चौदण्डीगढीमा जारी मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ५ र ७ सेमिफाईनलमा प्रबेश ।
०८ माघ २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी छैटौं संस्करणको “मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर ५ र वडा नम्बर ७ विजयी भएका छन् ।
चौदण्डीगढी नगरपालिकाको संयोजन तथा नगर खेलकुद विकास समितिको आयोजनामा वडा नम्बर ६ सिर्वानीस्थित कालिका माविको खेल मैदानमा आज भएको पहिलो खेलमा वडा नम्बर ५ ले ट्राईबेकरमा वडा नम्बर २ लाख ५–४ ले पराजित गरेको छ । निर्धारित समयको खेल १–१ को बराबरी भएपछि खेलको नतिजा टाइब्रेकरबाट निर्धारण गरिएको थियो । जसमा वडा नं ५ ले ५ गोल र वडा नं २ ले ४ गोल गरे पछि वडा नं ५ विजय भएको हो । त्यसअघि खेलको पहिलो हाफमा वडा नं ५ का लागि जर्सी नं ७ का खेलाडी प्रताप चौधरी ले १६ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर दोश्रो हाफको इन्जुरी समयको ६३ औ मिनेटमा वडा नं २ ले पाएको पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए...









