Author: सन्तोष कुमार रौनियार

चौदण्डीगढी नगरपालिकामा मगर समुदायले भब्यताकासाथ मनाए मकर संक्रान्ती ।

चौदण्डीगढी नगरपालिकामा मगर समुदायले भब्यताकासाथ मनाए मकर संक्रान्ती ।

मनोरन्जन, मुख्य खबर, स्थानीय
०१ माघ  २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा मगर समुदायले मकर संक्रान्ती भब्यताकासाथ मनाएका छन् । वडा नम्बर ६ भुमेस्थानमा भेला भएर उनीहरुले जातीय पहिरनमा हुर्रा नाच्र्दै शुभकामना आदनप्रदान गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथी नगर प्रमुख कालुमान लामा, पुर्व नगर प्रमुख खगेन्द्र राई ,वडा अध्यक्षहरु अम्बर बहादुर खड्का, केशव अधिकारी, भगनाथ मगर, हरी खड्का, लुंङ्गराज राई लगायतका अतिथीहरुले भुमे स्थानको दर्शन गर्दै टीका र प्रसाद ग्रहण गरेका थिए । कार्यक्रममा शुभकामना ब्यक्त गर्दै नगर प्रमुख कालुमान लामाले मगर समुदायको ऐतिहासिक अबस्थादेखीको बारेमा उल्लेख गर्दै ईतिहासकारहरुले मगरहरुको बारेमा सत्यतथ्यमा आधारित भएर नलेखेको जिकिर गरेका थिए । उनले नयाँपिढीलाई पनि आफ्नो संस्कार र संस्कृतीसंग जोड्नपर्ने बताउदै त्यसको दस्तावेजिकरण गर्नुपर्ने धारणा राखेका थिए । सोक्रममा उनल...
संबिधान कार्यवन्यनको प्रक्रियामा रहेकोले पहिचानका मुद्धाहरु स्थापित हुने :कोशी प्रदेश सांसद राजन किराँती

संबिधान कार्यवन्यनको प्रक्रियामा रहेकोले पहिचानका मुद्धाहरु स्थापित हुने :कोशी प्रदेश सांसद राजन किराँती

लाइभ खबर, स्थानीय
०१ माघ  २०८१, सन्तोष कुमार रौनियार…   संबिधान कार्यवन्यनको प्रक्रियामा रहेकोले पहिचानका मुद्धाहरु स्थापित हुने कोशी प्रदेश सांसद राजन किराँतीले बताएका छन् । किराँत नयाँ बर्ष यल दोङ ५०८५ को अवसरमा किराँत राई यायोक्खा चौदण्डीगढी नगर समितिले उदयपुरको बेल्टार बजारमा आयोजना गरेको कार्यक्रममा सांसद किराँतीले भारतमा पनि पहिचानको मुद्धा स्थापित हुन समय लागेको बताउदै संबिधान कार्यवन्यनको प्रक्रियामा रहेकोले पहिचानका मुद्धाहरु स्थापित हुने बिश्वास ब्यक्त गरेका छन् । न्याय र समानताको पक्षमा सधै लडिरहने प्रतिबद्धता ब्यक्त गर्दै सांसद किराँतीले भाषिक, सांस्कृतिक, सामुदायिक र जातीय हिसावमा उत्पिडनमा परेकाहरुको लागि लडेको हुनाले कोशी नामको पक्षमा हस्ताक्षर नगरेको जिकिर गरेका छन् । प्रदेशको नाम कोशी नामाकरणले पहिचान स्थापित हुन नसक्ने भएकोले हस्ताक्षर नगरेको दावी राईले गरेका हुन् । पहिचानको मुद...
वेलकाको सुपाडेमा कांग्रेसको कार्यक्रममा २५ जनाद्वारा रक्तदान ।

