लाइभ खबर

त्रियुगा नदीस्थित सिवाई र वेल्हा जोड्ने भत्केको पुल स्थानीयको पहलमा संचालन हुने !

त्रियुगा नदीस्थित सिवाई र वेल्हा जोड्ने भत्केको पुल स्थानीयको पहलमा संचालन हुने !

लाइभ खबर, स्थानीय
२२ चैत्र २०८१, सन्तोष कुमार रौनियार…   ४ बर्ष अघि आएको सामान्य बाढीले भत्काएको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ त्रियुगा नदीस्थित सिवाई र वेल्हा जोड्ने मोटेरेवल पक्की पुल संचालनका लागि स्थानीय आफैले पहल लिने भएका छन् । विभाग, मन्त्रालयदेखी प्रधानमन्त्रीसम्मलाई भेटेर पुल पुनःनिमार्णका लागि अनुरोध गर्दा पनि नभएपछि स्थानीयले आफ्नै पहलमा पुुल संचालनका लागि समिति बनाएका छन् । वडा नम्बर ५ का वडा अध्यक्ष तुलसीराम ढकालको अनुरोधमा आज त्रियुगा नदीस्थित भत्केको पुलमा बसेको सर्वपक्षिय, सर्वदलिय बैठकले पुर्व वडा अध्यक्ष देव नारायण चौधरीको संयोजकत्वमा समिति निमार्ण गरेको छ । चौधरी संयोजकत्वको समितिलाई सम्बन्धित निकायसंग समन्वय गरेर बजेट माग गर्ने तथा चन्दा संकलन गर्ने जिम्मेवारी दिइएको छ । बैठकले भत्केको भागसम्म जोड्न तटबन्धन निमार्णका लागि तटबन्धको डिपिआर तयार गर्ने, तटबन्धन निमार्णका ला...
चौदण्डीगढीमा कोशी प्रदेशस्तरीय आयोजना पहिचान तथा आयोजना तर्जुमा सम्बन्धी अन्तरक्रिया  सम्पन्न  ।

चौदण्डीगढीमा कोशी प्रदेशस्तरीय आयोजना पहिचान तथा आयोजना तर्जुमा सम्बन्धी अन्तरक्रिया सम्पन्न ।

लाइभ खबर, स्थानीय
२१ चैत्र २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिकामा कोशी प्रदेशस्तरीय आयोजना पहिचान तथा आयोजना तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिजो बुधवार बेल्टार बजारस्थित नगरपालिकाको सभा हलमा कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीको अध्यक्षता तथा उप सभामुख सृजना दनुवारको प्रमुख आथित्यतामा प्रदेश योजना बैंकमा समाबेश गर्न छुट्टेका चौदण्डीगढी र बेलका नगरपालिकाका योजनाहरु समाबेश गर्ने तथा आयोजनाको पहिचान, लागतको आधारमा प्रदेश सरकारले गर्ने विकास पुर्वाधारका आयोजनाहरु, प्रदेशस्तरीय आयोजना छनौट प्रक्रिया र कार्यान्वयनयोग्य प्रादेशिक आयोजनाहरुको सुची तयार गर्ने योजना बैंक सम्बन्धमा छलफल भएको थियो । छलफलमा सहभागी हुदै प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले प्रदेश सरकारबाट योजना छनौटमा दवाव नआउने बताउदै योजनाको प्राथमिकीकर...
चौदण्डीगढी नगरपालिकामा एमालेप्रति जनताको आकर्षण बढ्दो ।

