चौदण्डीगढी नगरपालिकाले शुभकामना आदनप्रदान कार्यक्रम गरेर मनायो प्रजातन्त्र दिवस ।
७ फागुन २०८०, सन्तोष कुमार रौनियार…
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा उदयपुरको चौदण्डीगढी नगरपालिकाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर मनाएको छ । आज बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा नगरमा क्रियाशिल राजनीतिक दलका प्रतिनीधि, सामाजिक अगुवा, पत्रकार, संचारकर्मी लगायतलाई बोलाएर नगरपालिकाले शुभकामना आदनप्रदान गरेको हो । शुभकामना कार्यक्रममा उपस्थित नेताहरुले शुभकामना आदनप्रदान गर्नुको साथै नगरमा देखिएको समस्याहरुको समाधानको बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा शुभकामना दिदै नगरमा क्रियाशिल राप्रपा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, रास्वपा लगायतका पार्टीका प्रतिनीधीहरुले नगरको समस्याप्रति ध्यानाकर्षण गराउदै जनप्रतिनिधिहरुको आचरणका कारण प्रजातन्त्र नखोसियोस भन्दै संविधानले दिएको अधिकार प्रयोग गरेर काम गर्नुपर्ने बताएका थिए । नेपाली कांग्र...