वेलकाको सुपाडेमा कांग्रेसको कार्यक्रममा २५ जनाद्वारा रक्तदान ।

मुख्य खबर, स्थानीय
२७ पुष २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको वेलकामा नेपाली कांग्रेसले आयोजना गरेको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । आज नेपाली काङ्ग्रेस उदयपुर निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा क कार्यसमितिको आयोजनामा वेलका नगरपालिकाको वडा नम्बर ५ सुपाडेस्थित पानीपधेरा पिक्निक स्पोर्टमा भएको वृहत वनभोज तथा रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको नेपाली काङ्ग्रेस प्रदेश सभा क का सचिव तथा कार्यक्रमका संयोजक दिपेन कोयु राईले जानकारी दिएका छन् । जिल्ला रेडक्रस सोसाईटी उदयपुरको सहजीकरणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।   यस्तै वनभोज कार्यक्रममा करिव ५ सय जना नेता कार्यकता तथा शुभेच्छुकहरुको उपस्थिती रहेको संयोजक राईले बताएका छन् । नेपाली काङ्ग्रेस उदयपुरका जिल्ला सभापति तथा कोशी प्रदेश सांसद हिमाल कार्की, त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेत, कांग्रेस क्षेत्रिय ...
चौदण्डीगढी साईकल सिटी क्लबको जर्सी सार्वजनिक ।

चौदण्डीगढी साईकल सिटी क्लबको जर्सी सार्वजनिक ।

बिबिध, स्थानीय
२५ पुष २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी साईकल सिटी क्लबको जर्सी सार्वजनिक गरिएको भएको छ । चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरले क्लबको जर्सी सार्वजनिक गर्दै क्लवका अध्यक्ष अनिल पौडेललाई जर्सी हस्तान्तरण गरेका छन् । चौदण्डीगढी नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिले क्लबलाई ३२ थान जर्सी उपलब्ध गराएको हो । नेपाली सेनाले शुरु गरेको उदयपुरको ऐतिहासिक स्थलहरु उदयपुरगढीदेखी चौदण्डीगढीसम्मका पैदल यात्रामा चौदण्डीगढी साईकल सिटी क्लबका सदस्यहरु पनि सहभागी हुने क्लबका सदस्य तथा वडा नम्बर ४ का वडा अध्यक्ष लुङ्गराज राईले जानकारी दिएका छन् । चौदण्डीगढीमा २०७४ सालमै साईकल सिटी क्लबको स्थापना भएपनिसक्रिय भने थिएन । वडा अध्यक्ष राईको सक्रियतामा फेरी क्लबले आफ्नो गतिविधी शुरु गरेको छ । ...
माघ १ गतेदेखी बसहामा १३ बर्षमुनीको बिद्यार्थीहरु सम्मिलित दोस्रो संस्करणको अन्तर विद्यालय फुटबल प्रतियोगिता संचालन हुने ।

माघ १ गतेदेखी बसहामा १३ बर्षमुनीको बिद्यार्थीहरु सम्मिलित दोस्रो संस्करणको अन्तर विद्यालय फुटबल प्रतियोगिता संचालन हुने ।

खेलकुद, लाइभ खबर, स्थानीय
२५ पुष २०८१, सन्तोष कुमार रौनियार… माघ १ गतेदेखी चौदण्डीगढी नगरपालिकाको बसहामा १३ बर्षमुनीको बिद्यार्थीहरु सम्मिलित दोस्रो संस्करणको अन्तर विद्यालय फुटबल प्रतियोगिता संचालन हुने भएको छ । दि गुर्खाज फुटबल एकेडेमीको आयोजना र चौदण्डीगढी नगरपालिकाको बिशेष सहयोगमा माघ १ गतेदेखी ७ गतेसम्म प्रतियोगिता संचालन हुने एकेडेमीका सल्लाहकार शेखर राईले जानकारी दिएका छन् । आज वडा नम्बर ४ बर्खेडाडास्थित लालीगुराँस महिला भवनमा आयोजित पत्रकार सम्मेलनमा सल्लाहकार राईले आवासीय सुबिधासहितको फुटवल एकेडेमी संचालन गर्ने उदेश्यले प्रतियोगिताबाट खेलाडी छनौट गरिने जानकारी दिदै तीन बर्षसम्म छनौट भएका खेलाडीहरुलाई कलोज क्याम्पमा राख्ने र त्यसपछि ब्यबसायिक खेलका लागि नेपालका राष्ट्रियस्तरका क्लबहरुमा आबद्ध गराउने बताएका छन् । फुटवलमा चौदण्डीगढी नगरपालिकाबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने एकेडेमीको उदेश्य रहे...
शिव मावि सुन्दरपुरको ३६ औं स्थापना दिवस कार्यक्रम भब्यताको साथ सम्पन्न ।

