सुझाव संकलनका क्रममा आएका राम्रा कुराहरुलाई नीतिमा समेटेर लैजाने नगर प्रमुख लामाको प्रतिबद्धता ।
सुझाव संकलनका क्रममा आएका राम्रा कुराहरुलाई नीतिमा समेटेर लैजाने चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले प्रतिबद्धता जनाएका छन् । बेल्टार बजारस्थित नगरपालिकाको हलमा हिजो सोमबार आयोजित नगरपालिकाको आगामी आर्थिक बर्ष २०८२/८३ को बार्षिक नीति तथा कार्यक्रम एवम् बार्षिक वजेट तर्जुमा तयारी सम्बन्धमा आयोजित सर्वदलिय, सर्वपक्षिय छलफलसहितको राय सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले राम्रा कुराहरुलाई नीतिमा समेटेर लैजाने बताएका हुन् । सहकार्य गरेरै अगाडी बढ्ने आफ्नो चाहना रहेको उनले प्रष्ट पारेका छन् । नगर प्रमुख लामाले काम गर्न सकिने कुराहरुलाई मात्रै आगामी बर्षको नीति तथा कार्यक्रममा समिटिने बताउदै सडक पुर्वाधारलाई प्राथमिकतामा राखिने जानकारी दिएका छन् । अति आबश्यक ग्रामीण सडकहरुको स्तरोन्नती र कालोपत्रे गरिने लामाले बताएका छन् । आन्तरिक श्रोत जुटाउन सके बजेटको आकार पनि ...