चौदण्डीगढी नगरपालिकामा एमालेप्रति जनताको आकर्षण बढ्दो ।

लाइभ खबर, स्थानीय
१८ चैत्र २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा एमालेप्रति जनताको आकर्षण बढेको छ । नगरमा एमालेको नेतृत्वमा दुई तिहाईको स्थानीय सरकार बनेपछि एमाले प्रबेश गर्नेहरुको संख्या झण्डै ५ सयको हाराहारीमा पुगेको छ । हिजो आईतवार मात्रै वडा नम्बर ३ र वडा नम्बर ८ मा एमालेको वडास्तरीय जराकेन्द्रीत अभियान अन्तर्गत भएको कार्यक्रममा ६५ जना एमालेमा प्रबेश गरेका छन् । वडा नम्बर ३ बसहास्थित अजिङ्गरेटोलमा नेपाली कांग्रेस र माओवादि पार्टि परित्याग गरि २६ जना एमालेमा प्रबेश गरेका छन् भने वडा नम्बर ८ सिद्धिपुरस्थित सिम्लेमास डाँडामा भएको कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माक्र्सवादी पार्टी परित्याग गरी ३९ जना एमालेमा प्रबेश गरेका छन् । उनीहरुले एमाले नेतृत्वको स्थानीय सरकारले गरेको कामबाट प्रभावित भएर एमालेमा प्रबेश गरेको बताएका छन्। एमालेको नेतृत्वमा विकास निमार्ण लगायतमा राम्रो...
कोशी प्रदेश सांसद गीतादेवी रेग्मीद्वारा भागलपुरमा सामुदायिक भवनको उद्घाटन ।

कोशी प्रदेश सांसद गीतादेवी रेग्मीद्वारा भागलपुरमा सामुदायिक भवनको उद्घाटन ।

लाइभ खबर, स्थानीय
१६ चैत्र २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको बेलका नगरपालिका वडा नम्बर २ भागलपुर स्थित सगरमाथा टोलमा एक हलसहितको निर्माण भएको जस्ताले छाएको २ कोठे पक्की नवनिर्मित सामुदायिक भवनको कोशी प्रदेश सांसद गीता देबी रेग्मीले उद्घाटन गरेकी छिन् । आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद रेग्मीले टोल बिकास संस्थाको माग बमोजिम आफुले सामुदायिक भवन निर्माणका लागि पहल गरेको बताउदै आफ्नो वाचा पुरा गरेको बताएकी थिईन । उनले सिमित श्रोतसाधनका बाबजुद पनि सबैतिर कार्य गर्नुपर्ने भएको हुनाले दवाव हुने गरेको बताउदै सङ्ह सरकारले अधिकार प्रत्यायोजन गर्न आनाकानी गरेकोले पनि काम गर्न अप्ठ्यारो भैरहेको बताएकी थिईन् । यस्तै सांसद रेग्मीले त्यस क्षेत्रको खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारसंग कुरा राख्ने बताएकी थिईन । कार्यक्रममा बक्ताहरुले खानेपानीको समस्या, ग्रामीण सडकको स्तरोन्नति लगायतको कार्यमा...
बसहा क्याम्पसमा यस पटक पनि आफु चुनाव जित्नेमा अनेरास्ववियुका केवल तामाङ्ग ढुक्क ।

बसहा क्याम्पसमा यस पटक पनि आफु चुनाव जित्नेमा अनेरास्ववियुका केवल तामाङ्ग ढुक्क ।

लाइभ खबर, स्थानीय
  २ चैत्र २०८१, सन्तोष कुमार रौनियार… यही चैत्र ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको चुनावले उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बर्खेडाँडास्थित नारद आदर्श शिक्षा क्याम्पसको वातावरण तातेको छ । यसअघिको स्ववियु निर्वाचनमा त्रिपक्षिय प्रतिस्पर्धा भएकोमा यस पटक नेविसंघले माओवादी केन्द्रनिकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीलाई सघाएपछि सभापतिमा अनेरास्ववियुको लोकप्रीय उम्मेदवार केवल तामाङ्ग र अखिल क्रान्तिकारीका ज्ञान्दील थुलुङ्ग राईबीच प्रतिस्पर्धा हुने भएको हो । तामाङ्ग , राई र नेविसंघका विनम तामाङ्गबीच यसअघिको स्ववीयु निर्वाचनमा प्रतिस्पर्धा हुदाँ अनेरास्ववियुका केवल तामाङ्गले बाजी मारेका थिए । अहिले फेरी तामाङ्ग र राई आपसमा भिडेका छन् । अनेरास्ववियु सभापतिका उम्मेदवार केवल तामाङ्ग बिद्यार्थीमा माझ लोकप्रीय छन् भने राईले नेविसंघ र जनता समाजवादी पार्टीको साथ पाएका छन् । ...
स्ववियु निर्वाचनमा नारद आदर्श शिक्षा क्याम्पस बसहामा दुई पक्षिय भिडन्त हुने ।