शिव मावि सुन्दरपुरको ३६ औं स्थापना दिवस कार्यक्रम भब्यताको साथ सम्पन्न ।

मुख्य खबर, स्थानीय
२५ पुष २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको सुन्दरपुरस्थित शिव माध्यमिक विद्यालयको ३६ औं स्थापना दिवस कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ । नगर प्रमुख कालुमान लामाको प्रमुख आथित्यतामा तथा विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष खेमराज धमलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयको ३६औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा योजना बनाएर काम गरिरहेको बताएका छन् । नगर प्रमुख लामाले नगरले सिमित श्रोत र साधनका बावजुद पनि जनताको भावना र चाहनालाई मध्ये नजर गर्दै आफु निर्वाचित भएर आएपछी शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा दिर्घकालीन योजना बनाएर काम गरिरहेको बताएका हुन् । उनले शिवाई बेल्हा जोड्ने पुल भक्तिएर लथालिङ्ग भएको लामो समय हुँदा पनि यसको पुनः निर्माणले गति नलिएको भन्दै छिट्टै नेपाल सरकार...
चौदण्डीगढी नगरपालिका वडा नं. १ द्वारा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको प्रमाणिकरणका लागि घरदैलो अभियान संचालन ।

चौदण्डीगढी नगरपालिका वडा नं. १ द्वारा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको प्रमाणिकरणका लागि घरदैलो अभियान संचालन ।

मुख्य खबर, स्थानीय
२४  पुष २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर १ ले सामाजिक सुरक्षा भत्ता लाभग्राहीको प्रमाणिकरणका लागि घरदैलो अभियान संचालन गरेको छ । वडा नम्बर १ ले सामाजिक सुरक्षा भत्ता लाभग्राहीको प्रमाणिकरणका लागि घरदैलो अभियान संचालन गर्ने एक मात्र वडा हो । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न लाभग्राहीको फिंगर प्रिन्टसहितको डाटा चाहिने भएपछि वडाले पुष २१ गतेदेखी वडाको सबै गाँउ र टोलहरुलाई समेटेर घरदैलो अभियान संचालन गरेको हो । वडा सचिव भोजराज अधिकारीको सक्रियतामा वडाको कटहरबोटे, तुर्लुङ्गटार, कंचनपुर, छुईला, रानीटार, चारघरे लगायतका स्थानका बासिन्दाहरुको घर–घर मै गएर सुरक्षा भत्ता लाभग्राहीको प्रमाणिकरण भैरहेको छ । भौगोलिक अबस्थाका कारण विकट रहेको वडा नम्बर १ का बासिन्दाहरुलाई वडा कार्यालयमा आउनुपर्दा झण्डै २ हजार रुपैयाँभन्दाबढी खर्च लाग्ने तथा यातायातको साधन सह...
बंशिलाघाटसम्मको बाटो बाह्रै मास यातायात संचालन हुनेगरी स्त्तरोन्नती गरिने ।

