नेकपा एमाले निकट कानुन ब्यबसायी संगठन उदयपुरको अध्यक्षमा हिमाल खड्का पुनः सर्वसम्मत चयन ।
१५ भाद्र २०८१, सन्तोष कुमार रौनियार…
नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानुन ब्यबसायी संगठन उदयपुरको अध्यक्षमा हिमाल खड्का पुनः सर्वसम्मत चयन भएका छन् । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ स्थित बेलका विच रिर्सोटमा भएको संगठनको जिल्ला अधिबेशनले अध्यक्षमा खड्का, यस्तै उपाध्यक्षमा कृष्ण बहादुर खत्री, सचिवमा सुरेन्द्र बस्नेत, महिला सचिवमा सविता पोखरेल , कोषाध्यक्षमा गणेश सापकोटा सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा कुलदीप प्रसाद दाहाल, केदार बहादुर कटुवाल, कृष्णकुमार रेग्मी, विदुर बहादुर राउत, देव कुमार थापा र दुर्गाकृष्ण पोखरेल चयन भएका छन् । नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य वैकुण्ठ दाहालको प्रमुख आथित्यिता तथा प्रगतिशील तथा पेशागत कानुन ब्यबसायी संगठन नेपाल पिपिएलएका केन्द्रीय उपमहासचिव नारायण बस्ती, पिपिएलएका कोशी प्रदेश कमिटीका कार्यबहाक अध्यक्ष बाबुराम भट्टर...








