स्थानीय

चौदण्डीगढी नगरपालिकाद्वारा विपद् ब्यबस्थापनका लागि  सुरक्षा निकायलाई आबश्यक सामाग्री सहयोग ।

चौदण्डीगढी नगरपालिकाद्वारा विपद् ब्यबस्थापनका लागि सुरक्षा निकायलाई आबश्यक सामाग्री सहयोग ।

मुख्य खबर, स्थानीय
विपद् ब्यबस्थापनका लागि उदयपुरको चौदण्डीगढी नगरपालिकाले सुरक्षा निकायलाई आबश्यक सामाग्री सहयोग गरेको छ । बाढीपहिरो, आगलागी लगायतका विपद्जन्य घटनालाई ध्यानमा राखेर नगरपालिकाले चालु आर्थिक बर्षमा वजेट ब्यबस्थापन गरेको थियो । सोही बजेटबाट आबश्यक सामाग्री खरिद गरेर नगरपालिकाले सुरक्षा निकायलाई वितरण गरेको हो । नगरप्रमुख कालुमान लामाले ईलाका प्रहरी कार्यालय बेल्टार र सशस्त्र प्रहरी बेस क्याम्प बेल्टारका प्रमुखहरुलाई आज विहिबार सामाग्री हस्तान्तरण गरेका हुन् । प्रमुख प्रशासकिय अधिकृत काजीमान राईका अनुसार नगरपालिकाले चालु आर्थिक बर्षमा विनियोजित रकमबाट फायर ईन्टिगुसर  , त्रिपाल ,क्यारविन, हाते टर्चलाईट, वुट जुत्ता सेफ्टी हेल्मेट, फायर विटर, फायर वल, नाईलनको डोरी लगायतको विपद्को समयमा आबश्यक सामाग्री खरिद गरी वितरण गरिएको जानकारी दिएका छन् । पालिकाले ईलाका प्रहरी कार्यालय बेल्टार र सशस्त्र प्...
दि गोर्खा वेलफेयर ट्रष्ट नेपालको आर्थिक सहयोगमा गडन्तामा पक्की भवन निमार्ण हुने ।

दि गोर्खा वेलफेयर ट्रष्ट नेपालको आर्थिक सहयोगमा गडन्तामा पक्की भवन निमार्ण हुने ।

लाइभ खबर, स्थानीय
दि गोर्खा वेलफेयर ट्रष्ट नेपालको आर्थिक सहयोगमा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर १ गडन्तास्थित श्री माध्यमिक बिद्यालयमा ३ कोठे पक्की भवन निमार्ण हुने भएको छ । कुल २८ लाख २ हजार २ सय ३८ रुपैयाँको लागतमा निमार्ण हुने भवनको आज विहिवार नगर प्रमुख कालुमान लामाले शिलान्यास गरेका छन् । विद्यालय परिसरमा निमार्ण हुने भवनको नगर प्रमुख लामाले शिलान्यास गरेका हुन् । ट्रष्टको २४ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग र जनश्रमदान ३ लाख २७ हजार ३ सय ३८ रुपैयाँगरी कुल २८ लाख २ हजार २ सय ३८ रुपैयाँको लागतमा ईटाको गाह्रो र जस्ताको छानो भएको ३ कोठे पक्की भवन निमार्ण गरिने विद्यालयका प्रधानाध्यापक बाबुराम तामाङ्गले जानकारी दिएका छन् । भवन शिलान्यास तथा पुरुस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले शिक्षा क्षेत्र नगरपालिकाको प्राथमिकतामा रहेको बताउदै नगरपालिकाले शिक्षक दरवन्दी तथा बिद्यालयको भ...
बसहामाअन्तर बिद्यालय अन्डर 13  फुटवल प्रतियोगिता शुरु।