बंशिलाघाटसम्मको बाटो बाह्रै मास यातायात संचालन हुनेगरी स्त्तरोन्नती गरिने ।

लाइभ खबर, स्थानीय
२२ पुष २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारदेखी बंशिलाघाटसम्मको बाटो बाह्रै मास यातायात संचालन हुनेगरी स्त्तरोन्नती गरिने भएको छ । कोशी प्रदेश भौतिक तथा पुर्वाधार मन्त्रालयको सहयोग तथा चौदण्डीगढी नगरपालिकाको सक्रियतामा वडा नम्बर ८ को विरेन्द्र बजारदेखी सुगाचरी भञ्जयाङ्ग , छुईला हुदै बंशिलाघाटसम्मको बाटोमा मोड सुधार, आवश्यक स्थानमा पानीको निकास र ग्राभिलिङ्ग गरेर बाटो स्त्तरोन्नती गरिने पुर्वाधार विकास कार्यालय उदयपुरका वरिष्ठ प्राबिधिक किरण बिष्टले जानकारी दिएका छन् । बेल्टार–बंसिलाघाट–मैवावोटे–चिसापानी सडक स्त्तरोन्नती शिर्षक अन्तर्गत कोशी प्रदेश सरकारले चालु आर्थिक बर्षमा २० लाख रुपैयाँ छुट्टयाएको छ । यस्तै चौदण्डीगढी नगरपालिकाले नगरभरीको ग्राभेल बाटो स्त्तरोन्नती गर्न एक करोड रुपैयाँ गत पुष १६ गते सम्पन्न १७ औं नगर सभाबाट विनियोजन गरेको छ । आज सोही ...
चौदण्डीगढी नगरपालिकाको हडियामा १ दिने बृहत स्वास्थ्य शिविर सम्पन्न ।

चौदण्डीगढी नगरपालिकाको हडियामा १ दिने बृहत स्वास्थ्य शिविर सम्पन्न ।

लाइभ खबर, स्थानीय
२० पुष २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको हडियामा १ दिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । चौदण्डीगढी नगरपालिका र गाईघाट सिटी अस्पतालको संयुक्त आयोजनामा वडा नम्बर ९ हडियास्थित स्वास्थ्य चौकी हडियामा आज संचालन भएको स्वास्थ्य शिविरमा यस भेगका ६ सय जना भन्दाबढीले सेवा लिएको स्वास्थ्य चौकी हडियाका प्रमुख लक्ष्मी चौधरीले जानकारी दिएका छन्। शिविरमा जनरल फिजिसियन, स्त्री तथा प्रसुति रोग, नाक कान घाँटी रोग, आँखा, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, जनरल सर्जनलगायतका बिशेषज्ञ सेवा प्रदान गरिएको चौधरीले बताएका छन् । शिविरमा बिरामीलाई आवश्यक औषधि गाईघाट सिटी अस्पतालले निःशुल्क उपलब्ध गराएको थियो भने थप उपचार आबश्यक भएका विरामीलाई नगर अस्पताल बेल्टार र गाईघाट सिटी अस्पताल गाईघाटमा सम्पर्क गर्न भनिएको छ । शिविरमा नगरको वडा नम्बर ५ शिवाई , सुन्दरपुर, वडा नम्बर ९, १० को हडिया ...
चौदण्डीगढी नगरपालिकाद्वारा नगरमा संचालित सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई स्वीटर वितरण ।

चौदण्डीगढी नगरपालिकाद्वारा नगरमा संचालित सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई स्वीटर वितरण ।

लाइभ खबर, स्थानीय
१८ पुष २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरमा संचालित सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यलर्थीहरुलाई न्यानो कपडा स्वीटर वितरण गर्ने भएको छ । नगरपालिकाको सहयोगमा नगर शिक्षा शाखाले नगरमा संचालित बालविकासदेखी मावी स्तरसम्मको ४८ वटै सामुदायिक बिद्यालयमा वालविकास कक्षादेखी कक्षा २ सम्ममा अध्ययनरत बिद्यार्थीहरुलाई स्वीटर वितरण गर्ने भएकोे हो । नगर शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरले अति विपन्न परिवारका वालवालिकाहरुलाई मात्र वितरण गर्ने योजना भएको भएता पनि बिद्यालयहरुले सबै विद्यार्थीहरुको नाम सिफारिस गरेकोले बजेट अभावमा कक्षा २ सम्मका वालवालिकाहरुलाई मात्रै वितरण गरिने जानकारी दिएका छन् । नगरपालिकाको १० लाख रुपैयाँबाट ४८ वटा सामुदायिक बिद्यालयका करिव २५ सय बिद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर वितरण गरिने नगर शिक्षा शाखा प्रमुख कुवँरको भनाई छ ।   आज वडा...