स्ववियु निर्वाचनमा नारद आदर्श शिक्षा क्याम्पस बसहामा दुई पक्षिय भिडन्त हुने ।

लाइभ खबर, स्थानीय
२७ फागुन २०८१, सन्तोष कुमार रौनियार…   आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा नारद आदर्श शिक्षा क्याम्पस बसहामा दुई पक्षिय भिडन्त हुने भएको छ । आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अखिल क्रान्तीकारीको नेतृत्वमा नेविसंघ र संघीय समाजवादी बिद्यार्थी युनियनले गठबन्धन बनाएर उम्मेदवारी दर्ता गराएका छन् । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि तोकिएको थियो। अनेरास्ववियुले स्ववीयु सभापति केवल तामाङ्गको नेतृत्वमा प्यानल नै बनाएर मनोनयन दर्ता गरेको छ । अनेरास्ववीयुबाट सभापतीमा केवल तामाङ, सचिवमा हिरामणि बिष्ट , कोषाध्यक्षमा अलिशा बिसुङखे, त्यस्तै सदस्यहरु खुल्लातर्फ अस्मिता तामाङ(इशा), सन्ध्या भण्डारी र एमुना श्रेष्ठ, यस्तै समानुपातीकतर्फका सदस्यहरूमा निनाम राई ,सु...
शैक्षिक सुधारको कार्य योजना लागु गर्न नसक्ने भए प्रधानाध्यापकको जिम्मेवारीमा नबस्न नगर प्रमुख लामाको आग्रह ।

शैक्षिक सुधारको कार्य योजना लागु गर्न नसक्ने भए प्रधानाध्यापकको जिम्मेवारीमा नबस्न नगर प्रमुख लामाको आग्रह ।

देश, लाइभ खबर, स्थानीय
२३ फागुन २०८१, सन्तोष कुमार रौनियार… सामुदायिक बिद्यालयमा शैक्षिक कार्यक्रम अन्तर्गत चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ८ मा विविध कार्यक्रम सम्पन्न भएको छ । वडा शिक्षा समितिको आयोजना र वडा नम्बर ८ को सहयोगमा जनता मावी लुङ्गगीनटार आज नगर स्तरीय हिसाबको हिरो, शब्द सम्राट र वडा स्तरीय हाजरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले नगर शिक्षा शाखाले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि गरिरहेको अभियानलाई यस किसमिको कार्यक्रमले सहयोग पुग्ने बताएका थिए । उनले अभिभावक र बिद्यालयबीचको अन्तरक्रिया कार्यक्रमलाई हरेक बिद्यालयले अगाडी बढाउनुपर्ने र शैक्षिक योजना बनाएर लागु गर्नुपर्ने बताएका थिए । शैक्षिक सुधारको कार्य योजना लागु गर्न नसक्ने भए प्रधानाध्यापकको जिम्मेवारीमा नबस्न पनि उनले आग्रह गरेका गरेका थिए । यस्तै नगर प्रमुख लामाले नीजि बो...
चौदण्डीमा आजदेखी दोश्रो मेयर कप खुल्ला वडा स्तरीय भलिवल प्रतियोगिता शुरु ।

