पारुहाङ एकेडेमीको २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।
१९ माघ २०८१, सन्तोष कुमार रौनियार…
चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थित पारुहाङ एकेडेमीले २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वडा नम्बर ७ बेल्टार गोरेटो लाइन स्थित बिद्यालयको प्रारंगमा आज सांगीतिक कार्यक्रमसहित एकेडेमीले २१ औं वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न गीतमा नृत्य प्रस्तुत गर्दै आफ्नो कला प्रस्तुत गरेका थिए ।
स्थानीइ ६ जना युवाहरु छविन्द्र राई, सगेन्द्र राई, गोपाल राई, प्रियचन्द्र राई , कुमारी राई र शिव कुमार राईले मिलेर २०६२ सालमा स्थापना गरेको विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै नगरको शैक्षिक उन्ययनमा महत्वपुर्ण भुमिका खेलेको छ भने पछिल्लो समयमा खेलकुद लगायतका क्षेत्रमा पनि योगदान पुर्याईरहेको छ । भाडाको घरमा पठनपाठन गर्दै शुरु भएको बिद्यालय अहिले साढे ६ कट्ठामा बनेको आफ्नै सुबिधा सम्पन्न २३ कोठे भवनबाट संचालन भएको छ...









