साउन ३ गते चौदण्डीगढी साईकल सिटीको आयोजनामा पहिलो पटक कोरा साईक्लिङ्ग च्यालेन्ज हुदै ।
चौदण्डीगढी साईकल सिटीको आयोजनामा पहिलो पटक कोरा साईक्लिङ्ग च्यालेन्ज हुने भएको छ । माई कोरा च्यालेन्ज अन्तर्गत चौदण्डीगढी कोरा २०२५ साउन ३ गते हुने चौदण्डीगढी साईकल सिटीका अध्यक्ष अनिल पौडेलले जानकारी दिएका छन् । साइक्लिङ्गलाई खेलको रुपमा विकास गर्ने, साईक्लिङ संस्कृतिको प्रवर्धन गर्ने, स्वास्थ जीवनशैली र वातावरण संरक्षणको सन्देश दिन कोरा च्यालेन्ज आयोजना गरिएको अध्यक्ष पौडेलले बताएका छन् । चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ बेल्टार बजारस्थित पुष्पलाल चौकबाट शुरु गरी बेल्टार–धप्पर, माडिबास, गंगटे, यस्तै वेलका नगरपालिकाको सुपाडे, चौदण्डीगढी नगरपालिको शनिवारे हुदै वेलका नगरपालिकाको आम्बासी, त्यसैगरी सप्तकोशी नगरपालिकाको फत्तेपुर हुदै चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर, सिवाई, अजगडा, हडिया, ज्यामिरे हुदै बेल्टारस्थित बसपार्कमा पुगेर समापन गरिने जनाइएको छ । यस दौरान ५०.५ किलोमिटर यात्रा तय गरिने...









