स्थानिय तहको संस्थागत क्षमता स्वमूल्याङकनमा उदयपुरमा चौदण्डीगढी नगरपालिका तेश्रो ।
९ भाद्र २०८१, सन्तोष कुमार रौनियार…
स्थानिय तहको संस्थागत क्षमता स्वमूल्याङकनमा उदयपुरमा चौदण्डीगढी नगरपालिका उदयपुरगढी गाँउपालिकासंगै तेश्रो भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रायलयले शुक्रबार सार्वजनिक गरेको स्थानिय तह संस्थागत क्षमता स्वमुल्यांकनको गुणस्तर परिक्षण पश्चातको अन्तिम नतिजा अनुसार चौदण्डीगढी नगरपालिका तेश्रो भएको हो । उदयपुरको आठ वटा पालिका मध्ये कटारी नगरपालिका प्रथम भएको छ भने ताप्ली गाँउपालिका आठौ भएको छ ।
आर्थिक बर्ष २०७९/०८० को मुल्यांकन अनुसार स्थानिय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा) को विभिन्न सूचकहरु पुरा गर्दै कटारी नगरपालिकाले ८५ अंक प्राप्त गरेको छ भने, रौतामाई गाउँपालिकाले ७८.५० अंक , चौदण्डीगढी नगरपालिकाले ७६.५०, उदयपुरगढी गाउँपालिकाले ७६.५०, त्रियुगा नगरपालिकाले ७२ अंक, वेलका नगरपालिकाले ६८ अंक , लिम्चुङबुङ गाउँपालिकाले ६६.२५ अंक र ...








