१३ श्रावण २०८१, सन्तोष कुमार रौनियार…

ईलाका प्रहरी कार्यालय बेल्टारले मोटरसाईकल चोरीमा संलग्न सप्तरीका एक युवालाई चोरीको मोटरसाईकलसहित पक्राउ गरेको छ । आज बिहान साढे २ बजे चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ ज्यामिरेबाट बा ७६ प ८५८९ नम्बरको रातो कलरको होण्डा हर्नेट मोटरसाईकल चोरी गरी लगेको भन्ने खवर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी निरिक्षक ओम प्रकाश पुनको नेतृत्वमा खटिएको टोलीले ३ घण्टाभित्र नै खोजतलास गरी मोटरसाईकलसहित सप्तरीको कन्चनरुप नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष २३ को सुनिल चौधरीलाई भागी रहेको अवस्थामा चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ वाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।
पछिल्लो दिनमा उदयपुरको चौदण्डीगढी नगरपालिकामा मोटरसाईकल चोरीको घण्टामा बढोतरी भैरहेको अबस्थामा प्रहरीलाई सफलता मिलेको हो । २ महिना अगाडी जेठ २९ गते किरात राई यायोक्खा चौदण्डीगढी नगर समितिका सचिव तार्जन राईको नाममा रहेको प्रदेश १–०२–०४९ प ८८७३ नं. को मोटरसाइकल बेल्टार बजारस्थित घरबाटै चोरी भएकोमा अझै फेला परेको छैन् । पक्राउ परेका चौधरी अन्य मोटरसाईकल चोरीको घण्टामा पनि संलग्न रहेको हुनसक्ने आशंकामा प्रहरीले थप अनुसंधान गरिरहेको छ ।
