौडेलले स्वतन्त्र उम्मेदबारी दिएका छन् ।
प्रतिनीधि सभा तथा प्रदेश सभाको प्रत्यक्ष निर्वाचनका लागि उदयपुर क्षेत्र नम्बर १ मा प्रतिनीधि सभातर्फ १६ जना र प्रदेश सभा १ क मा ११ जना तथा १ ख मा १३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । सदरमुकाम गाईघाटमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हिजो बिहान १० बजेबाट बेलुका ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम रहेको थियो । उदयपुरको क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनकोे तर्फबाट परराष्ट्रमन्त्री एव्म नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर नारायण खड्काले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनले हिजोआफ्नो मनोनयन दर्ता गराएका थिए ।डा खड्काका लागि नेपाली कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी परियार प्रस्तावक र पूर्व क्षेत्रीय सभापति भोजराज खतिवडा समर्थक रहेको मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद सुवेदीले जानकारी दिएका छन् ।यस्तै प्रदेश सभा १ (ख) बाट प्रदेश नम्बर १ का भौतिक पुर्वाधारमन्त्री हिमाल कार्कीले मनोनयन दर्ता गराएका छन । कार्कीको प्रस्तावकमा कांग्रेस नेता भिमचन्द्र राई र समर्थकमा कांग्रेस नेता प्रकाश कुमार खड्का रहेका छन् । एता उदयपुर प्रदेश सभा १ क मा सत्ता गठबन्धनकोे तर्फबाट माओवादीका प्रदेश कमिटी सदस्य तथा उदयपुर जिल्ला सहईन्चार्ज राजन किराँती बासुले मनोनयन दर्ता गराएका छन् । किराँतीको प्रस्तावकमा माओवादी प्रदेश कमिटी सदस्य रमन भट्टराई र समर्थकमा प्रदेश कमिटी सल्लाहकार देव नारायण चौधरी रहेका छन् ।
यस्तै नेकपा एमालेको तर्फबाट उदयपुर क्षेत्र नम्बर १ का लागि केन्द्रीय सदस्य मन्जु चौधरीले मनोनयन दर्ता गराएकी छिन् भने प्रदेश सभा १ क मा कुशलबाबु बस्नेत र १ ख मा ईश्वरमणि राउतले मनोनयन गराएका छन् । त्यस्तै प्रतिनिधी सभातर्फ उम्मेदवार दर्ता गराउनेहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका उद्धव अधिकारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट कम्पस बहादुर राई, नागरिक उन्मुक्ती पार्टीबाट कृत नारायण चौधरी, त्यस्तै मंगोल नेशनल अग्रनाईजेशनबाट केशर बहादुर मगर, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट खुशीलाल ठाकुर त्यस्तै राष्ट्रिय जनमुक्ती पार्टीबाट गोकर्ण राई, जनता समाजवादी पार्टी नेपालबाट गोपाल राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुव कुमार रायमाझी, जनता प्रगतिशिल पार्टीबाट मुकेश सहनी, त्यस्तै नेकपा मालेबाट राम प्रसाद चौलागाई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट ललकु र्चाैधरी, नेपाल मजदुर किसान पार्टीबाट बिष्णु बहादुर खत्री, सचेत नेपाली पार्टीबाट हरी बहादुर बुढाथोकी र स्वतन्त्रबाट राम श्रेष्ठ चौधरी रहेका छन् ।
त्यस्तै प्रदेश सभातर्फ उदयपुर क्षेत्र नम्बर १ क मा उम्म्ेदवार दिनेहरुमा सचेत नेपाली पार्टीबाट कल्पना सापकोटा, स्वतन्त्रबाट कुमार खड्का र जय प्रसाद सुवेदी, नेकपा एमालेबाट कुशलबाबु बस्नेत, नेपाल मजदुर किसान पार्टीबाट गणेश बहादुर थापा, जनता समाजवादी पार्टी नेपालबाट गणेश कुमार राई, नेपाल संघीय समाजवादी पार्टीबाट दिनेश राई, मंगोल नेशनल अग्रनाईजेशनबाट भुमीराज राई त्यस्तै नेकपा माओवादी केन्द्रबाट राजन किराँती ,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुभासचन्द्र खड्का र हाम्रो नेपाल पार्टीबाट सुरेश ढकाल रहेका छन् ।
त्यस्तै प्रदेश सभातर्फ उदयपुर क्षेत्र नम्बर १ ख मा उम्मेदवारी दिनेहरुमा एमालेबाट ईश्वरमणि राउत, स्वतन्त्रबाट उदव बहादुर घिमिरे र बासुदेब उपाध्याय पोखरेल, राष्ट्रिय जनमुक्ती पार्टीबाट दिन बहादुर राई त्यस्तै जनता प्रगतिशिल पार्टी नेपालबाट भगत कुमार झा, सचेत नेपाली पार्टीबाट भरत कुमार बजगाई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मखे दमाई, नेकपा मालेबाट मदन कुमार कटुवाल ,जसपा नेपालबाट बिश्वराज राई, नागरिक उन्मुक्ती पार्टीबाट शिव नारायण चौधरी, नेमकिपाबाट सन्तोष तामाङ्ग, नेपाली कांग्रेसबाट हिमाल कार्की र राप्रपाबाट ज्ञानबहादुर राई रहेका छन् ।
यस्तै प्रतिनिधि सभा सदस्य तर्फ क्षेत्र नं २ मा पुर्ण वहादुर बुढाथोकी नेपाल मजदुर किसान पार्टी बाट रहेका छन भने केशव बहादुर पान्डे नेपाली कंगे्रस (वि पि), राम कुमार राई स्वतन्त्र, भाष्कर राई मंगोल नेश्नल अर्गनाईजेशन, राम मणि पौडयाल स्वतन्त्र, अनिल कुमार श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी, अम्वर बहादुर रायमामmी नेपाल कम्युनिष्ट पार्टी(एमाले) , बसिन्धर न्यौपाने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ,लोकेन्द« बहादुर कार्की हाम्रो नेपाली पार्टी, जगन्नाथ खतिवडा नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजबादी), सिदान्त राई जनता समाज पार्टी नेपाल र बिन्दा कुमारी कटुवालले जनजागरण पार्टी नेपालबाट उम्मेदवार दर्ता गराएका छन।
यस्तै क्षेत्र न.२(क)बाट नर बहादुर थापा मंगोल नेशनल अर्गनाईजेसन,देबराज राई नेपाल कम्युनिष्ट पार्टी (एमाले),कर्ण बहादुर कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी,नारायण बहादुर मगर नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द«)(एकल चुनाव चिन्ह)र घनश्याम कटुवाल जनता समाजवादी पार्टी नेपाल रहेका छन।
त्यस्तै प्रदेश सभाको प्रत्यक्ष निर्वाचनका लागि प्रदेश सभाको सदस्यको लागि उदयपुर क्षेत्र नम्बर २ (ख) पृथबहादुर तामाङ्ग नेपाल मजदुर किसान पार्टी बाट रहेकाछन भने काँस बहादुर राई मंगोलअर्गनाइजेसन,जिवनाथ दाहाल नेपाल कम्युनिष्ट पार्टी(एमाले),हेमराज दाहाल स्वतन्त्र,माला तामाङ्गराष्ट्रिय स्वतन्त्र पार्टी,राम कुमार खत्री नेपाली काँग्रेस र केशब बहादुर मगर जनता समाजवादी पार्टी नेपाल रहेका छन।