बसहामाअन्तर बिद्यालय अन्डर 13  फुटवल प्रतियोगिता शुरु।

खेलकुद, मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाको बसहामा आज बुधवारदेखी १३ बर्षमुनीको बालबालिका सम्मिलित अन्तर बिद्यालय अन्डर 13  फुटवल प्रतियोगिता शुरु भएको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोग तथा अखिल नेपाल फुटवल संघ (एन्फा) को प्राविधिक सहयोगमा एन्फा ग्रासरुट कार्यक्रम अन्तर्गत बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा शुरु भएको प्रतियोगिताको एक समारोहविच एन्फाका महासचिव किरण राईले उद्घाटन गरेका छन् । नगरस्त्तरीय फुटवल टिमको निमार्ण गर्ने उदेश्यले दि गोर्खाज फुटवल एकेडेमी बसहाको आयोजनामा शुरु भएको प्रतियोगितालाई उद्घाटन गर्दै महासचिव राईले साना नानीबाबुहरुलाई विद्यालय तहमै फुटवलको आधारभुत नियमहरुको जानकारी दिन, फुटवलप्रति बालबालिकाहरुको लगाव बढाउन, टिम भावनाको विकास गर्न तथा अनुशासित समाज निमार्णका लागि यस किसिमको प्रतियोगिताले सघाउ पुर्याउने बताएका छन् । उनले एन्फाले पनि गाँउगाँउमै पुगेर ग्...
तेस्रो चौदण्डीगढी जिल्ला स्त्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ।

तेस्रो चौदण्डीगढी जिल्ला स्त्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ।

खेलकुद, लाइभ खबर, स्थानीय
तेस्रो चौदण्डीगढी जिल्ला स्त्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टार बजारस्थित समाबेशी कवर्ड हलमा आज आईतवार प्रतियोगिता अन्तर्गत भएका फाईनल खेलहरु सम्पन्न भएसंगै प्रतियोगिता सम्पन्न भएको हो । गत कार्तिक २१ गतेबाट शुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगिता अन्तर्गत कार्तिक २१ र २२ गते दुई दिन १५ बर्ष मुनीका पूरुष तथा महिला खेलाडीका खेल र कार्तिक २८ र २९ तथा ३० गते वि डिभिजन जिल्ला स्त्तरीय पुरुष डवल्स्, महिला डवल्स् र ४५ बर्षभन्दा माथीका भेट्रान्स डवल्स्का खेलहरु भएका छन् । चौदण्डीगढी नगरपालिकाको सहयोग र बेल्टार व्याडमिन्टन क्लबको आयोजनामा आज सम्पन्न प्रतियोगिता अन्तर्गत वि डिभिजन जिल्ला स्त्तरीय पुरुष डवल्स्को उपाधी रामपुरका नेपालधन राई र जैयन राईको जोडीले जितेको छ । फाईनलमा बसहाका आदिप मगर र सौरभ राईको जोडीलाई २१–१७÷२१–२३ र १६–२१ के...
कारवाहीका लागि सिफारिस गरिएका वडा अध्यक्ष केशव अधिकारीको राजीनामा स्वीकृत ।

कारवाहीका लागि सिफारिस गरिएका वडा अध्यक्ष केशव अधिकारीको राजीनामा स्वीकृत ।

मुख्य खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारीलाई नेकपा एमालेले पार्टीबाट हटाएको छ । गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा वडा अध्यक्ष अधिकारीले पार्टीको सबै पदबाट राजिनामा दिएको घोषणा गरेका थिए । सामाजिक संजाल फेसबुकबाट गत भदौ २४ गते वडा अध्यक्ष अधिकारीले ““ जेनजी पुस्ताको आन्दोलनलाई समर्थन गर्दै आजकै मितिबाट लागु हुनेगरी एमालेको सबै जिम्मेवारीबाट अलग भएको जानकारी गराउदछु । ““ भनि घोषणा गरेका थिए । उनले यसै ब्यहोराको पत्र एमाले जिल्ला अध्यक्ष भागवत राउतलाई दिदै एमालेको सबै जिम्मेवारीबाट राजिनामा दिएको बताएको एमाले जिल्ला कमिटी सचिव टेक बहादुर राउतले जानकारी दिएका छन् ।गत कार्तिक ११ गते बसेको एमाले जिल्ला सचिवालय उदयपुरको बैठकले वडा अध्यक्ष अधिकारीको राजिनामा स्वीकृत गरेको र कार्तिक १६ गते जिल्ला अध्यक्ष भागवत राउतको अध्यक्षता तथा कोशी प्रदेश ईन्चार्ज शेरधन रा...
चौदण्डीगढीमा खोरेत रोगविरुद्धको खोप प्रभावकारीरुपमा संचालन गर्न निर्देशन ।

