वेलकाको सुपाडेमा कांग्रेसको कार्यक्रममा २५ जनाद्वारा रक्तदान ।
२७ पुष २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको वेलकामा नेपाली कांग्रेसले आयोजना गरेको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । आज नेपाली काङ्ग्रेस उदयपुर निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा क कार्यसमितिको आयोजनामा वेलका नगरपालिकाको वडा नम्बर ५ सुपाडेस्थित पानीपधेरा पिक्निक स्पोर्टमा भएको वृहत वनभोज तथा रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको नेपाली काङ्ग्रेस प्रदेश सभा क का सचिव तथा कार्यक्रमका संयोजक दिपेन कोयु राईले जानकारी दिएका छन् । जिल्ला रेडक्रस सोसाईटी उदयपुरको सहजीकरणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
यस्तै वनभोज कार्यक्रममा करिव ५ सय जना नेता कार्यकता तथा शुभेच्छुकहरुको उपस्थिती रहेको संयोजक राईले बताएका छन् । नेपाली काङ्ग्रेस उदयपुरका जिल्ला सभापति तथा कोशी प्रदेश सांसद हिमाल कार्की, त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेत, कांग्रेस क्षेत्रिय ...