चौदण्डीमा आजदेखी दोश्रो मेयर कप खुल्ला वडा स्तरीय भलिवल प्रतियोगिता शुरु ।

खेलकुद, लाइभ खबर, स्थानीय
२० फागुन २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा आजदेखी दोश्रो मेयर कप खुल्ला वडा स्तरीय भलिवल प्रतियोगिता शुरु भएको छ । युवा तथा खेलकुद विकास समिति वडा नम्बर १ चौदण्डीको आयोजनामा चौदण्डीगढी दरवार परिसरस्थित खेल मैदानमा आजदेखी शुरु भएको प्रतियोगितामा उदयपुर, खोटाङ्ग र भोजपुर जिल्लाका बिभिन्न पालिकाकागरी १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित मेडल, ट्रफ्री र प्रमाण पत्र, त्यस्तै उप विजेताले नगद २० हजार रुपैयाँसहित मेडल, ट्रफ्री र प्रमाण पत्र र तृतीय स्थान हासिल गर्ने टिमले नगद १० हजार रुपैयाँसहित मेडल, ट्रफ्री र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले एक समारोहबीच उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले चौदण्डीगढीको ऐत...
भुक्तानी नपाउदा  देवधारस्थित त्रियुगा नदीमा निमार्णधिन मोटेरेवल पक्की पुलको निमार्ण निर्धारित समयमै सकिनेमा आशंका ।

भुक्तानी नपाउदा देवधारस्थित त्रियुगा नदीमा निमार्णधिन मोटेरेवल पक्की पुलको निमार्ण निर्धारित समयमै सकिनेमा आशंका ।

देश, लाइभ खबर, स्थानीय
११ फागुन २०८१, सन्तोष कुमार रौनियार… गरेको कामको भुक्तानी नपाउदा चौदण्डीगढी नगरपालिकाको देवधारस्थित त्रियुगा नदीमा निमार्णधिन मोटेरेवल पक्की पुलको निमार्ण निर्धारित समयमै सकिनेमा आशंका भएको छ । चौदण्डीगढी नगरपालिकाको वडा नम्बर  १० को देवधार र  हडिया तथा त्रियुगा नगरपालिकाको वडा नम्बर १ जोगीदहबासीलाई मदन भण्डारी लोकमार्गसँग सोझो यातायातले जोड्ने यो पुलको निमार्ण १ वर्षअघि सुरु भएको हो । साईट ईन्जार्च प्रमोद कर्णका अनुसार ६ मध्ये हालसम्म ४ वटा पिल्लरको निमार्ण सम्पन्न भएको छ । बर्खाअघि ६ बटै पिलर र ५ वटा मध्ये एक वटा स्लावको काम सक्ने लक्ष्य रहेको भएपनि आर्थिक अभावमा सो काम सक्नेमा आशंका छ । साईट ईन्जिनियर प्रेम साहले ४ करोडको बिलिङ्ग गर्दा २ करोड पनि भुक्तानी नपाईने गरेकोले काम कहिले सम्पन्न हुनेबारे भन्न नसकिने बताए । उनले हालसम पुलको ३५ प्रतिशत काम सम्पन्न भैसकेको र आर्थिक समस्या न...
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा स्वर्गीय नारदमुनी थुलुङ्गको शालिक अनावरण ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा स्वर्गीय नारदमुनी थुलुङ्गको शालिक अनावरण ।

लाइभ खबर, स्थानीय
०७ फागुन २०८१, सन्तोष कुमार रौनियार… – पहिचानवादीको गुनासोको समाधन नेपालको संबिधानले निर्दिष्ट गरेको संविधानको दायराभित्र रहेर गर्ने जिकिर । – सबै जातीभाषा र सबै संस्कृतीको संरक्षण गर्ने कामको अगुवाई प्रदेश सरकारले गर्ने । – बसहा निमार्णधिन नारदमुनी थुलुङ्ग स्मृती सभाहललाई आगामी बर्ष बजेट विनयोजन गरेर सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त । – थुलुङ्गको नामलाई चिरस्थायी बनाउन शालिक राख्ने कामको प्रशंसा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले स्वर्गीय नारदमुनी थुलुङ्गको शालिक अनावरण गरेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित चौकमा आज स्वर्गीय थुलुङ्गको १० फिट अग्लो फाईवरको शालिक अनावरण गरेका हुन् । चौदण्डीगढी नगरपालिकाले प्रजातन्त्र सेनानी, २००७ सालका योद्दा तथा बसहा बस्ती बसाउने मुख्य ब्यक्तित्व स्वर्गीय थुलुङ्गको अर्ध कदको ढुंङ्गाको शाल...