चौदण्डीगढीमा खोरेत रोगविरुद्धको खोप प्रभावकारीरुपमा संचालन गर्न निर्देशन ।

लाइभ खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिकामा खोरेत रोगविरुद्धको खोप प्रभावकारीरुपमा संचालन गरिने भएको छ । नगर प्रमुख कालुमान लामाले बेल्टार बजारस्थित पशु सेवा कार्यालयमा आज विहान आयोजित खोरेत रोगविरुद्धको निःशुल्क खोप शुभारम्भ कार्यक्रममा भ्याक्सिन लगायतका लजेस्टिक सामाग्री हस्तान्तरण गर्दै खोरेत रोगविरुद्धको खोप प्रभावकारीरुपमा संचालन गर्न निर्देशन दिएका हुन् । पशुपालक किसानहरुलाई ब्यबसायिकरुपमा अगाडी बढाउन र नगरपालिकालाई दुधजन्य तथा मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउनका लागि सहयोग गरिरहेको जनाउदै लामाले स्वस्थ्य उत्पादनमा जोड दिन निःशुल्क खोप अभियान संचालन गरिएको जनाएका छन् । चौदण्डीगढी नगरपालिकाले यस बर्ष १५ हजार गाईभैसीहरुमा खोरेत रोग विरुद्धको निःशुल्क खोप लगाउने तयारी गरेको छ । यसै सन्दर्भमा नगरपालिकाको १० वटै वडाहरुलाई समेटेर तयार गरिएको अभियानका लागि नगर प्रमुख लामाले भेटेनरी प्राविधिकहरुलाई भ्...
बेल्टारमा तेश्रो चौदण्डीगढी जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता आजदेखी शुरु ।

बेल्टारमा तेश्रो चौदण्डीगढी जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता आजदेखी शुरु ।

मुख्य खबर, स्थानीय
तेश्रो चौदण्डीगढी जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता आजदेखी शुरु भएको छ । आजदेखी १५ बर्षमुनीका खुल्ला पुरुष तथा महिला व्याडमिन्टन प्रतियोगिता शुरु भएको बेल्टार व्याडमिन्टन क्लबका अध्यक्ष महाप्रसाद राईले जानकारी दिएका छन् । पुरुषतर्फ २७ र महिलातर्फ १७ वटा टिमको सहभागिता रहेको उनले जानकारी दिएका छन् । कार्तिक २१ र २२ गते १५ बर्षमुनीका र कार्तिक २८ र २९ गते जिल्ला स्त्तरीय वि डिभिजन महिला तथा पुरुष व्याडमिन्टन प्रतियोगिता संचालन हुने अध्यक्ष राईले बताएका छन् । चौदण्डीगढी नगरपालिकाको सहयोग र बेल्टार व्याडमिन्टन क्लबको आयोजनामा बेल्टार बजारस्थित समाबेशी व्याडमिन्टन कवर्डहलमा आज भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले खेलाडीहरु उत्पादन तथा उनीहरुको क्षमता विकासमा नगरपालिका सहयोग गर्न सधै तत्पर रहेको बताएका थिए । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व नगर प्रमुख खगेन्द...
सुरक्षा निकायको मनोवल बढाउन जरुरी:  प्रजिअ धर्मराज जोशी

