चौदण्डीगढीमा सम्पन्न केपी ओली कपको प्रचारात्मक फुटसल प्रतियोगिताको विजेता न्यु त्रियुगा स्पोर्टस् क्लब फत्तेपुर ।
२५ माघ २०८१, सन्तोष कुमार रौनियार…
चौदण्डीगढी नगरपालिकामा केपी ओली कपको प्रचारात्मक फुटसल प्रतियोगिताको उपाधी सप्तरीको न्यु त्रियुगा स्पोर्टस् क्लब फत्तेपुरले जितेको छ । राष्ट्रिय युवा संघ नेपाल उदयपुरको आयोजनामा तेस्रो संस्करणको केपी ओली कपको प्रचारप्रसारका लागि आज वडा नम्बर ६ बेल्टारस्थित स–शस्त्र प्रहरी बेस क्याम्पको खेल मैदानमा भएको केपी ओली कप प्रचारात्मक कमरेड खुला फुटसल कप प्रतियोगिता–२०८१ को उपाधी न्यु त्रियुगा स्पोर्टस् क्लब फत्तेपुरले जितेको हो । आज भएको फाईनल खेलमा बेल्टार युवा एकता क्लबलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै न्यु त्रियुगाले उपाधीमाथी कबजा जमाएको हो ।
पहिलो हाफ्को खेल गोलरहित बराबरी भएको थियो भने दोश्रो हाफ्को ७ औं मिनेटमा न्यु त्रियुगाको तर्फबाट जर्सी नम्बर ५ का सागर रायले गोलपोष्टमा गोलरक्षक नरहेको मौकाको फाईदा उठाउदै गोल गरेका थिए । तर १...









