चौदण्डीगढीमा सञ्चालित अपाङ्गता सम्बन्धी कार्यक्रममा विदेशीको समेत चासो।
१४ माघ २०८१, सन्तोष कुमार रौनियार…
चौदण्डीगढी नगरपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापन सम्बन्धी कार्यक्रममा विदेशीले समेत चासो देखाएका छन् । कोशी प्रदेशका १३७ वटा पालिकाहरुमा संचालित अपाङ्गता रोकथाम तथा पुनःस्थापन कार्यक्रम मध्ये चौदण्डीगढी नगरपालिकामा नमुना काम भएको भन्दै सियरालियोन र ईथियोपियामा अपाङ्गताको क्षेत्रमा काम गर्ने सामाजिक संस्थाका प्रतिनीधि मण्डलले आज नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकिय अधिकृत जीतबहादुर श्रेष्ठ लगायतसंग भेटगरी अपाङ्गता रोकथाम तथा पुनःस्थापन सम्बन्धी नगरपालिकाले गरेको कार्यहरुको बारेमा जानकारी लिएका छन् । सियरालियोन र ईथियोपियामा अपाङ्गताको क्षेत्रमा काम गर्ने म्याक्स फाउण्डेशन, वान पर्सपेक्टिभ फाउण्डेशन र वान फेम्ली सियरालियोनका प्रतिनिधिहरुले यहाँको सिकाईलाई उनीहरुकोे देशमा अनुशरण गर्न उदेश्यले भ्रमण ग...