सुरक्षा निकायको मनोवल बढाउन जरुरी: प्रजिअ धर्मराज जोशी

लाइभ खबर, स्थानीय
उदयपुरका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सुरक्षा निकायको मनोवल बढाउन जरुरी रहेको बताएका छन् । चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थित नेवाः भवनमा आज सम्पन्न नेपाल पूर्व प्रहरी संगठन नगर कार्य समिति चौदण्डीगढीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी जोशीले सुरक्षा निकायको मनोवल नबढाएमा सुरक्षा चुनौती थपिने जिकिर गरेका छन् । जेनजी आन्दोलनको समयमा सार्वजनिक र नीजि सम्पतिमाथी भएको आगजनी तथा अराजक गतिविधीको प्रसंग जोड्दै प्रजिअ जोशीले सो कुरा बताएका हुन् । उनले राज्यले गरेको राम्रो कामको चर्चा नहुने तर सानोतिनो कमजोरी खोजेर अराजकता फैलाउने गतिबिधीप्रति सचेत गराएका थिए । प्रजिअ जोशीले समाजमा सकरात्मक सन्देश दिने किसिमका कार्यहरुमा सहकार्य गर्न आग्रह समेत गरेका थिए । पूर्व प्रहरीहरुको जनसम्पर्क राम्रो हुने गरेको उल्लेख गर्दै पूर्व प्रहरीहरुलाई समाजमा देखिएका गलत गतिविधीहरुको ...
चौदण्डीगढी नगरपालिकामा ग्रामिण सडकहरुको स्त्तरोन्नतीको कार्य शुरु ।

चौदण्डीगढी नगरपालिकामा ग्रामिण सडकहरुको स्त्तरोन्नतीको कार्य शुरु ।

लाइभ खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरको सबै ग्रामिण सडकहरुको स्त्तरोन्नतीको कार्य आज सोमबारबाट शुरु गरेको छ । गत असार ९ गते पालिकाहरुमध्ये देश मै सबैभन्दा पहिले आर्थिक बर्ष २०८२/८३ को बजेट पारित गर्दै भौतिक पुर्वाधार बर्षको रुपमा मनाउने घोषणा गरेको चौदण्डीगढी नगरपालिकाले आज वडा नम्बर २ माडिबासबाट ग्रामिण सडकहरुको स्त्तरोन्नतीको कार्य शुरु गरेको हो । आज नम्बर २ जोरबाटोमा भएको विशेष कार्यक्रममा नगर प्रमुख कालुमान लामाले सडक स्त्तरोन्नती कार्यको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले नगरपालिकाले स्थानीय खोलानालाबाट उत्खन्न भएर विक्री वितरण भएको नदीजन्य पदार्थको आम्दानीबाट आएको पैसाको ५० प्रतिशत सोही खोलानालाको संरक्षणमा खर्च गरिएको र बाँकी पैसाबाट जेसिवी, टिफर, रोलर लगायतको मेशिनहरु खरिद गरिएको जानकारी दिदै वडा कार्यालयहरुको सहकार्यमा यस बर्ष नगरको सबै ग्रामिण सडक...
चौदण्डीगढीमा घर निमार्णका लागि स्थानीयलाई नदीजन्य पदार्थमा राजस्व छुट।

चौदण्डीगढीमा घर निमार्णका लागि स्थानीयलाई नदीजन्य पदार्थमा राजस्व छुट।

मनोरन्जन, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिकाले घर निमार्णका लागि स्थानीयलाई राजस्व छुटमा ढुङ्गागीट्टी, वालुवा लगायतका नदीजन्य पदार्थ उपलब्ध निर्णय गरेको छ । बेल्टार बजारस्थित नगरपालिकाको कार्यालयमा आज शनिवार नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको नगर विपद ब्यबस्थापन समितिको बैठकले विपन्न स्थानीयलाई सत प्रतिशत छुटमा र अन्यलाई ५० प्रतिशत राजश्व छुटमा ढुङ्गागीट्टी, वालुवा लगायतका नदीजन्य पदार्थ उपलब्ध निर्णय गरेको हो । नगर योजना आयोगका उपाध्यक्ष किशोर ताम्राकारका अनुसार स्थानीय समुदाय तथा बासिन्दाहरुको मठ मन्दिर, मस्जिद, धर्मशाला, विद्यालय भवन, सामुदायिक भवन, घर टहरा लगायतको निमार्ण गर्नका लागि आबश्यक पर्ने ढुङ्गागिट्टी र वालुवा कानुनी प्रक्रिया पुरा गरी तोकिएको परिणाममा वडाको सिफारिसको आधारमा अति विपन्न तथा विपन्न परिवारको हकमा लाग्ने राजश्वको सत प्रतिशत छुट गर्ने र अन्यको हकमा प्रचलित प्रदेश कानुनअनु...