अतिक्रमित सरकारी जग्गा खाली गराउन चौदण्डीगढी नगरपालिका एक्सनमा ।
०४ फागुन २०८१, सन्तोष कुमार रौनियार…
अतिक्रमित सरकारी जग्गा खाली गराउन उदयपुरको चौदण्डीगढी नगरपालिका एक्सनमा आएको छ । गत बर्ष नै वडा नम्बर ७ द्वार खोला आसपासको नदी उकास जग्गा बिभिन्न ब्यक्तिहरुले अतिक्रमण गरी संरचना निमार्ण गरेको जनगुनासो आएको भन्दै नगरपालिकाले २०८० साल मंसिर २१ गतेबाट लागु हुनेगरी ३५ दिने सुचना जारी गरेको थियो । तर गत माघ ६ गते नगरपालिकाबाट जनप्रतिनीधि, कर्मचारी, नगर प्रहरी र टोल विकास समितिका पदाधिकारीहरु र स्थानीय बुद्धिजिवीसहित गएको टोलीले सो क्षेत्रको अनुगमन गरी द्वारखोला छेउ सिमांकन गरेपछि नगरपालिकाले माघ ७ गते १५ दिने सुचना र माघ २३ गते अतिक्रमित नदी उकास जग्गा खाली गर्न ७ दिने सुचना जारी गरेको थियो । सुचनामा अतिक्रमित जग्गा खाली नगरेमा कानुन अनुसार भैजाने उल्लेख थियो ।
सोही अनुसार आज कार्यपालिका सदस्य तिलावती राईको नेतृत्वमा वडा नम्बर ७ का वडा सदस्...









