मेयर कप फुटवल प्रतियोगितामा झोडापाटासंग बेल्टार स्तब्ध ।
५ फागुन २०८०, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगितामा झोडापाटासंग बेल्टार स्तब्ध भएको छ । प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा वडा नम्बर २ झोडापाटाले वडा नम्बर ७ बेल्टारलाई ४–३ गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा हिजो भएको खेलमा सचिन खड्काको हयाट्रिकको मदतमा झोडापाटाले बेल्टारलाई पराजित गरेको छ ।
खेलको पहिलो हापमा झोडापाटाले ३–० को अग्रता लिएको थियो । खेलको २९ औं मिनेटमा झोडापाटाका जर्सी नम्बर १७ का निश्चल खत्रीले गोल गर्दै वडा नम्बर २ लाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेट पछि नै खेलको ३२ औं मिनेटमा झोडापाटाका जर्सी नम्बरका १० का सचिन खड्काले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए भने १ मिनेट पछि नै थप अर्को गोल गर्दै सचिनले टिमको स्कोर ३–० बनाएका थिए । पहिलो ...









