चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ ले सुरक्षा फौजमा भर्ना हुन चाहने ब्यक्तिहरुका लागि निःशुल्क तालिमको ब्यबस्था गर्ने ।
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ ले सुरक्षा फौजमा भर्ना हुन चाहने ब्यक्तिहरुका लागि निःशुल्क तालिमको ब्यबस्था गर्ने भएको छ । वडा अध्यक्ष लुङ्गराज राईले सामाजिक संजाल फेसबुकमा सुचना जारी गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी वलमा प्रबेश गर्न चाहने युवाहरुलाई लक्षित गर्दे वडाले आबश्यक योग्यता पुगेका युवाहरुलाई दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा बिषयगत ज्ञान र शारीरिक ब्यायम प्रदान गर्नेगरी निःशुल्क प्रशिक्षण दिने कार्यक्रम रहेको जनाएका छन् । आगामी असोज १४ गतेसम्ममा बसहा बर्खेडाँडास्थित वडा कार्यालयमा नाम टिपाउनु पर्ने सुचनामा उल्लेख छ भने आबश्यक योग्यता पुगेकाहरुले वडा अध्यक्ष राईलाई सिधै सम्पर्क गर्न सकिने पनि जनाइएको छ ।
यसअघि पनि वडाले कक्षा ११ देखि स्नातक तहसम्म अध्ययनरत विद्यार्थीहरुको लागि खरदार, सुब्बा लगायतको तीन महिने निःशुल्क लोकसेवा तयारी कक्षा पनि सञ्चालन गर्...






