पुष २३ गतेदेखी २५ गतेसम्म बेल्टारमा ३ दिने आखाँ शिविर संचालन हुने ।
१६ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…
आगामी पुष २३ गतेदेखी २५ गतेसम्म उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार सातधारेस्थित कोभिड अस्पतालमा ३ दिने आँखा शिविर संचालन हुने भएको छ । चौदण्डीगढी नगरपालिका र काठमाडौंस्थित तिलगंगा आँखा प्रतिष्ठानको संयुक्त आयोजना तथा भिजन हिमालय फाउण्डेशनको सहयोगमा आँखा शिविर संचालन हुने भएको हो । वडा नम्बर ४ का वडा अध्यक्ष लुंङ्गाराज राईका अनुसार तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंकी बरिष्ठ नेत्र बिशेषज्ञ डाक्टर रिता गुरुङ्ग नेतृत्वको टोलीले आँखाको मोतियाविन्दु भएका बिरामीहरुको निःशुल्क अपरेशन गर्ने जनाएका छन् ।
आगामी पुष १७ गते मंगलवारदेखी नगरका बिभिन्न स्वास्थ्य चौकीहरुमा मोतियाबिन्दु छनौट शिविर संचालन हुने र पुष २३ गतेदेखी २५ गतेसम्म ३ दिन बेल्टार सातधारेस्थित कोभिड अस्पतालमा आँखाका विरामीहरुको निःशुल्क मोतियाविन्दुको अपरेशन गरिने वडा...









