संबिधान कार्यवन्यनको प्रक्रियामा रहेकोले पहिचानका मुद्धाहरु स्थापित हुने :कोशी प्रदेश सांसद राजन किराँती

०१ माघ  २०८१, सन्तोष कुमार रौनियार…

 

संबिधान कार्यवन्यनको प्रक्रियामा रहेकोले पहिचानका मुद्धाहरु स्थापित हुने कोशी प्रदेश सांसद राजन किराँतीले बताएका छन् । किराँत नयाँ बर्ष यल दोङ ५०८५ को अवसरमा किराँत राई यायोक्खा चौदण्डीगढी नगर समितिले उदयपुरको बेल्टार बजारमा आयोजना गरेको कार्यक्रममा सांसद किराँतीले भारतमा पनि पहिचानको मुद्धा स्थापित हुन समय लागेको बताउदै संबिधान कार्यवन्यनको प्रक्रियामा रहेकोले पहिचानका मुद्धाहरु स्थापित हुने बिश्वास ब्यक्त गरेका छन् । न्याय र समानताको पक्षमा सधै लडिरहने प्रतिबद्धता ब्यक्त गर्दै सांसद किराँतीले भाषिक, सांस्कृतिक, सामुदायिक र जातीय हिसावमा उत्पिडनमा परेकाहरुको लागि लडेको हुनाले कोशी नामको पक्षमा हस्ताक्षर नगरेको जिकिर गरेका छन् । प्रदेशको नाम कोशी नामाकरणले पहिचान स्थापित हुन नसक्ने भएकोले हस्ताक्षर नगरेको दावी राईले गरेका हुन् । पहिचानको मुद्धामा बोल्दा आफुलाई जातीवादीको आरोप पनि लाग्ने गरेको उनले बताएका छन् ।


यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै चौदण्डीगढी नगरपालिकाका पुर्व नगर प्रमुख खगेन्द्र राईले हाम्रो संस्कार संस्कृतीले हामीलाई आत्मनिर्भर बनाउन सिकाउने बताउदै स्वास्थ्य बिज्ञानसंग पनि किराँती संस्कार र संस्कृती जोडिएको बताएका छन् । उनले आफ्ना सन्ततीहरुलाई पुर्खाले मान्दै आएको संस्कार र संस्कृतीसंग जोड्न नसकेकोमा चिन्ता ब्यक्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै किराँत राई यायोक्खाका केन्द्रीय सदस्य मणिकुमार राईले सरकारले दमन गरिरहेकोले भोलीको दिनमा किराँती संस्कार र संस्कृती बचाउनलाई चुनौती रहेको बताएका थिए । उनले राज्यसंगको हक अधिकारको आन्दोलनमा सबैले सहयोग गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा चौदण्डीगढी नगरपालिकाबाट गायन तथा नृत्य प्रतियोगिताका बिभिन्न कार्यक्रममा विजेता बनेकाहरुलाई सम्मान समेत गरिएको थियो ।